Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

प्रमोदको ट्वीट


भाद्र १, २०७२- फेसबुकको तुलनामा नेपाली सेलिब्रेटीहरु ट्वीटरमा कमै रमाउँछन् । पछिल्लो समय ट्वीटरमा रमाउने कलाकार हुन् गायक प्रमोद खरेल । केही सातादेखि उनी ट्वीटरमा सक्रिय देखिएका छन् । फेसबुक फ्यान पेज भेरिफाइड भैसकेका यी गायक यो साता एउटा ट्वीटका कारण चर्चित रहे ।
गत आईतबार तथा सोमबारको नेपाल बन्दलाई व्यंग्य गर्दै प्रमोदले आईतबार साँझ एउटा ट्वीट गरे । उनले लेखेका थिए -'दुई वा सो भन्दा बढी पटक बन्द गर्ने नाममा पक्राउ पर्नेको पुलिस रिपोर्ट नबन्ने, पासपोर्ट-लाइसेन्स नबन्ने नियम बनोस् त सरकार, कसरी बन्द हुँदो रैछ' ।
आईतबार दिउँसो प्रमोदले गरेको यो ट्वीट मंगलबार साँझसम्ममा ३ सय १ पटक रिट्वीट भएको छ भने यसले ३ सय ६२ वटा फेबरेट पाएको छ । 'मेरो ट्वीट त भाइरल नै भयो, साप्ताहिकसंग कुराकानी गर्दै प्रमोदले भने-'मेरो ट्वीटले पाएको रिट्वीट र फेबरेटलाई मैले बन्दबाट वाक्क भएका नेपालीहरुको आक्रोशको रुपमा लिएको छु ।' 
News Source: Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/