Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepalese Diplomacy. Show all posts
Showing posts with label Nepalese Diplomacy. Show all posts

भारतले खेलेको ‘चिनियाँ कार्ड’

कार्तिक १४, २०७२- २०६१ चैत १० गते चिनियाँ राजदूत सुन हेपिङले आफ्ना परराष्ट्र मन्त्री ली जाओ सिङ नेपाल भ्रमण गर्न इच्छुक भएको ‘जरुरी सन्देश’ दिनुभयो। संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधि रहिसक्नुभएका ली पाँच वर्ष उपविदेश मन्त्रीको कार्यभार सम्हालेपछि दुई वर्षअघि परराष्ट्र मन्त्री नियुक्त हुनुभएको थियो। परराष्ट्र मन्त्रीको हैसियतले आफ्नो पहिलो विदेश भ्रमणका लागि नेपाल छानेर लीले दिनुभएको कूटनीतिक सन्देश र त्यसको अनुक्रममा नेपालले परराष्ट्र सम्बन्धमा देखाउनुपर्ने परिपक्वता साविकभन्दा फरक भयो। चैत १२ गते चिनियाँ राजदूत ‘बेइजिङबाट प्राप्त जरुरी सन्देश दिन’ शीतल निवासमा आउनुभयो— भारतीय विदेश सचिव श्याम शरणले बेइजिङमा एसिया मामिलासम्बन्धी महानिर्देशक लु झोओ हुईलाई भेटेर ‘नेपाललाई सहयोग नगर्न आग्रह गरेका छन्।’ यसरी नेपाल विरुद्ध भारतले ‘चिनियाँ कार्ड’ खेल्न खोजेको जानकारी निकै गम्भीर थियो। 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/