Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

चिनियाँ उच्चस्तरीय टोली नेपाल आउँदै

भाद्र ३, २०७२- चीनका विदेश मामिलासम्बन्धी सहायक मन्त्रीको नेतृत्वमा एक उच्चस्तरीय टोली ३ दिने भ्रमणका लागि काठमाडौं आउने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय संयोजनसम्बन्धी सहायक मन्त्री डोउ इनयोङको नेतृत्वमा टोली नेपाल आउन लागेको हो । ६० वर्षीय डोउ केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागको महानिर्देशक भएर काम गरिसकेका अनुभवी राजनीतिज्ञ तथा कूटनीतिज्ञ हुन् । अन्तर्राष्ट्रिय सम्बन्धमा सरकार र पार्टीबीचको संयोजनमा उनको भूमिका प्रमुख रहने गरेको छ । 
आइतबार राजधानी आउन लागेका सहायक मन्त्रीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट्ने कार्यक्रम तय भइसकेको जानकारी कूटनीतिक स्रोतले दियो । संविधानको मस्यौदामा सहमति नजुटिरहेको र प्रदेशको प्रस्तावित सीमांकनलाई लिएर विभिन्न ठाउँमा आन्दोलन भइरहेको अवस्थामा उनको नेपाल भ्रमण हुन लागेको हो । 
News From: Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/