Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

रोटीबेटी सम्बन्ध धरापमा, पाँचसय बिहे टुटे

काठामाडौं–बुटवलकी युवतीसँग भारतको नौतुनाका हेमन्तको बिहे तय भैसकेको थियो। तर करिब चार महिनादेखि चलेको मधेस आन्दोलनले उनीहरुको बिहे रोकिएको छ। हेमन्तलाई चिन्ता छ– आन्दोलनकै कारण मन परेकी युवतीसंग जीवन बिताउने चाहना मार्नुपर्ने त हैन?
विराटनगरका दिलिप धारेवाको बिहे भारत दरभंगा मशरफ बजारकी इन्दा धारेवासँग भएको थियो। अहिलेसम्म उनले नेपाल–भारतबीच यस्तो तिक्त सम्बन्ध भएको जानेनन्। तर अहिले उनलाई चिन्ता लागेको छ कतै देशको सम्बन्ध बिग्रिदा पारिवारिक सम्बन्ध पनि बिग्रने त हैन ?
नेपाल–भारतबीचको सम्बन्धमा चर्चा हुँदा नछुट्ने बहुचर्चित शब्दावली हो– रोटीबेटी सम्बन्ध। यतिबेला यो सम्बन्ध पनि धरापमा परेको छ। दुई देशका सीमा आसपास जिल्लाका परिवारबीच हुने बिहेबारी पछिल्ला लगनमा ठप्पप्रायः छ। लगन कुरेर बिहे गर्ने तय भएका कैयौं बिहे यो बीचमा टुटिसकेका छन् र उत्तिकै स्थगित छन्। भएका बिहे पनि व्याण्ड बाजा बिना गुपचुपमा भएका छन्। अनुमानित आंकडामा पछिल्लो लगनमा तय भएका पाँचसय बढी बिहे मधेस आन्दोलनका कारण रोकिएको छ।
सम्पूर्णानगरका डम्बरलाई यसअघि नेपाल र भारत दुई अलग देश हुन भन्ने नै लागेन। तर उनले अहिले नेपालसँग दूरी बढेको ठानेका छन्। उनलाई चिन्ता छ–नेपालमा रहेका आफन्तहरुसंग पहिलेजस्तै सहज सम्पर्क र उठाबस होला कि नहोला?

नेपालमा जारी नयाँ संबिधानले नेपाल–भारतबीचको रोटीबेटी सम्बन्धमा प्रभाव पार्ने धेरै भारतीयहरुको बुझाइ छ। नेपाली युवासंग बिहे गर्ने भारतीय युवतीबाट जन्मने सन्तानहरु संवैधानिक र उच्च तहका पद नपाउने संवैधानिक व्यवस्थाले उनीहरु चिन्तित छन्।

भारतको सम्पूर्णानगरका निवर्तमान प्रधान संतोष राणा नेपाल–भारतका परिवारबीच भएका कैयौं बिहेमा सहभागी भएका छन्। उनी भन्छन् एकै संस्कृति भएका कारण नेपाल भारतबीच सम्बन्ध सहज छ। तर उनी नेपालमा भारतविरोधी भावना फैलिएको देखेर निकै चिन्तित छन्।

नेपालका बुटवल, भैरहवा, नवलपरासी, काठमाडौं, नरायणघाट, वीरगंज, तौलिहवा, कपिलवस्तु, चोरमारा, दाङ, नेपालगंज, महेन्द्र नगर, जनकपुर, मोरङ, सप्तसरीलगायतका शहमा भारतको महराजगंज, कुशीनगर, देवरिया, सिद्धार्थनगर, बस्ती, बहराइच, गोंडा, गोरखपुर, देवरियासहित पूर्वांचलका हजारौं परिवारको नाता सम्बन्ध जोडिएको छ। एउटा महराजगंज जिल्लाबाट मात्रै बीस हजारभन्दा बढी परिवारको नेपालमा पारिवारिक सम्बन्ध गाँसिएको छ। उत्तिकै सम्बन्ध सिद्धार्थनगर, बहराइच, कुशीनगर आदि जिल्लाको छ। सीमा क्षेत्रका करिब २० प्रतिशतको बिहेबारी नेपालमा छ।

नेपालमा नयाँ संविधान जारी भएपछि नेपाल–भारत सम्बन्ध मात्रै हैन रोटीबेटी सम्बन्ध पनि बिग्रिएको छ। नयाँ संविधानमा नेपाली युवासंग बिहे गर्ने भारतीय युवतीले दोस्रो दर्जाको नागरिकता पाउने भन्दै नेपालमा बिहे गर्ने क्रममा पनि कमि आएको छ।

भारतको हिन्दुस्तान पत्रिकामा प्रकाशित फिचरको संपादित अंश
Originally published in nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/