Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

तीन दलको प्रस्तावले आन्दोलनलाई सम्बोधन गर्दैनः उपेन्द्र यादव

मंसिर १९, २०७२- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एकजना प्रमुख नेता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलबाट अहिले ल्याइएको साझा प्रस्तावले मधेशको आन्दोलनलाई सम्बोधन नगर्ने बताएका छन् । उनले उक्त प्रस्तावलाई मोर्चाले सुरुमै अस्विकृत गरिसकेको जानकारी दिए ।

'अहिले ल्याइएको प्रस्ताव सुशील कोइराला प्रधानमन्त्री भएका बेलाकै हो,' कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भनेका छन् 'त्यस प्रस्तावले मधेसी, आदिवासी, जनजाति र थारुको आन्दोलनलाई सम्बोधन गर्दैन ।' उनले उक्त प्रस्ताव नेपाली कांग्रेसले आफ्नो प्रयोजनका लागि मात्र ल्याएको आरोप लगाए । 'त्यसलाई अबिले अरु दलले पनि साझा बनाउन खोजिएको सुनिएको छ,' उनले भने 'त्यो प्रस्ताव मोर्चाले सुरुमै अस्विकृत गरिसेकेको हो ।'
यादवले शुक्रबार-हिजो) बालुवाटारमा कुनै किसिमको वार्ता तय नभएको दावी गरे । उनले बालुवाटारको वार्ता बारे आफूलाई जानकारी समेत नभएको बताए । 'हिजो कुनै किसिमको वार्तै थिएन । कसेल कहाँ कसलाई किन कुरेको हो हामीलाई थाह हुने कुरा भएन,' उनले भने ' वार्ता भनेको दुवै पक्षको सहमतिमा समय र स्थान तोकेपछि मात्र हुन्छ ।' उनले सत्तारुढ दलका नेताहरुले भारतमा अनेक भ्रम छरेकाले त्यसलाई चिर्न र भारतीय नेताहरुसँग नेपालको समस्या बारे बिचार आदान प्रदान गर्न दिल्ली जान लागेको बताए ।
'एमाले सहित सत्तारुढ दलका नेताहरु दिल्लीमा धर्नाक कसरे बसेका छन् । त्यसको प्रचार कम छ,' उनले भने ।  गुरुलाई भेटन भनेर दिल्ली पुगेका परराष्ट्रमन्त्री कमल थापाको को गुरु  बारेपनि मिडियामा ल्याइदिन उनले  आग्रह गरे ।
As published in ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/