सबेरै उठेर पूर्वतिर घाम हेर्छु, उदाएकै हुन्न तर मेरो देशले हिँउदे घामको न्यानो आभाष पाईसकेको हुन्छ।
बारदलिबाट हेर्दा मानिसहरु कोहि पैदल, कोहि यातायातका साधनामा कार्यस्थलतर्फ लाग्न तम्मतयार पाउँछु। म पनि त्यस्तै गतिमा तयार हुनुपर्छ र हतार गर्छु।
यस्तो २०१६ त हामीले ५६/५७ बर्षअघिनै ल्याईसकेका हौँ।
पूर्विय दर्शन सभ्यताको प्रभावको गर्व गर्ने, बुद्ध र सगरमाथा परिचयमा नछुटाउने हामी आफ्नै देश बनाउनलाई कुन बुद्धत्वले नदिएको हो कुन्नि।
समयमा हामी अगाडि भयौँ खरायो जस्तै, यी कछुवातालेहरुको बिहान ढिलै भएपनि, भर्खर 2016 हुदैगरेपनि समृद्दिमा उछिनेरै छाडे।
कारण धेरै होलान् मैले समेट्न नसक्ने तर केहि यी पनि हुन् सक्छन्।
एउटा डुङ्गा, ईटालाई संरचना बनाउन प्रयोग गर्ने या एक अर्काको टाउको फुटाउन हान्ने,
फलाम पुल, मेसिनरि, पार्टपुर्जा बनाउन प्रयोग गर्ने या समाजमा असहिष्णुता फैलाउने हतियार बनाउने,
राजनितिलाई जनतालाई सेवा अनि देश विकासको अवसरको रुपमा लिने या अर्को पटक पाईने हो या हैन ठानी व्यक्तिगत लाभमा परिणत गर्ने,
सरकारी कार्यसम्पादन क्षमता र गति यस्तै कायम राख्ने या आधुनिक र चुस्त दुरुस्त राख्ने,
कोशीमा धेरै पानी बगिसक्यो भनिरहने या कोशीहरुबाट देशलाई उज्यालो पार्ने,
१ वर्ष भित्रै केके हुने, भैसक्ने वा शुरुवात हुने कुराहरु मात्र सुन्दा पनि म जस्तै प्रवासीहरुलाई घरै फर्कौँजस्तो हुन्छ। तर बिहानिले दिनको झल्को दिन्छ भनेझैँ, ८ महिनासम्मपनि भुकम्पपिडितले राहत, आश्रय, पाएका छैनन्। अहिलेको जाडोमा २/३ वटा सिरक ओडेर सुत्दा त कतिसम्म हुन्छ, पालमा के हाल भएको होला। बच्चा, बृ्द्धको अवस्था के होला। सिरिया, येमेनको समाचार पढेर जिउ सिरिङ हुन्छ भने गोरखा लगायत भुकम्प अति प्रभावित घरबार बिहिनहरुलाई के बितिरहेको होला र चाडोँ भन्दा चाडोँ राहत कसरी पुर्याउने भन्नेमा सरकारको जोड हुनुपर्छ। मात्र घोषणामा होईन।
प्राकृतिक विपत्तिलाई सबै मिलेर सामना र पुनर्स्थापना गर्नुपर्नेमा तराईमा ५ महिना देखि चलिरहेको आन्दोलनले कति सहयोग गर्यो, भविष्यले बताउने छ। नैतिकता,अनुशासन, अठोट, नै व्यक्ति, समाज र देश बनाउने एकमात्र सुत्र रहेछ, जुन नेपाली जनजनमा आवश्यक छ।
२०१६, जनवरी ११
संघियता खराब हैन तर जसरी नेपालमा प्रस्तुत गरिँदै छ ये खराब देख्छु। नेपालमा संघियता भन्दा विकेन्द्रिकरण आवश्यक हो, जातीय राज्यको झल्को देखियो।छिमेकी मात्र रिझाउने काम बढि भयो, घर बनाउने कोहि भएन। भन्नलाई जनता मारमा परे भनेपनि व्यक्तिगत स्वार्थमा राजनिति गरे नेता भनैदाले। नेतानेताको जुगाको लडाइमा आज कयौ परिवार उजाडियो। नेपाली भन्ने पहिचान नचाहनेहरुको स्वार्थमा फेरी मारामार शुरु हुदैछ। बैशाख १२ को घाउ आलै छ होला, त्यहि सुरक्षाकर्मी हो जस्ले सयौलाई मृत्युको मुखबाट बचायो, हजारौलाई सुरक्षित बस्नसक्ने बनायो, आज त्यसको प्रतिफलमा मृत्यु पायो। पहिचान भनेके के हे? विश्वले नेपालीलाइ नेपाली भनेर नै चिन्छ। लिम्बुवान, मगरात, नेवा, खस, अवध, थरूहट भनेर कहिल्यै चिन्ने छैन। धेरै परिवर्तन देख्ने नेपाली पुस्ता रे अहिलेके पुस्ता। जनयुद्ध, २ असफल संविधानसभा, ८ वर्षमा ६ प्रधानमन्त्री, बाहिरी हस्तक्षेप, कमजेर अर्थिक-सामाजिक अवस्था, पलायनवादी जनता, अराजकता, चरम भ्रष्टाचार....... ये भन्दा धेरै परिवर्तन के हेला र हुन त! नेपालीलाइ निराशा, अक्रेश अनि पलायनवादि बनाएकै यस्तै परिवर्तनले हे।
व्यक्तिगत विचार
बिवश भट्टराइ
खै के ले, हिँडायो परदेश ?
खै के ले, हिँडायो परदेश ?
कोहि भन्छन्, भाग्यले
कोहि भन्छन्,कर्मले
कोहि भन्छन्,राजनैतिक अस्थिरताले
कोहि भन्छन्,ठुलो भाग खोज्नाले
कोहि भन्छन्,खै के ले के ले!
सर्टिफकेटले काम गर्न छाडेको भनौ भने,
मैले भन्दा कम कक्षा पास गरेकाले पनि मलाई जितेकै छन्
मैले भन्दा बढि पास गरेकाहरुलाई पनि मैले जितेकै थिएँ,
यो जिन्दगीको रेस कोर्समा पसेपछि सबैलाई प्रथम नै आउन ईच्छा हुने रैछ,
तर घोडा कुन लिने र छाड्ने, घोडा नचढी के थाहा!
तिमी घोडा छान्दा छान्दै रेस सकिन लाग्छ,
एक्लै कुदाउछौ, तिम्रो फिनिस लाईन पुरानाको, नयाँ रेस स्टार्टिङ प्वाईन्ट हुन्छ।
तिम्लाई देश भनेपछि आङ सिरिङ हुन्छ, रातो झन्डा सम्झन्छौ, सगरमाथा झै अग्लो छाती बनाई विरताको गाथा सम्झन्छौ,
आफ्नो घर परिवार सम्झी,दुखलाई यसै पखाल्छौ।
खुसी र सुखी हुने अठोट साकार पार्न श्रम बेच्छौ,
देशमै उद्धोग पर्याप्त भए संसार सारा किन्थ्यौ।
समाचार पढ्छौ भ्रष्ट्राचार, संसद हंगामा, सडक दुर्घटना, विमान अवरुद्ध, संविधान, संघियता,लोडसेडिङ ऐजन ऐजन
विकास कहाँ पर्यो त?
विकास त युरोप, अमेरिका, खाडिमा हुदैछ,
जहाँका अगुवाहरुसगँ दृष्टिकोण छ, कार्यान्वयन गर्ने अठोट छ,
आफुले बाँचेको संसार भन्दा बढि भावी पिँढिलाई सुम्पने दृढ संकल्प छ,
देशप्रति अघाध प्रेम छ,सिस्टममा चल्न बानी परेका छन,
रातो, पँहेलो अनि हरियो बत्तिको महत्व बुझ्ने चेतना भएका छन्,
हामी जलश्रोतको दोश्रो धनि देश, १० मिनेट बढी बिजुली आँउदा निदाउन नसक्ने भएका छौ,
फेसबुकमा बिहानको चिया पिउन थालेका नेपालीहरु, फेसलाई सेल्फिमा र बुकलाई झोलामै हुन दिन्छन,
देशलाई विकासको क्रान्ति, औधोगिकरणको क्रान्ति चाहिएको छ, सिस्टम र लिडर चाहिएको छ।
लिमिटेड , अनलिमिटेड
ईन्टरनेट प्लान लिमिटेड,
बिल अनलिमिटेड,
फोन कल लिमिटेड,
ब्यालेन्स रिचार्ज अनलिमिटेड,
तलब लिमिटेड,
खर्च अनलिमिटेड,
कोठा, फ्ल्याट लिमिटेड,
बस्ने मान्छे अनलिमिटेड,
पानी लिमिटेड,
फोहोर अनलिमिटेड,
बत्ति लिमिटेड,
ईन्भर्टर, चार्जर अनलिमिटेड,
खुशी लिमिटेड,
दु:ख अनलिमिटेड,
चाडपर्व लिमिटेड,
महगीं अनलिमिटेड,
विदा लिमिटेड,
विदाका काम अनलिमिटेड,
परिवार भेटघाट लिमिटेड,
प्रोफेसनल लाइफ अनलिमिटेड,
लिमिटेड श्रोतसाधन,
भ्रष्टचार अनलिमिटेड
लिमिटेड जिन्दगी
अनलिमिटेड
अनलिमिटेड ......
बिबश भट्टराई
२०७०/११/२०
२०६४ पछि करिब ६ वर्षपछिको लेखनी:
औला त्येर्स्याई मैतिर दोषी हैनौ भन्छौ
आलोचना, असन्तुष्टि गुण धेरै भन्छौ ।
चाहिने भए सबुत सबै देखाउने भन्छौ
नचाहिने हिउँदमा हिउँ वर्षाउँ? भन्छौ।
तिम्रो संगत मेरा लागि उपयुक्त भन्छौ,
साइनो सबै बिर्सिएर कहिले जाऊ भन्छौ।
कुरा तिम्रा सबै सहि मिथ्या हैन भन्छौ,
सबैसगँ फरक शैली, कुरो एउटै भन्छौ।
नयाँ आयाम, भाव, ढङ्ग, शैली पस्क भन्छौ,
आफ्नै पुराना, थोत्रा,विचार, वाणीलाई के भन्छौ?
# बिवश_भट्टराई
# नेपाल यातायातको १ सिट
२०७०/०८/१७, १०:५३