Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मधेसी नेताहरुलाई फोन गरेर के भने राष्ट्रपतिले ?

राष्ट्रपतिले वार्तामा आउन आग्रह गरेपछि मधेशी नेताको यस्तो जवाफ

काठमाडौ भदौ ५– भदौ १ गते पत्रकार सम्मेलन गरी सविधानसभाबाट सामूहिक राजीनामा दिने घोषणा गरेको सद्वभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई राजीनामा नदिन राष्ट्रपति डा.रामवरण यादवले दवाव दिएको खुलासा भएको छ । 


सप्तरीको भारदहमा आन्दोलनका क्रममा मारिएका आन्दोलनकारीको श्रद्धाञ्जलीसभामा भाग लिन पुगेका अध्यक्ष महतोलाई हिजो (शुक्रवार) साँझ साढे सात बजे राष्ट्रपति यादवले फोन गरेर सविधानसभाबाट राजिनामा नदिन दवाव दिएका हुन् । हिजो भारदहबाट इनर्वा पुगेका महतोसँग राष्ट्रपति यादवले भने, महतोजी यो राजीनामा कुरा छोड्नुस् छिट्टो मसँग यहाँ भेट्न आउनुस् । म सबै कुरा मिलाउँछु ।’ त्यसपछि महतोले आफूले पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरि सकेकाले अब यसबाट पछाडि फर्कन नमिल्ने भनेपछि राष्ट्रपति यादवले फेरि आफूले सबै मिलाउने भन्दै एक पटक जसरी पनि भेट्न आउन आग्रह गरेको राष्ट्रपतिको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । महतोले ‘जनतामा यो कुरा गई सकेको छ, अब यसलाई ब्याक गर्न मिल्दैन झन् विरोध हुन्छ, त्यसैले ब्याक हुने कुरा हुँदैन’ भनि अध्यक्ष महतोले जवाफ दिएका थिए । अध्यक्ष महतोले राष्ट्रपति यादवलाई भनेका थिए, ‘बरु हामी सविधानसभाबाट राजिनामा दिएर आन्दोलनमा छौ त्यसले झन् तपाई सजिलो भएको छ ।


 तपाईले पनि भन्नुस् यसरी विरोधको बीचमा म हस्ताक्षर गर्न सक्दिन । तपाईलाई पनि कुरा राख्न सजिलो भएको छ ।’ वार्तामा बस्न राष्ट्रपति यादवले दिएको सुझावमा महतोले आफूहरु अहिले मधेशमा जनताको माझमा रहेको र जनतालाई छाडेर तत्कालै काठमाडौ आउन नमिल्ने जवाफ दिएको पनि स्रोतले जनाएको छ । स्रोतका अनुसार राष्ट्रपति यादवले सोही दिन संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि फोन गरी वार्तामा आउन आग्रह गरेका थिए । राष्ट्रपतिको आग्रहपछि उपेन्द्र यादवले अब वार्ताको कुनै औचित्य नभएको राष्ट्रपतिलाई बताएका थिए । यादवले आफूहरुले पटक पटक वार्ता गरेको तर त्यसको कार्यान्वयन नहुने गरेको भन्दै आफैमा स्पष्ट नभएकासँग केका लागि वार्ता गर्ने भन्दै वार्ता गर्न अस्वीकार गरेका थिए । उनले ‘तपाईसँग कुरा गर्न हामीलाई कुनै गाह्रो छैन, यसअघि पनि गरेकै हो, अहिले मधेशका तीन चार ठाउँमा कार्यक्रमहरु छन् त्यो सिध्याएर आएपछि तपाईसँग कुरा गर्न सकिन्छ भनि राष्ट्रपतिलाई जवाफ दिएको पनि यादव निकट स्रोतले जनाएको छ । अध्यक्ष महन्थ ठाकुरले पनि आफूहरु भर्खर काठमाडौबाट मधेशका कार्यक्रममा आएको र तुरुन्तै फर्किन नमिल्ने भन्दै काठमाडौ आएपछि कुरा गर्ने जवाफ राष्ट्रपति यादवलाई दिएका थिए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेशलाई अनिश्चितकालका लागि बन्द गरी आन्दोलनको घोषणा गरेको छ । आन्दोलनकै क्रमममा मधेशी मोर्चाका नेताहरु अहिले मधेशका विभिन्न जिल्लामा कार्यक्रमहरु गर्दै आन्दोलनलाई अगाडि बढाई रहेका सन्दर्भमा राष्ट्रपतिले फोन गरेर वार्तामा आउन आग्रह गरेका हुन् ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/