Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

'मधेस आन्दोलनको रिमोट देश बाहिर'

भक्तपुर-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले मधेस आन्दोलनको रिमोट देश बाहिर रहेको बताउका छन्।
नेकपा एमाले नगरकोट नगर कमिटीको आज सुडालमा आयोजित पहिलो स्थापना दिवस कार्यक्रममा मन्त्री पोखरेलले मधेसी मोर्चाका नेताहरुसमेत देश बाहिरबाटै निर्देशित भएकाले यसको समाधान पनि उनीहरुसँग नभई देश बाहिरै खोज्नुपर्ने बताए ।

मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थलमा एक हप्ताभित्र सुधार गरिने बताउँदै नेपालको पर्यटकीय क्षेत्रको राष्ट्रिय गुरुयोजना निर्माण गर्न सरकार लागेको जानकारी दिए। उनले नगरकोट जाने वैकल्पिक कमलविनायक, कलमसी, सुडाल सडकको स्तरोन्नति एवम् त्यस क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर आए मन्त्रालय सहयोग गर्न तयार रहेको बताए।

एक सय वर्षअघिका धार्मिक एवम् ऐतिहासिक पुरातात्विक संरचना भूकम्पले भत्काएको भए पुनःनिर्माणमा सहयोग गर्न सरकार तयार रहेको उनको भनाइ थियो । कार्यक्रममा एमाले नगरकोट नगर कमिटीका अध्यक्ष विष्णु तामाङ, एमाले भक्तपुर जिल्ला उपाध्यक्ष बचन देउजा, एमाले भक्तपुर जिल्ला सचिव हरिशरण लामिछानेलगायतले देशको इन्धन सङ्कट हटाउन सबै पक्षले कदम चाल्नुपर्ने बताए। रासस
News source: nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/