Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label singer pramod kharel. Show all posts
Showing posts with label singer pramod kharel. Show all posts

प्रमोदको ट्वीट


भाद्र १, २०७२- फेसबुकको तुलनामा नेपाली सेलिब्रेटीहरु ट्वीटरमा कमै रमाउँछन् । पछिल्लो समय ट्वीटरमा रमाउने कलाकार हुन् गायक प्रमोद खरेल । केही सातादेखि उनी ट्वीटरमा सक्रिय देखिएका छन् । फेसबुक फ्यान पेज भेरिफाइड भैसकेका यी गायक यो साता एउटा ट्वीटका कारण चर्चित रहे ।
गत आईतबार तथा सोमबारको नेपाल बन्दलाई व्यंग्य गर्दै प्रमोदले आईतबार साँझ एउटा ट्वीट गरे । उनले लेखेका थिए -'दुई वा सो भन्दा बढी पटक बन्द गर्ने नाममा पक्राउ पर्नेको पुलिस रिपोर्ट नबन्ने, पासपोर्ट-लाइसेन्स नबन्ने नियम बनोस् त सरकार, कसरी बन्द हुँदो रैछ' ।
आईतबार दिउँसो प्रमोदले गरेको यो ट्वीट मंगलबार साँझसम्ममा ३ सय १ पटक रिट्वीट भएको छ भने यसले ३ सय ६२ वटा फेबरेट पाएको छ । 'मेरो ट्वीट त भाइरल नै भयो, साप्ताहिकसंग कुराकानी गर्दै प्रमोदले भने-'मेरो ट्वीटले पाएको रिट्वीट र फेबरेटलाई मैले बन्दबाट वाक्क भएका नेपालीहरुको आक्रोशको रुपमा लिएको छु ।' 
News Source: Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/