सार्वभौम तथा स्वतन्त्र राष्ट्रको हैसियतमा नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्न नसक्नु मोदी सरकारको ब्लन्डर हो,' बैठकमा नेपाल मामिलाबारे छलफलमा भाग लिँदै सांसदहरुले भने।
भारतको हस्तक्षेपकारी भूमिकाका कारण अहिले भारत र नेपालबीच सदियौंदेखि रहिआएको सुमधुर सम्बन्धमा फाटो आएको उनीहरुको ठहर थियो।
Showing posts with label Indian interest in Nepalese Geopolitics. Show all posts
Showing posts with label Indian interest in Nepalese Geopolitics. Show all posts
काठमाण्डुमा भारतविरोधी गतिविधि बढेको भन्दै दिल्लीमा यस्तो हल्ला !
काठमाण्डु, २६ मंसिर– भारतले नेपालविरुद्ध चालेको अघोषित नाकाबन्दीको कदमले नेपालमा भारत विरोधी भावना चरमोत्र्कमा पुगेको भारतीय मिडियाहरुले टिप्पणी गरेका छन् । नेपाल–भारत सीमामा नाकाबन्दी भएयता भारतविरुद्ध नेपालीहरुको मनोभावना बढेको र त्यसलाई नेपालको मिडियाले समेत उचालेको उनीहरुले बताएका छन् ।
नाकाबन्दी 'मोदीको महाभूल'
काठमाडौं- अति नजिकको छिमेकी नेपाललाई नाकाबन्दी गरेर महाभूल गरेको भन्दै भारतीय राज्यसभाका सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्काे आलोचना गरेका छन्। मोदीले सार्वभौम तथा स्वतन्त्र राष्ट्रको हैसियतमा नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्न नसकेको भन्दै सोमबार राज्यसभा बैठकमा उनीहरुले सरकारको असफलता उजागर गरेका हुन्।
भारतीय संसदमा मोदीलाई प्रश्न- ‘ऋषि मन’ के भयो ?
भारतीय संसदमा मोदीलाई प्रश्न- ‘ऋषि मन’ के भयो ?
नेपालसँग ठुल्दाइको व्यवहार नगरौं : बर्मा
२१ मंसिर, काठमाडौं । भारतीय माथिल्लो सदन राज्यसभामा सोमबार नेपाल मामिलाबारे फेरि बहस सुरु भएको छ । बहसका क्रममा अन्तरराष्ट्रिय मामिलाका जानकार समेत रहेका जनता दल युनाइटेडका सांसद पवनकुमार बर्माले भारतले नेपालको मामिलिामा बिग ब्रदरको जस्तो व्यवहार देखाउन नहुने बताएका छन् ।
बेलायतसँग भारतले नेपालको मामिलामा संयुक्त वक्तव्य निकाल्नु पनि गल्ती भएको बर्माले संसदमा बताएका छन् ।
एउटा सार्वभौम देशको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्न नहुने र सहयोगी भूमिका मात्रै खेल्नुपर्ने बर्माको सुझाव छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल गएका बेला ऋषि मनले संविधान बनाउन भनेका थिए, अहिले के भयो भन्ने बर्माले प्रश्न सोधेका छन् ।
थापापछि भट्टराई र मोर्चाका नेताहरुको दौड : आखिर के पाक्दैछ दिल्लीमा ?
मिलन तिमिल्सिना/उज्यालो
काठमाडौं, मंसिर १९ – निजी भ्रमणको लागि भन्दै दोस्रोपटक दिल्ली पुगेका उपप्रधानमन्त्री कमल थापाले तराईमा भइरहेको आन्दोलन र नाकाबन्दीबारे त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गर्नुभयो ।
थापासँग भेटे लगत्तै स्वराजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी ‘सकारात्मक संकेत’ पठाउनुभयो । प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री थापाले दिल्लीबाट पाएको ‘सकारात्मक संकेत’ बारे प्रमुख प्रतिपक्ष कांग्रेस सहित मुख्य दलबिच छलफल भएर ‘निर्णायक वार्ता’को तयारी भइरहेको बेला आन्दोलनरत मधेसी मोर्चाका नेतालाई फेरि दिल्लीबाट निमन्त्रणा आयो ।
मोर्चाका नेता त्यहाँ जान नभ्याउँदै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दिल्ली पुगिसक्नुभएको छ । बन्द र नाकाबन्दीबाट निकै सास्ती खेपेका नेपाली नागरिकले समस्या समाधानको बाटो पर्खिरहँदा आखिर दिल्लीमा के पाक्दैछ त ? समस्या सुल्झाउने उपाय हुँदैछ कि अझ बल्झाउने खेल ?
‘समस्या समाधानकै लागि यो प्रयास भएको देखिन्छ’ कुटनीतिज्ञ एवं विश्लेषक लोकराज बरालले उज्यालो अनलाइनसँग भन्नुभयो ‘मोर्चाका नेतालाई पनि कन्भिन्स गराएर नेपालको समस्या समाधानमा भारतले मध्यस्थता गर्न खोजेको देखिन्छ ।’
बालुवाटार छोडेर लैनचौर हुँदै दिल्ली यात्रा
शुक्रबार बेलुका वार्ताको लागि बालुवाटार निस्केका मधेसी मोर्चाका शीर्ष नेता लैनचौरस्थित भारतीय दूतावासमा पुगे । प्रधानमन्त्री केपी शर्मा ओली तथा मोर्चाका उपेन्द्र यादव र महन्थ ठाकुरबीच टेलिफोनमा भएको संवाद अनुसार नै शुक्रबार बेलुका बालुवाटारमा वार्ताको समय तय भएको थियो ।
तर बालुवाटारकै लागि भनेर निस्केका मोर्चाका नेता अचानक बिच बाटोबाट दूतावासतर्फ लागे । उनीहरुको बाटो हेरेर बसेका सत्तारुढ र विपक्षी कांग्रेसका शीर्ष नेताहरु अघिल्लो दिन नै निर्णय गरेको सहमतिमा हस्ताक्षर गरेर फर्किए । तीन दलका नेता बालुवाटारबाट निस्कँदा मोर्चाका नेताहरु भारतीय दूतावासमै थिए । राजदूत रणजित राय र मोर्चाका नेताहरुबीच झण्डै ४५ मिनेट कुरा भयो । त्यति नै बेला मोर्चाका शीर्ष नेताहरु आइतबार दिल्ली जाने कुरा सार्वजनिक भयो ।
त्रिपक्षीय वार्ता छाडेर मोर्चाका नेताहरु एकाएक किन दिल्ली जान लागे त ? स्रोतका अनुसार भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उपप्रधानमन्त्री कमल थापासँगको भेटमा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमा समस्या समाधानको संकेत दिएपछि यसबारे थप छलफल गर्न मोर्चाका नेताहरु दिल्ली जान लागेका हुन् । मोर्चालाई छलफलको लागि भारतले नै बोलाएको हो ।
स्रोतका अनुसार भारतले मोर्चासँग छलफल गरी संविधान संशोधनको प्रक्रिया अघि बढाउन र राजनीतिक समिति बनाएर सीमांकनको विवाद मिलाउन मुख्य दललाई सुझाव दिएको थियो । भारतको इशारामा चल्दैनौं भनेर जतिसुकै भनेपनि उसले दिएको सुझाव नमान्दासम्म बन्द र नाकाबन्दीको समस्या हल नहुने भएपछि प्रधानमन्त्री ओली समेत दिल्लीको सुझाव अनुसार अघि बढ्न तयार भएको स्रोतको दावी छ ।
सीमांकनको विवाद पछि हल गर्नेगरी सहमति गर्दा समस्या समाधान हुन्छ भने यसैअनुसार अघि बढ्न तयार रहेको सन्देश सरकारले उपप्रधानमन्त्री थापामार्फत भारत पुर्याएको थियो । प्रमुख प्रतिपक्ष कांग्रेससँग पनि सहमति भएपछि मोर्चासँग छलफल गरेर टुंगोमा पुग्ने तयारी भइरहँदा एक्कासी मोर्चाका नेतालाई भारतबाट निम्तो आएको हो ।
सीमाकंनको विवाद अहिल्यै टुंग्याउनुपर्ने अडानमा रहेको मोर्चा तीन दलको साझा धारणामा सहमत भइसकेको छैन । दिल्लीकै सुझाव अनुसार तीन दलले धारणा बनाएको भएपनि मोर्चासँग छलफल नगरी सार्वजनिक भएकाले मोर्चाका नेताहरु असन्तुष्ट भएको स्रोतको दावी छ । सरकार र तीन दलसँग असन्तुष्ट मोर्चालाई ‘कन्भिन्स’ गराउनकै लागि दिल्लीले बोलाएको हो ।
आइतबार दिल्ली पुगेलगत्तै मोर्चाका शीर्ष नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री स्वराजसहित उच्च नेतृत्वसँग भेटवार्ता गर्नेछन् । भेटमा एमाओवादी छाडेर नयाँ शक्ति गठन अभियानमा सक्रिय भएर लागेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सहभागी हुनुहुनेछ । छुट्टै कार्यक्रमको लागि भन्दै शुक्रबार भारत गएका भट्टराईको भ्रमण राजनीतिक भेटवार्ताकै उदेश्यले भएको स्रोतको दाबी छ ।
मधेसी मोर्चाका नेता भन्छन्-शंका लाग्यो, त्यसैले भारतीय दूताबास गयौं
१८ मंसिर, काठमाडौं । सद्भावना पार्टीका महासचिव मनिष सुमनले तराई मधेसमा भइरहेको आन्दोलनप्रति समर्थन खोज्न मोर्चाका नेताहरु दिल्ली जान लागेको बताएका छन् ।
उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको दिल्ली भ्रमणपछि सरकारले नेपाल र भारतबीच देखिएको असमझदारी हटेको दाबी गरिरहेका बेला मोर्चाका नेताहरु आइतबार दिल्ली जान लागेका हुन् ।
सरकारले वार्ता भाँड्न खोज्यो, हामी दिल्ली जाँदैछौं: मधेसी मोर्चा
भारत भ्रमणबारे विज्ञप्तिमार्फत औपचारिक जानकारी
फाइल तस्वीर
१९ मंसिर, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार आफैंले वार्ता भाँड्न खोजेको आरोप लगाएको छ । मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र परिस्थितिबारे भारतका नेताहरुसँग छलफल गर्न मोर्चाका चार शीर्ष नेता भारत जान लागेको मोर्चाले जनाएको छ ।
मोर्चाका शीर्ष नेताहरुले शनिबार विज्ञप्ति जारी गर्दै जनतामा भ्रम छर्न मात्रै सरकारले वार्ताको नाटक गरेको आरोप लगाएका छन् । वार्ता प्रक्रिया चलिरहेका बेला सर्लाहीको नवलपुरमा मंसिर १७ गते प्रहरीले दमन गरेको र घटनामा एकजनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको मोर्चाले जनाएको छ ।
भारतीय राज्यसभामा नेपाल-भारत सम्बन्धको बहस सर्यो
मंसिर १७, २०७२- भारतको माथिल्लो सदन राज्यसभामा नेपाल-भारत सम्बन्धबारे बहस सुरु हुने वित्तिकै स्थगित भएको छ । भारतको बिहारबाट प्रतिनिधित्व गर्ने पवनकुमार शर्माले पेश गरेका सार्वजनिक महत्वको प्रस्तावमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले लिखित जवाफ दिएकी थिइन्। लिखित मन्तव्य पढ्दै गर्दा सभाको सभापतित्व गरिरहेका उपसभापतिले उनलाई बिचैमा रोके ।
भाजपा सांसदले बल प्रयाेग गरी नेपालका १५ जिल्ला भारतमा गाभ्ने भनेपछि...
काठमाडाैं- सत्तारुढ भारतीय जनता पार्टीका सांसद एवं पूर्व क्रिकेटर कीर्ति आजादले नेपालको तराइ भेगका १५ वटा जिल्ला भारतमा गाभ्नुपर्ने बताएका छन्। उनले बल प्रयाेग गरेर नेपालका १५ जिल्ला भारतमा गाभ्नुपर्ने उल्लेख गरेका हुन्।
भारतको दरभंगामा अायोजित एक कार्यक्रममा अाजादले राखेको उक्त धारणा भारतीय पत्रिका जागरणले प्रकाशित गरेको छ। समाचारमा भारतको हिस्साका रूपमा रहेका १५ जिल्ला अंग्रेजले नेपाललाइ दिएको झुटाे तथ्य अाजदले पेश गरेका छन्। अाजादले यसबारे उतिबेलादेखि अहिलेसम्म कसैले अावाज नउठाएको उल्लेख गर्दै अब ती जिल्ला छाड्न नहुने बताएका हुन्।
१५ जिल्ला भारतमा फर्काउनका लागि लड्ने भन्दै उनले यसबारे संसदमा कुरा उठाउने समेत बताए। त्यसका लागि तयार रहन उनले नेपाललाई चेतावनी दिएका छन्। मधेसवादी दल उचालेर नेपाललाई अस्थिर बनाइरहेकाे भारतले नाकाबन्दी गरिरहेकाे सन्दर्भमा सत्तारुढ दलका सांसदकाे यस्ताे अभिव्यक्ति अाएकाे हाे।
१५ जिल्ला भारतमा फर्काउनका लागि लड्ने भन्दै उनले यसबारे संसदमा कुरा उठाउने समेत बताए। त्यसका लागि तयार रहन उनले नेपाललाई चेतावनी दिएका छन्। मधेसवादी दल उचालेर नेपाललाई अस्थिर बनाइरहेकाे भारतले नाकाबन्दी गरिरहेकाे सन्दर्भमा सत्तारुढ दलका सांसदकाे यस्ताे अभिव्यक्ति अाएकाे हाे।
नाकाबन्दी गरैकै छैन र भारत नेपालमा सधैँ शान्ति र सुव्यवस्था चाहन्छ भनेर प्राेपागान्डा गर्ने भारतीय पक्षले याे विषयमा पनि छिटाे अाफ्नाे चासाे देखाएकाे छ। काठमाडाैं स्थित भारतीय दूतावासले अाजादकाे भनाइ भारतीय सरकारकाे नभएकाे उल्लेख गरेकाे छ। दूतावासकाे अाधिकारिक ट्विटर ह्यान्डलबाट प्रतिक्रिया दिँदै दूतावासले भनेकाे छ, ‘कीर्ति अाजादले व्यक्त गरेको प्रतिकृयाले भारतीय सरकारको धारणा प्रतिबिम्बित गर्दैन।’
औषधिको हाहाकार
भगवती तिमल्सिना⁄सुरेश तामाङ, काठमाडौं, पुष्कर बुढाथोकी, भक्तपुर⁄विमल विष्ट, डोटी
भा रतद्वारा गरिएको अघोषित नाकाबन्दीका कारण राजधानीसमेत देशका विभिन्न भागमा औषधिको हाहाकारको अवस्था सिर्जना भएको छ।
ललितपुर जिल्लाको दक्षिणी भेगमा औषधिको अभावले चरम रूप लिएको छ। इन्धन अभावले औषधि आपूर्तिमा असहज र केही दिनयता बढेको जाडोले गर्दा बालबालिकामा संक्रमण देखेकाले गर्दा रूघाखोकी, ज्वरो र निमोनियालगायतका औषधिको अभाव भएको हो।
‘इकुडोल उपस्वास्थ्य चौकीका अनमी ज्ञानी सन्जेलका अनुसार अहिले लगभग औषधि रित्तिएको अवस्था छ। अहिले जाडो बढेकाले गर्दा रुघाखोकी, ज्वरो, निमोनियालगायत संक्रमितलाई चाहिने अति आवश्यक औषधिको अभाव रहेको छ’ –अनमी सन्जेलले बताउनुभयो। ‘हामीले माग फाराम भरेर जिल्ला पठाइसकेका छौं, तर आएको छैन’ –उहाँले भन्नुभयो।
त्यस्तै ठूला दुर्लुङ स्वास्थ्य चौकीका अहेव विनोद चौलागाईंले एक हप्ताका लागि मात्रै औषधि स्टक रहेको बताउनुभयो। जिल्लाको अन्तिम र विकट भौगोलिक अवस्थामा रहेको ठूूला दुर्लुङमा दूध ढुवानीमा प्रयोग हुने निसान गाडी मात्रै चलेकामा इन्धन अभावका कारण त्यो पनि बन्द रहेकाले औषधि ढुवानी गर्न समेत कठिनाइ भएको उहाँले दुःखेसो पोख्नुभयो।
औषधि एम्बुलेन्समा लाने प्रयास पनि भएको थियो तर तेल अभाव र टाढा भएको भन्दै चालकहरू जान नमानेको बताउनुभयो। चौघरे स्वास्थ्य चौकीका अहेव पालसिङ लामाले बच्चाका लागि चाहिने झोलमा पाइने औषधि अभाव रहेको बताउनुभयो।
ललितपुर जिल्लाको दक्षिणी भेगमा औषधिको अभावले चरम रूप लिएको छ। इन्धन अभावले औषधि आपूर्तिमा असहज र केही दिनयता बढेको जाडोले गर्दा बालबालिकामा संक्रमण देखेकाले गर्दा रूघाखोकी, ज्वरो र निमोनियालगायतका औषधिको अभाव भएको हो।
‘इकुडोल उपस्वास्थ्य चौकीका अनमी ज्ञानी सन्जेलका अनुसार अहिले लगभग औषधि रित्तिएको अवस्था छ। अहिले जाडो बढेकाले गर्दा रुघाखोकी, ज्वरो, निमोनियालगायत संक्रमितलाई चाहिने अति आवश्यक औषधिको अभाव रहेको छ’ –अनमी सन्जेलले बताउनुभयो। ‘हामीले माग फाराम भरेर जिल्ला पठाइसकेका छौं, तर आएको छैन’ –उहाँले भन्नुभयो।
त्यस्तै ठूला दुर्लुङ स्वास्थ्य चौकीका अहेव विनोद चौलागाईंले एक हप्ताका लागि मात्रै औषधि स्टक रहेको बताउनुभयो। जिल्लाको अन्तिम र विकट भौगोलिक अवस्थामा रहेको ठूूला दुर्लुङमा दूध ढुवानीमा प्रयोग हुने निसान गाडी मात्रै चलेकामा इन्धन अभावका कारण त्यो पनि बन्द रहेकाले औषधि ढुवानी गर्न समेत कठिनाइ भएको उहाँले दुःखेसो पोख्नुभयो।
औषधि एम्बुलेन्समा लाने प्रयास पनि भएको थियो तर तेल अभाव र टाढा भएको भन्दै चालकहरू जान नमानेको बताउनुभयो। चौघरे स्वास्थ्य चौकीका अहेव पालसिङ लामाले बच्चाका लागि चाहिने झोलमा पाइने औषधि अभाव रहेको बताउनुभयो।
ओलीको कडा प्रहार : भारतीय व्यवहार अकल्पनीय र अमानवीय
आइतबार बेलुका देशबासीको नाममा सम्बोधन गर्दै ओलीले भने, 'अहिलेको एक्काइसौं शताब्दीमा पनि एउटा सार्वभौम राष्ट्रले संविधान जारी गर्दा नाकाबन्दी सामना गर्नु पर्ला भनेर कल्पना पनि गरिएको थिएन।तर अहिले अकल्पनीय पीडा भोग्नुपरेको छ।'
ओलीले लोकतान्त्रिक विधिबाट उत्कृष्ट संविधान बनाउँदा नाकाबन्दीजस्तो अकल्पनीय पीडा भोग्नुपरेको बताउँदै भने, 'युद्धका बेला पनि नहुने संकट अहिले नेपालले बेहोर्नुपरेको छ।'
प्रधानमन्त्रीले देशवासीलार्इ गरेको सम्बोधन सुन्नुहोस्
राजेन्द्र महतो भन्छन्, ‘आन्दोलनले विखण्डन होइन्, एकता मजबुत हुन्छ’
- ‘नेपाली राष्ट्रियताका लागि आन्दोलन’
- अमन कोइराला , सर्लाही
कार्तिक २९, २०७२- सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा भइरहेको आन्दोलन नेपाली राष्ट्रियताका लागि भएको बताएका छन् । उनले मधेसी जनताको आन्दोलन सफल भए मुलुकलाई विखण्डन होइन कि थप बलियो र एकतावद्ध बनाउने दावी गरे ।
मधेसमा जे सुनियो, जे बुझियो
खगेन्द्र संग्रौला, काठमाडौं
कार्तिक २५, २०७२- पहिलेको मधेस विद्रोहमा डा. देवेन्द्रराज पाण्डे समेतको नागरिक टोलीसँग म मधेस झरेको थिएँ। यसपाला कैलाली घुमेपछि राझरिझन यादवको निम्तोमा झरेँ। मौसमी राष्ट्रवादको नजरमा मधेस आन्दोलनमा विखण्डन देखिन्थ्यो। र मधेस झर्दा अनेक आरोप लाग्ने खतरा थियो। तैपनि म सिरहा, सप्तरी र धनुषा घुमेँ। मैले बुद्धिजीवीका विचार सुनेँ, अग्निवर्षी भाषण सुनेँ र आन्दोलनकारीका अनुहारहरू पढेँ। त्यत्रो दमन र हत्याहरूमाझ आन्दोलन टिकिरहनुको रहस्य के हो? आन्दोलनको गर्भमा के होला? म सुनाउँछु।
सीमामा देखिएको अवरोध हटाउन भारतलाई नेपालकाेऔपचारिक आग्रह
काठमाडौं–सरकारले नेपाल–भारतका सीमा नाकामा भइरहेको पारवहन तथा आपूर्ति व्यवस्थामा देखिएको अवरोध हटाउन भारत सरकारलाई औपचारिक आग्रह गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पारवहन तथा आपूर्ति व्यवस्थामा अवरोध हुँदा औषधि, खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थलगायत अत्यावश्वक वस्तुको आयात निर्यातमा समस्या देखिएको भन्दै सीमा नाकामा देखिएको अवरोध हटाइ दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउने काममा योगदान गर्न मन्त्रिपरिषद बैठकले भारत सरकारसँग आग्रह गरेको हो।
नाकाबन्दीविरूद्ध नेपाल ह्याम्बर्ग अदालत जान सक्छ : सूर्य सुवेदी (अन्तर्वार्ता)
प्राध्यापक सूर्य सुवेदी
अन्तर्राष्ट्रिय कानुनका ज्ञाता सूर्य सुवेदी प्रतिष्ठित लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक हुन्। वेलायत सरकारकाे सल्लाहकार समूहमा रहेर काम गरिसकेका उनी अन्तर्राष्ट्रिय कानुन निर्माणाका लागि विश्वकै प्रतिष्ठित इन्स्टिच्युट अफ इन्टरनेशनलको पूर्ण स्थायी सदस्य पनि हुन्। भारतीय नाकाबन्दीकाे अन्तर्राष्ट्रिय अायाम र कारवाही क्षेत्रबारे नागरिकन्युजका लागि काठमाडौंबाट कृष्ण ढुंगानाको प्रत्यक्ष संयोजनमा लन्डनबाट चिरन शर्माले उनीसँग झन्डै ४० मिनेट टेलिफोन कुराकानी गरेका थिए। पढ्नुहाेस् कुराकानीको सम्पादित अंश:
चीनले पनि नाकाबन्दी गरोस् : राजेन्द्र महतो
पत्रकार सम्मेलनमा नेता महताे।
काठमाडौं— संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आबद्ध सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छिमेकी उत्तरी छिमेकी चीनलाई पनि नेपालमाथि नाकान्दी लगाउन आह्वान गरेका छन्। भारतको अघोषित नाकाबन्दीलाई औपचारिक बनाउन उनले आग्रह गरे।
नाकाबन्दीलाई उनले 'बाध्यात्मक' परिस्थितिको संज्ञा दिए। 'संबिधानसभामा चुनावमा जान अन्तरराष्ट्रिय समुदायले दबाव दिएपछि २०६४ फागुन १६ मा हामीले सरकारसंग ८ बुँदे सम्झैता गरेर त्यतिबेलाको मधेश आन्दोलन रोक्यौं। माधव नेपाल र पुष्पकमल दहाललाई साक्षी राखेर गिरिजाप्रसादले सरकारकोतर्फबाट गरेको सम्झैता यतिखेर सरकारले नमानेकोले अन्तराष्ट्रिय जगत यतिखेर हामीलाई साथ दिनुपर्छ।' यो कुटनीतिक निकायहरुका लागि यो नैतिक प्रश्न भएको दाबी गरे।
मधेश आन्दोलनको सामाधानका लागि त्यही आठबुँदे सम्झैताको कार्यन्यवन र अन्तरिम संबिधानले प्रदान गरेको अधिकारको समेत नयाँ संबिधानमा कटौति भएकोले ती अधिकारहरुको पुर्नबाहाली आफुहरुको अजेन्डा भएको उनले प्रष्ट्याए ।
मधेश आन्दोलनमा सरकारले मानव अधिकारको गम्भीर उलंघन गरेको भन्दै उनले नेपाललाई गोली गट्ठा र इन्धन लगायत आपूर्ति रोक्नुपर्ने उनको भनाइ थियो।
पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष शिवचन्द्र कुशवाहा, केन्द्रि सदस्य निजामुद्दीन लगायत उपस्थित थिए।
मधेश आन्दोलनको सामाधानका लागि त्यही आठबुँदे सम्झैताको कार्यन्यवन र अन्तरिम संबिधानले प्रदान गरेको अधिकारको समेत नयाँ संबिधानमा कटौति भएकोले ती अधिकारहरुको पुर्नबाहाली आफुहरुको अजेन्डा भएको उनले प्रष्ट्याए ।
मधेश आन्दोलनमा सरकारले मानव अधिकारको गम्भीर उलंघन गरेको भन्दै उनले नेपाललाई गोली गट्ठा र इन्धन लगायत आपूर्ति रोक्नुपर्ने उनको भनाइ थियो।
मधेसी युवा बन्दूक माग्दैछन्
सरकारले दमन गरेर आन्दोलनलाई उग्र बनाएको उनको आरोप थियो। 'आन्दोलनकारी मधेशी युवाले हामीसँग बन्दुक माग्न थालेका छन्,' महतोले भने, 'मधेश कहिले पनि बिखण्डनकारी रहेन, राष्ट्रिय अखण्डताको पक्षमा रहँदै आएको छ।'पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष शिवचन्द्र कुशवाहा, केन्द्रि सदस्य निजामुद्दीन लगायत उपस्थित थिए।
News published in: nagariknews.com
भारतले विना बर्दीका सेना पठाउन खाजेको छ : मन्त्री मण्डल
‘मधेस आन्दोलन मानवता विरुद्धको अपराध उन्मुख’
- अवधेशकुमार झा, मोरङ
कार्तिक १६, २०७२- विना विभागिय मन्त्री सत्यनारायण मण्डलले भारतले नेपालमा विना बर्दीको सेना पठाउने तयारी गरिरहेको खुलासा गरेका छन् । ‘नयाँ संविधान निर्माण भएपछि भारतीय चासो सम्बोधन नहुँदा उसले विना बर्दीका सेना नेपालमा पठाउने खतरा बढेर गएको छ,’ विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री मण्डलले भने, ‘बर्दीका सेना पठाउन सक्दैनन् त्यसैले विना बर्दीका सेना नेपाल पठाउने खतरा बढेर गएको छ ।’ भारतले पछिल्लो समय नेपालमाथी नव उपनिवेश लाद्न खोजेको आरोप लगाउँदै मन्त्री मण्डलले भने, ‘हामी भारतका गुलाम होइनौं, नेपाली जनताले आफ्नो भविष्य आफै निर्धारण गर्छ ।’
- अवधेशकुमार झा, मोरङ
कार्तिक १६, २०७२- विना विभागिय मन्त्री सत्यनारायण मण्डलले भारतले नेपालमा विना बर्दीको सेना पठाउने तयारी गरिरहेको खुलासा गरेका छन् । ‘नयाँ संविधान निर्माण भएपछि भारतीय चासो सम्बोधन नहुँदा उसले विना बर्दीका सेना नेपालमा पठाउने खतरा बढेर गएको छ,’ विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री मण्डलले भने, ‘बर्दीका सेना पठाउन सक्दैनन् त्यसैले विना बर्दीका सेना नेपाल पठाउने खतरा बढेर गएको छ ।’ भारतले पछिल्लो समय नेपालमाथी नव उपनिवेश लाद्न खोजेको आरोप लगाउँदै मन्त्री मण्डलले भने, ‘हामी भारतका गुलाम होइनौं, नेपाली जनताले आफ्नो भविष्य आफै निर्धारण गर्छ ।’
तनावग्रस्त वीरगन्ज हेर्नेुहोस् फोटोमा
वीरगन्जमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा परी एक भारतीय आन्दोलनकारीको मृत्यु भएको छ। यस्तै ८ सुरक्षाकर्मीसहित दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन्।
झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि अश्रु ग्यास प्रहार गरेको थियो। गाउँगाउँबाट आएका हजारौ प्रदर्शनकारीले वीरगन्जका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए। स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले दिउँसो तीन बजेदेखि लागू हुने गरी अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ।
नाकावन्दी कडा पार्ने आशयको भारतीय बक्तब्य
सोमबार भएको बिरगंज घटनापछी भारतीय दुतावासले बक्तब्य जारी गर्दै आफ्ना देशका गाडीवालाहरुलाई सतर्कता अपनाउन र नेपालमा गएर खतरा नमोल्न सुझाव दिएको बताएको छ l घटना पछी भारतीय राजदुत रञ्जित रे ले सोमबार नै गृहमन्त्री शक्ति बस्नेतसँग भेटेर भारत अत्यन्त ‘चिन्तित’ भएको बताएका थिए l
‘भारतीय यातायात व्यवसायीले आज पनि नेपालको बोर्डर पारी बिग्रँदो अवस्थाबारे चिन्ता ब्यक्त गरेका छन्l हामीले उनीहरुलाई सचेत रहन र आफ्नो जीवन खतरामा नराख्न सुझाव दिएका छौं,’ वक्तव्यमा भनिएको छ lबक्तब्य जारी गरेर भारतले नेपालमा नाकावन्दी अझै कडा पर्ने चेतावनी दिएको छ। सोमबार वीरगञ्जमा प्रहरीको गोलीबाट मारिएका भारतीय नागरिक निर्दोष भएको पनि विज्ञप्तिमा उल्लेख छ।
सोमबार बिहान बिरगंज नाकाबाट आन्दोलनकारी हटाउने क्रममा एकजना भारतीय नागरिकको प्रहरीको गोली लगेर निधन भएको छ l केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्। प्रहरीका अनुसार रक्सौल घर भएका ३० वर्षीय आशिष रामको मृत्यु भएको हो। उनको टाउकोमा गोली लागेको थियो।
आन्दोलनले उग्र रूप लिएपछि स्थानीय प्रशासनले अहिले तीन बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ।
वीरगन्जमा निर्दाेष भारतीय मारिए: भारतीय दूतावास
काठमाडौं– वीरगन्ज नाका क्षेत्रमा एक जना निर्दाेष भारतीय नागरिक साेमबार मारिएकाे नेपालस्थित भारतीय दूताबासले जनाएकाे छ । वीरगन्जमा सोमबार भएको घटनाप्रति लैनचौरस्थित भारतीय दूताबासले साँझ एक विज्ञप्ती जारी गर्दै नेपालले सामना गरिरहेको समस्या राजनीतिक भएकोले बल प्रयोग गरेर समस्या समाधान नहुने जनाएको छ ।
भारतले खेलेको ‘चिनियाँ कार्ड’
कार्तिक १४, २०७२- २०६१ चैत १० गते चिनियाँ राजदूत सुन हेपिङले आफ्ना परराष्ट्र मन्त्री ली जाओ सिङ नेपाल भ्रमण गर्न इच्छुक भएको ‘जरुरी सन्देश’ दिनुभयो। संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधि रहिसक्नुभएका ली पाँच वर्ष उपविदेश मन्त्रीको कार्यभार सम्हालेपछि दुई वर्षअघि परराष्ट्र मन्त्री नियुक्त हुनुभएको थियो। परराष्ट्र मन्त्रीको हैसियतले आफ्नो पहिलो विदेश भ्रमणका लागि नेपाल छानेर लीले दिनुभएको कूटनीतिक सन्देश र त्यसको अनुक्रममा नेपालले परराष्ट्र सम्बन्धमा देखाउनुपर्ने परिपक्वता साविकभन्दा फरक भयो। चैत १२ गते चिनियाँ राजदूत ‘बेइजिङबाट प्राप्त जरुरी सन्देश दिन’ शीतल निवासमा आउनुभयो— भारतीय विदेश सचिव श्याम शरणले बेइजिङमा एसिया मामिलासम्बन्धी महानिर्देशक लु झोओ हुईलाई भेटेर ‘नेपाललाई सहयोग नगर्न आग्रह गरेका छन्।’ यसरी नेपाल विरुद्ध भारतले ‘चिनियाँ कार्ड’ खेल्न खोजेको जानकारी निकै गम्भीर थियो।
Subscribe to:
Posts (Atom)




















