Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Upendra Yadav. Show all posts
Showing posts with label Upendra Yadav. Show all posts

उपेन्द्रको आरोपः प्रधानमन्त्री गल्लीको डन जस्तै बोल्छन्

'ओली सरकारको विकल्प खोज्दा मुलुकको हित हुन्छ'
५ पुस, काठमाडौं । मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव समस्या समाधानमा प्रधानमन्त्री नै बाधक भएको आरोप लगाएका छन् । साथै उनले अब केपी ओली सरकारको विकल्प खोज्दा मुलुकको हित हुने बताए ।
रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा फोरम अध्यक्ष यादवले भने-‘जब जब समस्या समाधान तिर जान्छ, तब प्रधानमन्त्री गल्लीको डन र माफीया जस्तै बोल्छन् ।’ गैरजिम्मेवार भाषा बोल्नु प्रधानमन्त्री पदका लागि सोभनीय नभएको उनले बताए ।
उनले मुलुकमा अहिले देखिएको समस्या समाधान भए पनि नभए पनि ओली नेतृत्वको सरकार ढल्ने ठोकुवा गरे । ‘गैर जिम्मेवार ब्यक्तिलाई जिम्मेवारी दिएर हुँदैन’ उनले भने-‘आफू छिट्टै भुतपूर्व हुने देखेर होला, ओली विशिष्टहरुको सुविधा बढाउने तिर लागेको ।’
बालुवाटार र बालुवाटार नेक्ससले ब्ल्याक ईकोनोमीबाट कमाइरहेकोे र समस्या समाधान गर्न नचाएको उनको आरोप छ । उनले भने-‘सरकार आन्दोलन लामो होस भन्ने चाहन्छ ।’
मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अतिवादले समस्या पारेको हो ? भन्ने प्रश्नले यादवले उत्तर र दक्षिणबाट आएको अतिवादीले देशको हिन नहुने जवाफ दिए ।
एउटा अति राष्ट्रबवद र अर्को पहाडे समुदायलाई होलसेलमा राखेर विष बमन गर्ने चिन्तन जुन तराईमा देखिएको छ’ उनले भने-यसले जनतावीचको दुरी बढाउँदैछ । यो दुबै खाले चिन्तन असह्य हुँदैछ ।’
मधेसमा भइरहेको आन्दोलन पहाडे वा मधेसी कुनै पनि समुदायको विरुद्ध नभई विभेद विरुद्ध भएको उनले बताए ।
Published in onlinekhabar.com

तीन दलको प्रस्तावले आन्दोलनलाई सम्बोधन गर्दैनः उपेन्द्र यादव

मंसिर १९, २०७२- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एकजना प्रमुख नेता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलबाट अहिले ल्याइएको साझा प्रस्तावले मधेशको आन्दोलनलाई सम्बोधन नगर्ने बताएका छन् । उनले उक्त प्रस्तावलाई मोर्चाले सुरुमै अस्विकृत गरिसकेको जानकारी दिए ।

उपेन्द्र यादवको चुनाैती- कुर्सी छोड वा युद्ध घोषणा गर (अडियो)

काठमाडाैं-संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं अान्दोलनरत मधेसी मोर्चाका नेतृत्वकर्ता मध्येका एक उपेन्द्र यादवले सरकारका मन्त्रीहरूलाई मुख सम्हालेर बोल्न चेतावनी दिएका छन्। ‘यहाँ उपप्रधानमन्त्री भएका मान्छेहरूले मधेस भारतमा गाभ्न लाग्यो भनेर भाषण गरेका छन्,’ बुधबार संसद भवनबाट निस्कदै गर्दा सञ्चारकर्मीको प्रश्नमा प्रतिकृया दिँदै यादवले भने ‘म उहाँहरूलाई चुनाैती दिन्छु, या त युद्ध गर्न सीमामा जाउ वा कुर्सी छोड।’
यादवले अाफ्नो भूमि अरूले गाभ्न थालेको देख्दादेख्दै के हेरेर बसेको? भन्दै प्रश्न गरे। ‘भूमि खोसिन लाग्दा के खान कुर्सीमा बसेको?’ यादवको कडा प्रतिक्रिया थियो ‘या त युद्धको घोषणा गर या त कुर्सी छाडेर भाग।’ उनले भने ‘गैर जिम्मेवार कुरा बोलेर मन्त्री पदमा बस्नु हुँदैन।’

मधेसी नेताहरुलाई फोन गरेर के भने राष्ट्रपतिले ?

राष्ट्रपतिले वार्तामा आउन आग्रह गरेपछि मधेशी नेताको यस्तो जवाफ

काठमाडौ भदौ ५– भदौ १ गते पत्रकार सम्मेलन गरी सविधानसभाबाट सामूहिक राजीनामा दिने घोषणा गरेको सद्वभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई राजीनामा नदिन राष्ट्रपति डा.रामवरण यादवले दवाव दिएको खुलासा भएको छ । 


सप्तरीको भारदहमा आन्दोलनका क्रममा मारिएका आन्दोलनकारीको श्रद्धाञ्जलीसभामा भाग लिन पुगेका अध्यक्ष महतोलाई हिजो (शुक्रवार) साँझ साढे सात बजे राष्ट्रपति यादवले फोन गरेर सविधानसभाबाट राजिनामा नदिन दवाव दिएका हुन् । हिजो भारदहबाट इनर्वा पुगेका महतोसँग राष्ट्रपति यादवले भने, महतोजी यो राजीनामा कुरा छोड्नुस् छिट्टो मसँग यहाँ भेट्न आउनुस् । म सबै कुरा मिलाउँछु ।’ त्यसपछि महतोले आफूले पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरि सकेकाले अब यसबाट पछाडि फर्कन नमिल्ने भनेपछि राष्ट्रपति यादवले फेरि आफूले सबै मिलाउने भन्दै एक पटक जसरी पनि भेट्न आउन आग्रह गरेको राष्ट्रपतिको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । महतोले ‘जनतामा यो कुरा गई सकेको छ, अब यसलाई ब्याक गर्न मिल्दैन झन् विरोध हुन्छ, त्यसैले ब्याक हुने कुरा हुँदैन’ भनि अध्यक्ष महतोले जवाफ दिएका थिए । अध्यक्ष महतोले राष्ट्रपति यादवलाई भनेका थिए, ‘बरु हामी सविधानसभाबाट राजिनामा दिएर आन्दोलनमा छौ त्यसले झन् तपाई सजिलो भएको छ ।

फोरम नेपाल, संघीय समाजवादी र खस समावेसीबीच एकीकरण

काठमाडौं–उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनाधिकार फोरम नेपाल, अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी र युवराज कार्कीले नेतृत्व गरेको खस समावेसी राष्ट्रिय पार्टीबीचको एकीकरणको घोषणा हुँदै छ।

Dissident 5 parties reach Baluwatar upon invitation

KATHMANDU, JUN 13 - The leaders of five political parties, irked by the signing of 16-point agreement among political parties, have reached the prime minister’s residence in Baluwatar upon the invitation of the prime minister on Saturday.
Upendra Yadav, Mahantha Thakur, Ashok Rai, Rajendra Mahato and Mahendra Yadav, the respective leaders of five political parties-- Madhesi Janadhikar Forum-Nepal, Tarai Madhes Loktantrik Party, Sanghiya Samajbadi Party, Sadbhawana Party and Tarai Madhes Sadbhawana Party—reached Baluwatar at around 5 pm. The leaders had earlier submitted a memorandum to the president objecting to the signing of the 16-point deal among parties to pave the way for constitution drafting.
Ą
https://www.flickr.com/photos/spklg/15211044551/