Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label breaking news from Nepal. Show all posts
Showing posts with label breaking news from Nepal. Show all posts

चुनाव प्रचारमा अत्यधिक भारतीय गाडी प्रयोग हुँदा जनकपुरमा सडक जाम !

नेपाली कांग्रेसको पार्टी झण्डा राखेर चुनावप्रचारमा प्रयोग गरिएको भारतीय गाडी। तस्बिर : अन्नपूर्ण

जनकपुरधाम : प्रदेश-२ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको प्रचारमा आचारसंहिता विपरित भारतीय गाडीको प्रयोग बढेको छ। निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्नका लागि आचार संहितामै उल्लेख गरेको भएपनि यहाँ सबै पदका उम्मेदवार प्रचारप्रसारमा झण्डा र पोष्टरहरु टाँगेर भारतीय नम्बर प्लेटका गाडीमा सवार देखिन्छन्।

आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ मा सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणमा राजनीतिक दलले निर्वाचन अधिकृतको अनुमती लिई एउटा जिल्लामा बढीमा दुईवटा चारपांग्रे हलुका सवारी साधनमात्र प्रयोग गर्न पाउने उल्लेख गरेको छ। जिल्लामा मेयर र उपमेयरका उम्मेदवारले एकजनाले १० देखी १५ वटासम्म भारतीय र नेपाली नम्बर प्लेटका सवारी साधन प्रयोग गरिरहेका छन्।
त्यसैगरी स्वतन्त्र उम्मेदवारले पनि आफ्नो चुनाव चिन्ह अंकित झण्डा लगाएर भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरिरहेका छन्। नेपाली नम्बर प्लेटको गाडी पाउनै समस्या भएपछि भारतीय नम्बर प्लेट प्रयोग गर्न बाध्य भएको मेयर पदका एक उम्मेदवारले बताए।
भारतीय नम्बर प्लेटका गाडी भन्सार कटाएर भाडामा प्रयोग गर्दा सस्तो पर्ने हुनाले पनि बढी प्रयोगमा ल्याइएको उम्मेदवारको भनाइ छ। यता, नेपालको चुनावमा भारतीय गाडीको प्रयोग बढेपछि सीमापारीका गाडी धनीहरु मलामाल भएका छन्। गाडीमा कार्यकर्ता नभए पनि चालकले झण्डासहितको गाडी नगर क्षेत्रमा घुमाइराखेका छन्। राजनीतिक दलहरुले आ–आफ्नो शक्ति प्रर्दशनका लागि समेत यस्ता गतिवीधि सञ्चालन गरेका छन्। भारतीय गाडीको चापले नगरक्षेत्रमा ट्राफिक जामको समस्या समेत दैनिक हुन थालेको छ।
उम्मेदवारले मात्र नभई सुरक्षा निकायले समेत निर्वाचन गतिविधिलाई लक्षित गरी भारतीय गाडीको प्रयोग गरिरहेका छन्। जिल्ला निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले सरकारी निकायलाई निर्वाचन प्रयोजनका लागि नेपाली नम्बर प्लेटका गाडीलाई उच्च प्राथमिकतामा राख्ने र यदि नेपाली नम्बर प्लेट नपाएको खण्डमा भारतीय गाडी प्रयोग गर्न सक्ने अनुमति रहेको बताइन्।
झाले राजनीतिक दललाई भने विदेशी नम्बर प्लेटका गाडी गुडाउन आचारसंहिताले नदिने बताइन। उनले यो प्रक्रिया नियन्त्रण गर्न निर्देशन दिइसकेको र यस्ता गतिविधि नरोकिए आफूहरु कारबाही प्रक्रिया अघि बढाउन विवश हुने बताइन्।
गाडीमा डिजे, साउन्डबक्स राखेर चर्को साउन्डमा गीत बजाउंदै उम्मेदवारले प्रचारप्रसार गरिराख्दा समेत निर्वाचन आयोगको तर्फबाट कुनै अनुगमन भएको छैन्।

News From: Annapurnapost.com

मोर्चा नेता राजेन्द्र महतो घाइते (फोटोसहित)

विराटनगर– मधेसी मोर्चाको एक घटक राजेन्द्र महतोको नेतृत्वमा भारतीय भूमि हुँदै नेपाल प्रवेश गरेका मोर्चा कार्यकर्ताले दशगजामा बसेर नाका अवरोध पार्न खोजेपछि विराटनगरको रानी भन्सार तनावग्रस्त भएको छ।
धर्नामा बसेका सद्भावना अध्यक्ष महतो घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।

उनको विटानरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको मोर्चाका एक नेताले जानकारी दिए। उनका अनुसार महतोको टाउकोसँगै घुँडालगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ।

‘अब हिंसात्मक आन्दोलन र अलग देशको माग’ (भिडियो)

काठमाडाैं-मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलन सफल नभए नेपालमा ठूलो दुर्घटना निम्त्याउने बताएका छन्। उनले अहिलेको शान्तिपूर्ण मधेस आन्दोलन सफल नभए निकट दिनमै तीन नयाँ विकल्पसहित मधेसको आन्दोलन अघि बढ्ने उनले बताए। ती तीन विकल्पमध्ये पहिलो विकल्प हिंसात्मक आन्दोलनमा जाने उनले उद्घोष गरे। महतोले अहिलेको शान्तिपूर्ण मधेस आन्दोलन हिंसात्मक आन्दोलनमा रुपान्तरण हुने खतराको पूर्व संकेत दिएका छन्।
दोस्रो खतरा भन्दै उनले नेपाल भित्रै अलग देशको माग उठाउने स्पष्ट पारेका छन्। उनको उद्घोष छ 'अहिले हामी एउटा देशको सार्वभौमिकता भित्र रहेर, नेपाल भित्र रहेर देश भित्रै एक प्रदेशको माग गरिरहेका छौं,' उनले प्रष्टसँग भनेका छन् 'अहिले हामी मधेस प्रदेशको माग गरिरहेका छौं, यदि मधेस प्रदेश जनताले पाएन भने त्यो अवस्थामा नेपाल भित्रै बेग्लै देशको माग हुनेछ।' उनको तर्क छ 'हाम्रो त माग प्रदेशको मात्रै हो, तर हामी असफल भयौं भने बेग्लै देशको माग गर्नेहरु अघि आउनेछन्।'

सेलाउँदै मधेस अान्दोलन, अान्दोलनकारी निरास

वीरगन्ज रक्सौल नाकाको मितेरी पुल स्थित दशगजा क्षेत्रमा बुधबार धर्नामा बसेका आन्दोलनकारीहरु।
रौतहट—नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चा आन्दोलनमा होमिएको शुक्रबार चार महिना पुगेको छ। साउन ३० देखि सुरू भएको आन्दोलन चार महिनामा प्रवेश गर्दा तराइका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ।
महिनौदेखी जारी आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै अाएका मोर्चाका स्थानीय नेता कार्यकर्ता निरास छन्।
वीरगन्ज रक्सौल नाकाको मितेरी पुल, रौतहटको सदरमुकाम गौर बैरगनिया नाकाको मितेरीपुल र सर्लाहीको मलंगवा–सोनवर्सा नाका अवरुद्ध पारेर २४ सै घण्टा धर्ना बसेका मोर्चाका कार्यकर्ता राज्यले मागप्रति चासो नदेखाउँदा आन्दोलन कति दिनसम्म गरिरहने भनेर दिक्क भएको बताउँछन्।

फिफाद्वारा गणेश थापालाई १० वर्ष प्रतिबन्ध, २१ लाख रुपैयाँ जरिवाना

कार्तिक ३०, २०७२- भ्रष्टाचारको आरोपमा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई फिफाको नैतिक समितिले सबैखाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ । प्रतिबन्धसहित उनीमाथि २० हजार स्वीस फ्र्यांक (करिब २१ लाख रुपैयाँ) जरिवाना गर्ने निर्णय पनि गरेको छ । उनी राप्रपा नेपालका सिफारिसमा मन्त्रिपरिषद्बाट मनोनित सांसद हुन् ।

आन्दोलनमा भाग लिने भारतीयलाई गोली हानीदिने सरकारको नीति हो र? : मधेसी मोर्चा

नयाँ संविधानमा असहमति जनाउँदै आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग वार्ताको औचित्य सकिएको बताएको छ। तराई–मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) को केन्द्रीय कार्यालय विजुलीबजारमा सोमबार पत्रकार सम्मेलन गर्दै मोर्चाका नेताहरुले सरकारको रबैयाका कारण देश मुठभेडतर्फ जान लागेको बताए। पत्रकार सम्मेलनमा बोल्दै तमलोपाका नेता हृदय त्रिपाठीले वार्ताकै क्रममा सरकारले  ३/४ दिनदेखि सेना परिचालन गर्ने, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई बढी क्रियाशील बनाउने र निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरिरहेको सूचना आफूहरुले पाएको उल्लेख गर्दै सोमबार वीरगञ्जमा भएको घटनाले सो कुरा पुष्टि भएको बताए। उनले भने ‘अहिलेका प्रधानमन्त्री र गृहमन्त्री नै वार्ता विथोल्न लागेका देखिन्छ।’
वीरगञ्जमा सोमबार प्रहरीको गोली लागि मारिएका व्यक्ति भारतीय भएकोबारे सोधिएको प्रश्नमा मोर्चाको एक घटक सदभावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्णले आन्दोलनमा भारतीय सहभागिता स्वभाविक भएको बताए। ‘भारतीय नागरिक आन्दोलनमा सहभागी भए गोली हानी दिने सरकारको नीति हो र?’ कर्णले भने, ‘नेपाल र भारतमा आउजाउ गर्न पासपोर्ट र भिसा चाँहिदैन।’ ‘रोटी बेटीको सम्बन्ध भएकाले हामीलाई गोली हान्दा भारतीयलाई पनि दुःख लाग्छ’, उनले थपे।
कर्णले वीरगञ्जमा सोमबार बिहान प्रहरीले धर्नामा बसेका आन्दोलनकारीलाई अमानवीय तरिकाले हटाएको र उनीहरुको टेन्टमा आगो लगाई दिएको बताए।
‘वीरगञ्जमा तिसौं हजार मान्छेको भीडमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको छ’
कर्णले भने, ‘आजको घटनाले मधेसी जनतामा आक्रोश बढेको छ।’ 
उनले २०६२/०३ सालको आन्दोलनमा पनि भारतीय सहभागिता रहेको भन्दै भारतीयहरु आन्दोलनमा सहभागी हुँदैमा त्यसलाई घुसपैठ भन्न नमिल्ने बताए।
हिजोसम्म सरकारसँगको वार्ता सकारात्मक ढंगमा अघि बढिरहे पनि सोमबार वीरगञ्जमा भएको घटनाले वार्ताको औचित्य सकिएको भन्दै मोर्चाले अब फेरि वार्ताको वातावरण बनाउन पनि सरकारले भूमिका खेल्नु पर्ने पनि बताएको छ।  केपी ओली नेतृत्वको  वर्तमान सरकारले पनि यसअघिको सरकारले झैं आन्दोलनलाई दमन गर्ने नीति लिए त्यसले समस्या समाधान हुनुभन्दा देश मुठभेडतर्फ जाने चेतावनी पनि मोर्चाले दिएको छ।
लाचार बने गृहमन्त्री
तमलोपाका नेता हृदयश त्रिपाठीले वीरगञ्ज घटनाबारे सरकारका गृहमन्त्रीसँग कुरा गर्दा उनले लाचारी देखाएको बताए। ‘मैले गृहमन्त्री शक्तिबहादुर बस्नेतसँग घटनाबारे कुरा गरेको थिएँ, तर उहाँले आफूलाई धेरै कुरा थाहा नभएको बताउनु भयो’ त्रिपाठीले भने ‘भर्खर भर्खर मन्त्री भएकाले उहाँलाई कहाँबाट के कसरी भइरहेको छ भन्ने थाहा रहेनछ।’
उनले आफूहरुले सरकारी वार्ता टोलीका सदस्यहरु र सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहालसँग पनि घटनाबारे कुरा गरेको बताए। ‘प्रचण्डले मिलाउने कोशिश गर्छु भन्नु भएको थियो तर गृहमन्त्रीसँग कुरा गर्दा मैले त्यस्तो पाइनँ’, उनले भने।
From: setopati.com

‘भद्र सहमति’ तोडेको भन्दै राप्रपा नेपालद्वारा गठबन्धन तोड्ने चेतावनी

काठमाडौं– एमाओवादी र राप्रपा नेपालको बलियो समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको तीन साता बित्न नपाउँदै सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । -

FILE PHOTO

नेपालको फोटो समाचार


चीनले दिएको अनुदानको पेट्रोल लिन गएका ट्यांकरहरू। तस्विरः श्रृष्टी काफ्लेको ट्विटरबाट 

Ą
https://www.flickr.com/photos/spklg/15211044551/