Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

कर्णालीको माग सम्बोधन भएकोमा मुगुमा खुसियाली

मुगु– गत साउन २३ गते राती शीर्ष चार दलका नेताहरुको सहमतीमा सार्वजनिक भएको ६ प्रदेशको संघीय नेपालको प्रादेशिक सिमाङ्गनले आफूहरुलाई राणाकालिन युगमा पु¥याएको महशुस गर्दै अखण्ड मध्यपश्चिम तथा विषेश अधिकारसहितको स्वायत्त कर्णालीको प्रदेश माग गर्दै गत साउन २४ देखि मुगुबाट शुरु भएको शान्तिपूर्ण आन्दोलनको शुक्रबार तेह्रांै दिनमा शीर्ष नेताहरुले सम्बोधन गरेपछि त्यसको स्वागतमा शनिबार मुगु जिल्लामा खुशी ¥याली निकालिएको छ।
कर्णालीलगायत मध्यपश्चिमका जिल्लाहरु आन्दोलित हुँदा यहाँ रहेका सरकारी तथा गैर सरकारी कार्यालयहरु,विद्यालय, बजार, हवाई तथा स्थलगत यातायात १३ दिनदेखि ठप्प रहेका थिए। आन्दोलनकै क्रममा केही प्रर्दशनकारीले ज्यान गुमाएका थिए भने सयौं घाईते भएका थिए। मुगुमा भएको आन्दोलन १३ दिनसम्म शान्तिपूर्ण रहेको थियो। गएराती शीर्ष नेताहरुले कर्णालीलगायत सुर्खेत,जाजरकोट, दैलेख र रुकुमको केही भाग समेटेर प्रस्तावित ६ प्रदेशको खाकामा थप प्रदेशको घोषणा गरी ७ प्रदेश बनाएपछि शनिबार दिउँसो १ बजे मुगुमा स्थानीय बाजागाजासहित खुशी जुलुस निकालिएको हो।
संघर्ष समितीका संयोजक एवं पूर्वमन्त्री हस्तबहादुर मल्लको संयोजकत्वमा निस्किएको जुलुशले बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै नेपाली काँगे्रसका मुगु जिल्ला सभापति ऐनबहादुर शाहीले अखण्ड मध्यपश्चिम मागेपनि यो प्रदेशलाई मधेशसम्मको साईनो टुटाइएकाले केही दुःख लागे पनि कुनै कालखण्डको विशाल कर्णाली राज्य पुनः कर्णाली प्रदेशको रुपमा हामीले पाएकाले यसको सम्मृद्धि र समुन्नत प्रदेश बनाउन आआफनो क्षेत्रबाट लागी पर्ने बताए। यस्तै नेकपा एमालेका कार्यबाहक अध्यक्ष जितबहादुर मल्लले १३ दिने लामो संघर्षबाट प्राप्त यो प्रदेश संचालनमा कम कठिन भएको बताए।
यस्तै एमाओवादी पूर्व मुगु जिल्ला ईन्चार्ज सुकवीर बुढा नयाँ प्रदेश निमार्ण बारे दलहरुले गरेको सहमति स्वागतयोग्य भएको बताए। नेकपा–माओवादी केन्द्रीय सदस्य मंगलबहादुर शाही नयाँ प्रदेश बनाएकोमा आफू पूर्ण खुशी नभएको बताउँछन्।
News Source: Nagariknews.com
Image Source: Kathmandupost

Ą
https://www.flickr.com/photos/spklg/15211044551/