Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label State number 2 local election Nepal. Show all posts
Showing posts with label State number 2 local election Nepal. Show all posts

चुनाव प्रचारमा अत्यधिक भारतीय गाडी प्रयोग हुँदा जनकपुरमा सडक जाम !

नेपाली कांग्रेसको पार्टी झण्डा राखेर चुनावप्रचारमा प्रयोग गरिएको भारतीय गाडी। तस्बिर : अन्नपूर्ण

जनकपुरधाम : प्रदेश-२ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको प्रचारमा आचारसंहिता विपरित भारतीय गाडीको प्रयोग बढेको छ। निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्नका लागि आचार संहितामै उल्लेख गरेको भएपनि यहाँ सबै पदका उम्मेदवार प्रचारप्रसारमा झण्डा र पोष्टरहरु टाँगेर भारतीय नम्बर प्लेटका गाडीमा सवार देखिन्छन्।

आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ मा सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणमा राजनीतिक दलले निर्वाचन अधिकृतको अनुमती लिई एउटा जिल्लामा बढीमा दुईवटा चारपांग्रे हलुका सवारी साधनमात्र प्रयोग गर्न पाउने उल्लेख गरेको छ। जिल्लामा मेयर र उपमेयरका उम्मेदवारले एकजनाले १० देखी १५ वटासम्म भारतीय र नेपाली नम्बर प्लेटका सवारी साधन प्रयोग गरिरहेका छन्।
त्यसैगरी स्वतन्त्र उम्मेदवारले पनि आफ्नो चुनाव चिन्ह अंकित झण्डा लगाएर भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरिरहेका छन्। नेपाली नम्बर प्लेटको गाडी पाउनै समस्या भएपछि भारतीय नम्बर प्लेट प्रयोग गर्न बाध्य भएको मेयर पदका एक उम्मेदवारले बताए।
भारतीय नम्बर प्लेटका गाडी भन्सार कटाएर भाडामा प्रयोग गर्दा सस्तो पर्ने हुनाले पनि बढी प्रयोगमा ल्याइएको उम्मेदवारको भनाइ छ। यता, नेपालको चुनावमा भारतीय गाडीको प्रयोग बढेपछि सीमापारीका गाडी धनीहरु मलामाल भएका छन्। गाडीमा कार्यकर्ता नभए पनि चालकले झण्डासहितको गाडी नगर क्षेत्रमा घुमाइराखेका छन्। राजनीतिक दलहरुले आ–आफ्नो शक्ति प्रर्दशनका लागि समेत यस्ता गतिवीधि सञ्चालन गरेका छन्। भारतीय गाडीको चापले नगरक्षेत्रमा ट्राफिक जामको समस्या समेत दैनिक हुन थालेको छ।
उम्मेदवारले मात्र नभई सुरक्षा निकायले समेत निर्वाचन गतिविधिलाई लक्षित गरी भारतीय गाडीको प्रयोग गरिरहेका छन्। जिल्ला निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले सरकारी निकायलाई निर्वाचन प्रयोजनका लागि नेपाली नम्बर प्लेटका गाडीलाई उच्च प्राथमिकतामा राख्ने र यदि नेपाली नम्बर प्लेट नपाएको खण्डमा भारतीय गाडी प्रयोग गर्न सक्ने अनुमति रहेको बताइन्।
झाले राजनीतिक दललाई भने विदेशी नम्बर प्लेटका गाडी गुडाउन आचारसंहिताले नदिने बताइन। उनले यो प्रक्रिया नियन्त्रण गर्न निर्देशन दिइसकेको र यस्ता गतिविधि नरोकिए आफूहरु कारबाही प्रक्रिया अघि बढाउन विवश हुने बताइन्।
गाडीमा डिजे, साउन्डबक्स राखेर चर्को साउन्डमा गीत बजाउंदै उम्मेदवारले प्रचारप्रसार गरिराख्दा समेत निर्वाचन आयोगको तर्फबाट कुनै अनुगमन भएको छैन्।

News From: Annapurnapost.com

मधेसमा चुनावी उत्सव, रातिसम्म उम्मेदवारी दर्ता

आन्दोलनको केन्द्रविन्दु बनेको मधेस यसरी फेरियो


२१ भदौ, काठमाडौं । आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को चुनावका लागि उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ । साँझ नपर्दै सकिनुपर्ने उम्मेदवारी मनोनयन रातिसम्म लम्बिएको छ ।

विगतमा आन्दोलनको केन्द्रका रुपमा रहेको मधेसमा बुधबार रातिसम्म उम्मेदवारी दर्ता गर्नेहरुको लहर देखिनु आफैंमा एउटा रोचक राजनीतिक परिदृश्य हो । यो दृश्यले मधेसमा स्थानीय चुनाव एउटा उत्सवकै रुपमा आएको महसुस स्थानीयले गरेका छन् ।
र, यो उत्साहले अब प्रदेश र केन्द्रको चुनावलाई समेत सकारात्मक प्रभाव पार्ने कतिपय मानिसहरुको पूर्वानुमान छ ।
निर्वाचन आयोगका अनुसार ६६२७ पदका लागि चारगुणा बढी उम्मेदवारी परेको छ । साँझ साढे ६ बजेसम्म १८ हजार २ सय जनाको उम्मेदवारी दर्ता भएको छ । साँझमा पनि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेको ठूलो भीड छ ।
आयोगका प्रवक्ता नवराज ढकालले अनलाइनखबरसँग भने, ‘५ बजेसम्म कार्यालय परिसरमा आएकाको उम्मेदवारी लिन्छौं, सबै सकिँदा रातको ११ बज्ला ।’
प्रदेश नम्बर २ का ८ वटा जिल्लामा वीरगञ्ज महानगरपालिकासँगै तीनवटा उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । आज मनोनयन दर्ता भएपछि आगामी असोज २ गते मतदान हुनेछ ।
प्रदेश नं २ मा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् भने २१६६ मतदान स्थल र ३५७८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा चुनाव भएको थियो । त्यसैगरी असार १४ गते दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ गरी ६१७ वटा स्थानीय तहमा निर्वाचन भइसकेको छ ।
आन्दोलनदेखि जनमतसम्म
अघिल्ला दुईवटा स्थानीय चुनावहरु भइरहँदासम्म मधेसमा निवार्नचन बहिस्कारको माहौल थियो । राजपाले चुनाव बहिस्कारको निर्णय गरेका कारण अघिल्ला चुनावहरु शान्तिपूर्ण नहोलान् कि भन्ने धेरैमा आशंका थियो । दुई नम्बर प्रदेश त झनै सीके राउत र विप्लव माओवादी समेतको त्रासमा जकडिएको थियो ।
तर, बुधबार चुनावमा भाग लिएका दलकै वीचमा भएका आन्तरिक विवादका केही छिटफुट घटनाबाहेक कुनै पनि अप्रिय स्थिति देखिएन ।
बुधबार प्रदेश नम्बर २ मा देखिएको चुनावी उत्साहले पहाडको चुनाव भन्दा पनि रौनक र माहौल मधेसमा छ भन्ने देखाएको छ ।
आफूहरुले निर्वाचनमा भाग लिनेको कारणबारे कुरा गर्दै राजपा नेता राजेन्द्र महतोले आफूहरुले सार्वभौम संसदको आदेशलाई मानेर चुनावमार्फत जनतामा आएको प्रतिक्रिया दिएका छन् ।
व्यवस्थापिका संसदले नै संविधान संशोधनमा बहुमत पुगेन, तिमीहरु जनतामा जाऊ भनेका कारण आफूहरु जनतामा मत माग्न आएको महतोको भनाइ छ ।
महतोले भनेजस्तै राजपाले समेत आन्दोलनलाई स्थगन गरेर निर्वाचनमा सहभागी हुने र जनताको मतलाई सम्मान गर्ने प्रतिवद्धता जनाएपछि प्रदेश नम्बर दुईको चुनावमा उत्साह थपिएको हो । र, यो सर्वसम्मतिका कारण अब निर्वाचन भयरहित र शान्तिपूर्ण हुने सम्भावना प्रवल बनेको छ ।
वीरगञ्ज महानगरपालिकामा डेढ दर्जन मेयरका दाबेदार
निर्वाचनको मुख्य केन्द्रविन्दुका रुपमा रहेको वीरगञ्ज महानगरपालिकामा मुख्यतः कांग्रेस र राजपालाई मुख्य प्रतिस्पर्धी मानिएको छ । यहाँको मेयरमा कांग्रेसबाट अजय द्विवेदी र राजपाबाट राजेशमान सिंह उम्मेदवार छन् ।
त्यसैगरी एमालेबाट बसुरुद्दिन अन्सारी, संघीय समाजवादी फोरमबाट विजय सरावगी, माओवादी केन्ऽबाट रहबर अन्सारी र फोरम लोकतान्त्रिकबाट विमलप्रसाद श्रीवास्तवले महानगरको मेयरका लागि उम्मेदवारी दिएका छन् ।
स्वतन्त्र र साना दलबाट समेत गरी मेयरमा १८ जना र उपमेयर १३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगको कार्यालय पर्साले जनाएको छ ।
त्यसैगरी उपमेयरमा कांग्रेसबाट शान्ति कार्की, एमालेबाट सोफिया आचार्य, माओवादी केन्ऽबाट दुर्गा क्षेत्री, फोरम लोकतान्त्रिकबाट रिंकी यादव र राजपाबाट रम्भा मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।
बारामा उत्साहजनक दृश्य
दुईवटा उपमहानगरपालिका रहेको बारा जिल्लाका विभिन्न स्थानीय तहका उम्मेदवारको मनोयनका लागि गाउँगाउँबाट कार्यकर्ता र समर्थकहरु उर्लिए । गाउँगाउँबाट बाजागाजासहित उमेदवारहरु समर्थकहरुका साथ बस, ट्रक, ट्याक्टर, अटो, मोटरसाईकल लगायतका साधनहरुमा उमेदवारी दर्ताका लागी निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भए ।
उमेदवारी मनोनयन दर्ता सहजताका लागि प्रत्येक स्थानीय तहका निर्वाचन कार्यालयहरुमा ७ जनाका दरले आजका लागि ११२ कर्मचारी खटाइएका थिए ।
बारा जिल्लामा दुई उममहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका छन् । यी सबै स्थानीय तहबाट तेस्रो चरणको निर्वाचनका लागि सहभागी झण्डै तीन दर्जन दलका हजारौं उमेद्वारहरु मध्येबाट ८३५ जनप्रतिनिधीहरु विजय हुने छन् ।
तेस्रो चरणको निर्वाचनमा बारा जिल्लामा ३ लाख ३४ हजार ७५६ मतदाता सहभागी हुने छन् ।
जनकपुरमा उस्तै उत्साह
निर्वाचन हुन लागेको अर्को उपमहानगरपालिका जनकपुरमा पनि चुनावी सरगर्मी उत्साहजनक देखिएको छ । जनकपुरमा कांग्रेस, एमाले, माओवादी, राजपा, फोरम र स्वतन्त्रले समेत उम्मदेवारी दर्ता गराएका छन् ।
अन्य जिल्लामा जस्तै धनुषाको जनकपुरमा पनि बुधबार साँझसम्म उम्मेदवारी मनोनयन दर्ता जारी रहेको थियो ।

onlinekhabar.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/