Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मधेसी नेता दिल्ली जानुअघि बालुवाटारमा त्रिपक्षीय वार्ता

काठमाडौं–मधेसी मोर्चाका नेताहरु बालुवाटार छोडेर भारतीय दूतावास गएपछि स्थगित भएको त्रिपक्षीय वार्ता शनिबार साँझ हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा प्रमुख तीन दलले बनाएको साझा धारणाका विषयमा मधेसी मोर्चालाई जानकारी गराइने भएको छ।
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले मधेसी मोर्चाको मागका विषयमा समान धारणा बनाएका थिए। समान धारणा बनाएपछि शुक्रबार मधेसी मोर्चासँग वार्ता गर्ने दलहरुको तयारी थियो। तर मोर्चाका नेता एकाएक वार्तास्थलमा नभइ भारतीय दूतावास लैनचौर गएपछि निर्धारित वार्ता स्थगित भएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार सत्तापक्ष, प्रमुख प्रतिपक्ष र आन्दोलनरत मधेसी मोर्चाबीच शनिबार साँझ सात बजे बालुवाटारमा वार्ता हुने तय भएको हो।

सरकारले बिहीबारै मधेसी मोर्चासँग शुक्रबार निर्णायक वार्ता गर्ने निर्णय लिएको थियो। सोहीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मोर्चाका नेतासँग टेलिफोनमा छलफल गरी साँझ ५ बजेको समय निर्धारण गरेका थिए। सोहीअनुसार प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी शीर्ष नेता बालुवाटार पुगेका थिए। तर मोर्चा आबद्ध कुनै पनि दलका नेता बालुवाटार गएनन्। त्यही समय उनीहरु भारतीय दूतावास पुगेको खबर आएपछि बालुवाटारको प्रतीक्षा सकिएको थियो।

तीन दलको बैठक चलिरहँदा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई फोन गर्दै बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए। दूतावास पुगेका मधेसी नेताहरू अइतबार विहान दिल्लीजाने कार्यक्रम रहेकाे छ।
News from nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/