Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

नेपाल र बंगलादेश सेमिफाइनलमा

-१९ साफ च्याम्पियनसिप
भाद्र ५, २०७२- यू-१९ साफ च्याम्पियनसिप फुटबलको समूह 'ए' मा शनिबार बंगलादेशले भुटानलाई २-० ले हराएको छ । दुवै गोल पहिलो हाफमा सम्भव भएका थिए र यी दुई मिनेटको अन्तरमा सम्भव भएका थिए । यो नतिजापछि यो समूहबाट नेपाल र बंंगलादेशले सेमिफाइलनको यात्रा तय गरेको छ । 

समूह विजेताको छिनोफानो भने सोमबार यिनै दुई टिमबीचको खेल नतिजाले गर्नेछ । लगातार दोस्रो हारपछि भने भुटान प्रतियोगिताबाट बाहिरिएको छ । अहिले तत्काल नेपाल र बंगलादेश समान तीन/तीन अंकमा छ र दुवैको गोल अन्तर पनि समान रहेको छ । 
सातदोबोटाको एन्फा कम्प्लेक्स मैदानमा भएको समूहको दोस्रो खेलमा बंगलादेशका लागि रोहित सरकारले ४१ औं मिनेटमा पहिलो गोल गरे । दोस्रो गोल भने मनाफ रब्बीको नाममा रह्यो । उनले ४३ औं मिनेटमा दोस्रो गोल थपेका हुन् । दोस्रो हाफमा बंगलादेशले खेलमाथि नियन्त्रण राखेपनि थप गोल गर्न सकेन् । 
अब नेपालले समूहको अन्तिम लिग खेलमा बंगलादेशमाथि आफू अनुकुल नतिजा निकाल्ने अवसर हुनेछ । नेपालले पहिलो खेलमा भुटानलाई ३-१ ले हराएको थियो र त्यस जितमा प्रशिक्षक बालगोपाल महर्जन खुसी भने हुन सकेका थिएनन् । उनले अब बंगलादेशविरुद्धको खेलमा टिमले सच्चिने प्रयास गर्ने बताएका थिए । 
News From: Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/