Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Rajendra Mahato. Show all posts
Showing posts with label Rajendra Mahato. Show all posts

मोर्चा नेता राजेन्द्र महतो घाइते (फोटोसहित)

विराटनगर– मधेसी मोर्चाको एक घटक राजेन्द्र महतोको नेतृत्वमा भारतीय भूमि हुँदै नेपाल प्रवेश गरेका मोर्चा कार्यकर्ताले दशगजामा बसेर नाका अवरोध पार्न खोजेपछि विराटनगरको रानी भन्सार तनावग्रस्त भएको छ।
धर्नामा बसेका सद्भावना अध्यक्ष महतो घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।

उनको विटानरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको मोर्चाका एक नेताले जानकारी दिए। उनका अनुसार महतोको टाउकोसँगै घुँडालगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ।

माग पुरा गराउन अन्तिम धक्काः महतो

रौतहट–संयुक्त मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसीको माग पुरा गराउन अन्तिम धक्का दिने चेतावनी दिएका छन्।
उनले वर्तमान सरकार मधेसको समस्या समाधान गर्ने पक्षमा नदेखिएको आरोप लगाउँदै शुक्रबारदेखि अन्तिम चरणको निर्णायक आन्दोलन चर्काउने चेतावनी दिए। बिहीबार नागरिकन्युजसँग कुरा गर्दै महतोले नयाँ संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै चार महिनादेखि आनदोलन जारी रहेपनि सरकारले समस्या समाधान प्रति चासो नदेखाएको भन्दै अन्तिम चरणको आन्दोलन चर्काउने चेतावनी दिएका हुन्।

मधेस आन्दोलन र राज्यलाई असहयोग आन्दोलनलाई तुहाउन सरकारलगायत प्रमुख दलले चलखेल गरिरहेको भन्दै महतोले यथास्थितिमा वार्ताको औचित्य समाप्त भइसकेको दाबी गरे। उनले शान्तिपुर्ण आन्दोलनबाटै मधेसको अधिकार स्थापित गराउने एक मात्र विकल्प बाँकी रहेको भन्दै शुक्रबारदेखि सशक्त आन्दोलनको आँधीबेरी ल्याउने दाबी गरे।

'वीरगंज बाहेकका नाकालाई खुकुलो बनाउँदासमेत सरकारले वास्ता गरेन,' उनले भने,' अब कति दिनसम्म बाटो हेर्ने? भोलीदेखि खुकुलो रहेका देशभरीका सम्पुर्ण नाकाहरुलाई पूर्ण रुपमा ठप्प पार्ने हिसावले आन्दोलन गर्ने तयारीमा मोर्चा जुटिसकेको छ।'

उनले तराइ मधेसका सम्पुर्ण सरकारी कार्यालय, बजार, पसल, उद्योग, कलकारखाना तथा राजमार्ग क्षेत्रलाईसमेत पूर्ण रुपमा अवरुद्ध पार्ने उनले दाबी गरे। आन्दोलन दबाउने निहुँमा सरकारी पक्षले विद्यालयलाई निशाना बनाउन सक्ने अवस्था आए विद्यालयसमेत बन्द गरिने बताए ।

राजेन्द्र महतोलाई चुरे क्षेत्र पस्न दिँदैनौं : न्यौपाने (अन्तर्वार्ता)

बद्रीप्रसाद न्यौपाने
मधेसी मोर्चाले तराईका सीमा नाका केन्द्रित आन्दोलन गरिरहँदा सीमाभन्दा थोरै उत्तरको भूभागमा शनिबारदेखि चुरेभावर राष्ट्रिय एकता पार्टीले आन्दोलन थालेको छ। २०६४ सालमा राज्यले गरेको सम्झौता कार्यान्वयनको माग गर्दै आन्दोलनमा होमिएको सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेसँग नागरिकन्युजका रौतहट संवाददाता मदन ठाकुरले पौरइ, बागमतीमा गरेको अन्तर्वार्ताको सम्पादित अंशः
मधेस आन्दोलन र त्यसैलाई कारण देखाएर भारतले गरेको नाकाबन्दीले देश यत्रो पछाडि परिसक्यो, अर्थतन्त्र ध्वस्त भइसक्यो। फेरि तपाइँहरु अर्को आन्दोलनको कुरा गर्न थाल्नुभएको छ?
जनताको ७—८ वर्षको प्रतीक्षा र ठूलो अनिश्चितताबीच मुलुकले नयाँ संविधान पाएपछि मधेसी मोर्चाले त्यसलाई निहुँ बनाएर सिमाङ्कनको विषयमा नयाँ माग राख्यो। शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने र आफूलाई मर्का परेको विषय माग राख्ने कुरामा कसैको बिमति हुन सक्दैन। तर त्यहाँ कतिपय नाजायज मागहरु पनि उठेका छन्। संविधान जारीपछि लामो राजनीतिक अस्थिरता एउटा टुंगोमा पुग्छ भनेर संविधानका कतिपय अंशमा असहमति हुँदाहुँदै पनि हामी संयमित, विवेकपूर्ण सोचका साथ मौन बसेको हौं। तर अहिले ८—१० जिल्लाका नाका थुनेर पूरै मुलुकमाथि नाकाबन्दी गराउने, सारा नेपालीलाई कस्ट दिने र अर्थतन्त्र ध्वस्त बनाउने काम भएको छ। सदन र सडकमा शान्तिपूर्ण आन्दोलनका बाटाहरु हुँदाहुँदै औषधि समेत आपूर्ति गर्न नदिने तहको स्थिति निर्माण गरिएको छ। सबैभन्दा बढी सरकारमा बस्नेहरु आज हामी शोषण पर्याैं भन्दै सर्वसाधारणलाई बोल्न नसक्ने अवस्थामा पुराएर दादागिरी देखाइरहेका छन्। यो कुराप्रति हाम्रो पार्टीको गम्भीर विमपति छ। त्यसैले शान्तिपूर्ण आन्दोलनको तयारी गरेका हौं।

भनेपछि तपाइँहरु मधेस आन्दोलनविरुद्ध अर्को आन्दोलन गर्ने तयारीमा हुनुहुन्छ?
यो कुरालाई त्यसरी भन्दा पनि जनताको दृष्टिकोणबाट हेरिनुपर्छ। पहिलो कुरा जनता हुन्। जनतालाई सार्वभौम ठान्ने हो भने उनीहरुका सरोकार, उनीहरुका चासो बुझ्नुपर्छ। मधेसी दलहरुको एकोहोरो दादागिरीका कारण उपचार नपाएर सर्वसाधारण बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था, अस्पतालमा औषधि अभावमा बिरामीले उपचार नपाउने अवस्था सामान्य होइन। दोस्रो कुरा मधेसी मोर्चाले जे कुरालाई इश्यु बनाएर अहिले सारा नेपालीलाई कस्ट दिइरहेको छ उठाउनुपर्ने त्यस्तो मुद्दा हाम्रो पनि छ। हामीसँग पनि तत्कालीन सरकारले २०६४ सालमा त्यस्तो सम्झौता गरेको थियो। हामीसँगका ३, ५ र ९ बुँदै फरक फरक सम्झौताको कार्यान्वयन खोइ? हामीले चुरेभावर प्रदेशको माग गर्दा सरकारले हुन्छ भनेर सम्झौता गरेको होइन? त्यतिबेला महिनौं चलेको हाम्रो आन्दोलनले उचाइ लिएको साराले देखेका छन्। त्यो आन्दोलनमा जनताले आहुति दिएको सबै जाहेर छ नि। हाम्रा माग कहाँनेर सम्बोधन भए? त्यसैले अब हामी आन्दोलित हुनुको विकल्प छैन।

तपाइँहरुले चुरे केन्द्रित आन्दोलन गर्ने उता दक्षिणतिर मधेसी मोर्चा सीमा नाका केन्द्रित आन्दोलन गर्ने यसले वर्षौंदेखि मिलेर बसेको स्थानीय समाजको शान्ति र सद्भाव बिथोल्ने खतरा हुँदैन?
हामी स्पष्ट छौं। हाम्रा र्याली र कार्यक्रमहरु स्वयंमित, शान्तिपूर्ण र साम्प्रदायिक हुँदैनन। हामीले अस्ति (कार्तिक ३० गते) लालबन्दीमा विशाल ¥याली निकाल्यौं। हाम्रा मागहरु १) चुरे भावर प्रदेश कायम गर २) भारती नाकाबन्दी फिर्ता गर। ३) जातिय सदभाव कायम गर र ४) राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसता अच्छुर्ण राखौं भन्ने थिए। हामी मुख्य रुपमा सद्भावको पक्षमा छौं। हिमाल, पहाड, तराई सबै नेपाल हो। ती सबै भेगमा बस्नेहरु नेपाली हौं। एउटा मुख्य मुद्दा के हो भने मधेसी मोर्चाको माग पूरा हुन्छ भने हाम्रो पनि माग पूरा गरिनुपर्छ। सिंहदरबारले यो कुरा सुनेन भने कडा आन्दोलनको सामना गर्नुपर्नेछ। एउटा बाउका ७ भाइ छोरामध्ये ६ भाइले पैत्रिक सम्पत्ति पाउने एउटालाई पाखा लगाउने काम गरिनु भएन। यो अन्याय हो। न्यायका लागि हामी लड्छौं।

तपाइँले चुरेभावर प्रदेशको कुरा गर्नुभयो। कहाँदेखि कहाँसम्म चुरे भावर प्रदेश बनाउनुपर्छ भन्ने तपाइँहरुको बुझाइ हो?
महाभारत दक्षिण चारकोषे झाडीको क्षेत्र चुरे भावरमा प्रदेशमा राख्ने भनेर २०६४ साल भदौ २७ गते सम्झौता भाएको छ। चुरे भावर पकड भएको क्षेत्र क्षेत्र महोत्तरीको बद्रीबासदेखि लिएर बाराको पथलैयासम्म छ। तपाइँ पत्रकार हुनुहुन्छ तपाइँलाई अझ राम्रोसँग थाहा होला ती क्षेत्र मधेसी मोर्चाले अहिले पनि बन्द गर्न सकेको छैन। त्यहाँ सुरुदेखि अहिलेसम्म उनीहरुले बन्द गराउन सकेका छैनन्। पहिलो चरणको आन्दोलनमा चुरे भावरले शनिबार (आज) १२ बजेपछि शक्ति प्रर्दशन गर्दैछ। हामी आफ्ना मागप्रति स्पष्ट छौं। २०६४ सालको सम्झौता अनुसार हामीलाई चुरेभावर प्रदेश दिनुप¥यो।

बिगतमा सरकार सँग भएको सम्झौता चाहिँ के हो? त्यसमा के उल्लेख भएकाे विषय बताइदिनाेस् न।
मुख्य कुरा आन्दोलनको क्रममा गोलि लागेर मरेका नेता तथा कार्यकर्ताहरुलाइ शहिद घोषणा, क्षतिपुर्ति, घाइते उपचार खर्च, सदरमुकमका शाखा हाइवेमा ल्याउनु पर्ने, चुरेका गिटी, बालुवा झिक्दा चुरे भावरको समन्वय गर्नुपर्ने, सदरमुकमका शाखा हाइवेमा ल्याउनु पर्ने। माहाभारतदेखि दक्षिण, दक्षिणमा चारकोसे झाडीदेखी चुरेको भुभासम्म चुरे भावर प्रदेश। पूर्व पश्चिम मेचीदेखि कालीसम्मै हाम्रो प्रदेश हुने भन्ने छ। हाम्रो कुरो के छ भन्ने भित्री मधेसलाइ पनि चुरे भावरमा राख्नु पर्छ जस्तै चितवन, उदयपुर, सिन्धुली, मकवानपुर लगायतका जिल्लालाइ पनि भावर प्रदेशमा राख्नु पर्छ।

आन्दोलनरत मोर्चाले प्रदेश सिमाङ्कन हेरफेरको माग राखेर आन्दोलन चर्काइरहेको छ। भारतीय राजदूतले समेत मोर्चाका माग सम्बोधन गरेपछि मात्र नाका खोल्ने भनिसके। यस्तो अवस्थामा तपाइँहरुको मागको के औचित्य रहन्छ?
मुख्य कुरा के हो भने सिमाङ्कन हेरफेरमा जाँदा हामीसँग राज्यले गरेको सम्झौता पूरा गर्नुपर्यो। मधेसी मोर्चासँगको सम्झौता पालना हुने हामीसँग गरेको सम्झौता किन कार्यान्वयन नहुने? राज्यले सबै समुदायसँग गरेका सम्झौता पूरा गर्नुपर्छ। मोर्चाले आफ्नो कुरा आफ्नो ढंगले गरिरहेको होला त्यसमा हामीलाई धेरै सरोकार छैन। सिमाङ्कनको हेरफेर हुन्छ भने मोर्चा जत्तिकै बराबरी हिस्सेदार हामी पनि हौं। हामीसँग गरिएको सम्झौता कार्यान्वयन गर्नुपर्छ। यदि त्यो कुरो भएन भने हामी आन्दोलित हुन्छौं। अहिले हामी आन्दोलनकै चरणमा प्रवेश गरिसकेका छौं। पहिला हामी शान्तिपूर्ण आन्दोलन, ¥याली र सभावहरु गर्छौं। त्यति गर्दा पनि राज्यले सुनेन भने हामी चुरेभावर क्षेत्र अनिश्चितकालका लागि ठप्प पार्न बाध्य हुनेछौं।

मोर्चाले आन्दोलन गर्दा देश अस्तव्यस्त भयो, नाकाबन्दी भयो भनेर विरोध गर्ने, अनि तपाइँहरु फेरि अर्को आन्दोलन गर्ने यो विरोधाभाषपूर्ण कुरा भएन?
हामीले चाहेको आन्दोलनको बाटो शान्तिपूर्ण हो। साँच्चै भन्ने हो भने बन्द, हड्तालमा जान हामी इच्छुक पनि छैनौं। जनतालाइ कस्ट दिने कुनै पनि गतिविधि गर्ने मनसाय नै होइन। हामीले शान्तिपुर्ण कोण सभा, र्याली गर्दा हाम्रा कुरालाई राज्यले सुनेन भने के गर्ने? त्यसपछि हामी छलफल गर्नेछौं। जनतालाइ दुःख दिने बन्द गर्ने चक्काजाम गर्ने, अहिले तत्काल छैन। आवश्यक प¥यो भने हामी बाध्य चुरे भावरमा बसोबास गर्ने सबै जनता सडकमा उत्रिन्छौं।

मोर्चाका पछिल्ला गतिविधि र तपाइँको कुरा सुन्दा वर्षौंदेखि मिलेर बसेको यहाँको समाज, यहाँको शान्ति र सद्भाव खतरामा पर्ने हो कि भन्ने धेरैको चिन्ता छ। के भन्नुहुन्छ?
हामी त्यस्तो स्थिति आउन दिँदैनौं। यदि चुरे भावर जिम्मेवार नभइदिएको भए अस्ति लालबन्दीमै तनाब हुने थियो। हिमाल, पहाड, तराई जहाँ बसे पनि हामी सबै नेपाली होऊ। हाम्रो आन्दोलनले सम्प्रदायिक रुप लिने छैन। जातिय सद्भाव कायम राख्ने त हाम्रो माग नै छ। हामी वल्लो घर र पल्लो घरबीच द्वेष, असहिष्णुता, कटुता, शंका फैलाउने कुरा गर्दैनौं। तपाइँलाई थाहै होला हिजो पनि मधसी मोर्चा, फोरमले सम्प्रदायिक मुद्दा उचालेर समाजमा बिग्रहको स्थिति ल्याउन खौज्दा चुरेभावरले नै असहयोग गरेको हो।

सदभावना अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा भैरहवामा अन्दोलन हुँदा कृष्ण क्षेत्रीलाई मरणासन्न हुनेगरी कुटेर हात काट्ने काम भएको छ। जनताले स्पष्ट बुझेका छन्, देखेका छन् उहाँले सामाजिक शान्ति र वर्षौंदेखि मिलेर बसेको नेपाली समाज बिथोल्न खोज्नु भएको छ। राजेन्द्र महतोले जुन किसिमले उच्छृङ्खल र उत्तेजना फैलाउँदै हाम्रा साथीहरुको हात कट्ने काम भएको छ। चुरेभावरबाट अहिलेसम्म त्यस्ता कुनै काम भएका छैनन्। हामीले उहाँहरुलाई एउटा ढुंगा पनि हानेका छैनौं, अपशब्द प्रयोग गरेका छैनौं।

राजेन्द्र महतोप्रति किन त्यत्रो धेरै रिस हो?
व्यक्तिगत रुपमा उहाँप्रति कुनै रिस होइन। प्रसङ्गबस उहाँको कुरा आउँदा व्यवहार केलाएको मात्रै हो। उहाँ मोर्चाभित्रबाट सबैभन्दा लामो समय मन्त्री खाने नेतामध्ये एक नम्बरमा पर्नुहुन्छ। मोर्चाका अरु नेताहरु समेत पटक पटक मन्त्री भएका छन्। यो ८ वर्षमा मधेसी नेताबाहेक निरन्तर मन्त्री हुने अरु को छ मलाई देखाइदिनोस् न। आफू सत्तामा बस्दा चुपचाप लाग्ने, सम्झौता कार्यान्वयनको एक शब्द उच्चारण नगरेको कसले हो? सत्ता, शक्ति र पदमा रहँदा राजेन्द्र महतो, महेन्द्र यादब, उपेन्द्र यादब र हृदयश त्रिपाठीले सम्झौता कार्यान्वयन गर्न के गरे? सबैले देखेका छन्। साँच्चै राजेन्द्र महतो धर्तिपुत्र हुन्थे भने यस्तो साम्प्रदायिक र उत्तेजक बन्दैनथे होला।

उहाँले आफू धर्तीपुत्र भएको र आफूसँग जन्मसिद्ध नागरिकता नै भएको मैसँग बताउनुभएको थियो। तपाइँ कसरी यसो भन्न सक्नुहुन्छ?
धर्तीपुत्रले आफ्नै धर्तीमा बसेर माग राख्छन्। को धर्ती पुत्र र को होइन त्यसको इतिहास केलाइनुपर्छ, वक्तव्यमा होइन व्यवहारमा धर्तीपुत्र प्रतिविम्बित हुनुपर्छ। म धर्तीपुत्र हँ भन्ने मान्छेसँग थोरै भए पनि मनको अन्तरकुन्तरमा आफ्नो मुलुकप्रति माया हुन्छ। सारा देशबासी र मुलुकलाई संकटमा पारेर परायको चाकडी गर्नु धर्तीपुत्रको मुख्य विशेषता हुनुपर्ने हो? एउटा पार्टीको जिम्मेवार अध्यक्षले बोल्नुपर्ने त्यही हो? महतोका अभिव्यक्ति तथा व्यवहार सामाजिक द्वेष, घृणा फैलाउने भएकाले उनलाई चुरेभावर क्षेत्रमा प्रवेश रोक लगाउने हामीले निर्णय गरेका छौं। भारतको इसारामा नाकाबन्दी गरेपछि चीनबाट पनि नाकाबन्दी गर्नुपर्छ भन्ने, सबै पहाडियालाई मधेसबाट लेखट्नुपर्छ भन्ने यी विषयमा उनले जनता सामु माफी माग्नुपर्छ। यी आपत्तिजनक छन्। माफी नमागेसम्म हामी चुरे भावर क्षेत्रमा उनलाई प्रवेश दिँदैनौं।

अन्त्यमा, तपाइँका माग र मुद्दा ठोस केही देखिँदैनन्, जनपकड र आन्दोलन पनि खासै केही छैन। नढाँटी भन्दिनोस् त मधेस अन्दोलन मत्थर पार्न सरकारको गोटी बनेर तपाइँहरु आउनु भएको हो कि हैन?
यो आरोप सरसर गलत हो। अहिले चुरेभाव पार्टीका प्रत्येक सदस्य, कार्यकर्ता, शुभेच्छुकहरु हामी आन्दोलनको पहिलो अर्थात् सुरुवाती चरणमै छौं। जनसहभागिता दिनप्रति दिन बढ्दै गएको छ। हामीले निकालेको र्यालीमा जनसहभागिता अपार हुँदै गएको छ। अब हामीले व्यानगर, झण्डा बनाउनु पर्यो, माइकिङ गर्नुपर्यो, सबै हाम्रै नेता कार्यकर्ताले त गरिरहेका छन्। सरकारको गोटी भन्ने शब्दप्रति मेरो आपत्ति छ। हामी स्वतन्त्र चुरेभावर प्रदेशको माग बोकेर जनताको घरदैलोमा आएका हौं। तपाइँले बुझ्नुपर्ने कुरा यो हो कि मोर्चाका माग पूरा हुने स्थितिमा हामी चाहिँ के सौताको छोरा हउ? तपाइँलाई थाहा होला सौताको छोराको समेत पिताको सम्पत्तिमा हक लाग्छ। त्यसैले हाम्रो आन्दोलन विशुद्ध अधिकारको आन्दोलन हो।

म धर्तीपुत्र हुँ, मसँग जन्मसिद्ध नागरिकता छ : राजेन्द्र महताे (अन्तर्वार्ता)

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महताे। तस्विर: मदन ठाकुर
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो यो पटकको मधेस आन्दोलनका एक सशक्त नेतृत्वकर्ता हुन्। आन्दोलनको केन्द्र वीरगञ्जमा हजारौं समर्थकलाई नेतृत्व दिइरहेका महतोबारे विभिन्न किस्सा र कहावत समेत बनेका छन्। महतो निवास मलङ्गवा (सर्लाही) पुगेर नागरिकन्युजका राैतहट संवाददाता मदन ठाकुरले गरेको कुराकानीको सम्पादित अंश:

राजेन्द्र महतो भन्छन्, ‘आन्दोलनले विखण्डन होइन्, एकता मजबुत हुन्छ’

  • ‘नेपाली राष्ट्रियताका लागि आन्दोलन’
- अमन कोइराला , सर्लाही

कार्तिक २९, २०७२- सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा भइरहेको आन्दोलन नेपाली राष्ट्रियताका लागि भएको बताएका छन् । उनले मधेसी जनताको आन्दोलन सफल भए मुलुकलाई विखण्डन होइन कि थप बलियो र एकतावद्ध बनाउने दावी गरे ।

चीनले पनि नाकाबन्दी गरोस् : राजेन्द्र महतो

पत्रकार सम्मेलनमा नेता महताे।
काठमाडौं— संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आबद्ध सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छिमेकी उत्तरी छिमेकी चीनलाई पनि नेपालमाथि नाकान्दी लगाउन आह्वान गरेका छन्। भारतको अघोषित नाकाबन्दीलाई औपचारिक बनाउन उनले आग्रह गरे।
नाकाबन्दीलाई उनले 'बाध्यात्मक' परिस्थितिको संज्ञा दिए। 'संबिधानसभामा चुनावमा जान अन्तरराष्ट्रिय समुदायले दबाव दिएपछि २०६४ फागुन १६ मा हामीले सरकारसंग ८ बुँदे सम्झैता गरेर त्यतिबेलाको मधेश आन्दोलन रोक्यौं। माधव नेपाल र पुष्पकमल दहाललाई साक्षी राखेर गिरिजाप्रसादले सरकारकोतर्फबाट गरेको सम्झैता यतिखेर सरकारले नमानेकोले अन्तराष्ट्रिय जगत यतिखेर हामीलाई साथ दिनुपर्छ।' यो कुटनीतिक निकायहरुका लागि यो नैतिक प्रश्न भएको दाबी गरे।

मधेश आन्दोलनको सामाधानका लागि त्यही आठबुँदे सम्झैताको कार्यन्यवन र अन्तरिम संबिधानले प्रदान गरेको अधिकारको समेत नयाँ संबिधानमा कटौति भएकोले ती अधिकारहरुको पुर्नबाहाली आफुहरुको अजेन्डा भएको उनले प्रष्ट्याए ।

मधेश आन्दोलनमा सरकारले मानव अधिकारको गम्भीर उलंघन गरेको भन्दै उनले नेपाललाई गोली गट्ठा र इन्धन लगायत आपूर्ति रोक्नुपर्ने उनको भनाइ थियो।

मधेसी युवा बन्दूक माग्दैछन्

सरकारले दमन गरेर आन्दोलनलाई उग्र बनाएको उनको आरोप थियो। 'आन्दोलनकारी मधेशी युवाले हामीसँग बन्दुक माग्न थालेका छन्,' महतोले भने, 'मधेश कहिले पनि बिखण्डनकारी रहेन, राष्ट्रिय अखण्डताको पक्षमा रहँदै आएको छ।'

पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष शिवचन्द्र कुशवाहा, केन्द्रि सदस्य निजामुद्दीन लगायत उपस्थित थिए।
News published in: nagariknews.com

Mahato says agitating parties' leaders are ready for talks

Sep 14, 2015- Chairman of the Sadbhawana Party, Rajendra Mahato, has said that he was not against talks.
Talking to media persons at Mahottari today, Mahato said that the agitating parties would sit for talks if the government creates an environment conducive for the dialogue.
He said they were ready to hold talks with the government at any place of Madhes if curfew was lifted and the army men were called back.
Chairman Mahato expressed the view that bullet, curfew and prohibitory order could not resolve the existing problems.
On a different note, he warned of burning the new constitution as the new constitution to be brought discriminating them would not be acceptable.
The Sadbhawana Chairman said that the Madhes agitation would be continued until their rights were established. RSS

मधेसी नेताहरुलाई फोन गरेर के भने राष्ट्रपतिले ?

राष्ट्रपतिले वार्तामा आउन आग्रह गरेपछि मधेशी नेताको यस्तो जवाफ

काठमाडौ भदौ ५– भदौ १ गते पत्रकार सम्मेलन गरी सविधानसभाबाट सामूहिक राजीनामा दिने घोषणा गरेको सद्वभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई राजीनामा नदिन राष्ट्रपति डा.रामवरण यादवले दवाव दिएको खुलासा भएको छ । 


सप्तरीको भारदहमा आन्दोलनका क्रममा मारिएका आन्दोलनकारीको श्रद्धाञ्जलीसभामा भाग लिन पुगेका अध्यक्ष महतोलाई हिजो (शुक्रवार) साँझ साढे सात बजे राष्ट्रपति यादवले फोन गरेर सविधानसभाबाट राजिनामा नदिन दवाव दिएका हुन् । हिजो भारदहबाट इनर्वा पुगेका महतोसँग राष्ट्रपति यादवले भने, महतोजी यो राजीनामा कुरा छोड्नुस् छिट्टो मसँग यहाँ भेट्न आउनुस् । म सबै कुरा मिलाउँछु ।’ त्यसपछि महतोले आफूले पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरि सकेकाले अब यसबाट पछाडि फर्कन नमिल्ने भनेपछि राष्ट्रपति यादवले फेरि आफूले सबै मिलाउने भन्दै एक पटक जसरी पनि भेट्न आउन आग्रह गरेको राष्ट्रपतिको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । महतोले ‘जनतामा यो कुरा गई सकेको छ, अब यसलाई ब्याक गर्न मिल्दैन झन् विरोध हुन्छ, त्यसैले ब्याक हुने कुरा हुँदैन’ भनि अध्यक्ष महतोले जवाफ दिएका थिए । अध्यक्ष महतोले राष्ट्रपति यादवलाई भनेका थिए, ‘बरु हामी सविधानसभाबाट राजिनामा दिएर आन्दोलनमा छौ त्यसले झन् तपाई सजिलो भएको छ ।

Dissident 5 parties reach Baluwatar upon invitation

KATHMANDU, JUN 13 - The leaders of five political parties, irked by the signing of 16-point agreement among political parties, have reached the prime minister’s residence in Baluwatar upon the invitation of the prime minister on Saturday.
Upendra Yadav, Mahantha Thakur, Ashok Rai, Rajendra Mahato and Mahendra Yadav, the respective leaders of five political parties-- Madhesi Janadhikar Forum-Nepal, Tarai Madhes Loktantrik Party, Sanghiya Samajbadi Party, Sadbhawana Party and Tarai Madhes Sadbhawana Party—reached Baluwatar at around 5 pm. The leaders had earlier submitted a memorandum to the president objecting to the signing of the 16-point deal among parties to pave the way for constitution drafting.
Ą
https://www.flickr.com/photos/spklg/15211044551/