Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

नाकावन्दी कडा पार्ने आशयको भारतीय बक्तब्य

सोमबार भएको बिरगंज घटनापछी भारतीय दुतावासले बक्तब्य जारी गर्दै आफ्ना देशका गाडीवालाहरुलाई सतर्कता अपनाउन र नेपालमा गएर खतरा नमोल्न सुझाव दिएको बताएको छ l  घटना पछी भारतीय राजदुत रञ्‍जित रे ले सोमबार नै गृहमन्त्री शक्ति बस्नेतसँग भेटेर भारत अत्यन्त ‘चिन्तित’ भएको बताएका थिए l    
 
‘भारतीय यातायात व्यवसायीले आज पनि नेपालको बोर्डर पारी बिग्रँदो अवस्थाबारे चिन्ता ब्यक्त गरेका छन्l हामीले उनीहरुलाई सचेत रहन र आफ्नो जीवन खतरामा नराख्न सुझाव दिएका छौं,’ वक्तव्यमा भनिएको छ lबक्तब्य जारी गरेर भारतले नेपालमा नाकावन्दी अझै कडा पर्ने चेतावनी दिएको छ।  सोमबार वीरगञ्जमा प्रहरीको गोलीबाट मारिएका भारतीय नागरिक निर्दोष भएको पनि विज्ञप्तिमा उल्लेख छ।
 
सोमबार बिहान बिरगंज नाकाबाट आन्दोलनकारी हटाउने क्रममा एकजना भारतीय नागरिकको प्रहरीको गोली लगेर निधन भएको छ l केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्। प्रहरीका अनुसार रक्सौल घर भएका ३० वर्षीय आशिष रामको मृत्यु भएको हो। उनको टाउकोमा गोली लागेको थियो।
 
आन्दोलनले उग्र रूप लिएपछि स्थानीय प्रशासनले अहिले तीन बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/