Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

चुनाव प्रचारमा अत्यधिक भारतीय गाडी प्रयोग हुँदा जनकपुरमा सडक जाम !

नेपाली कांग्रेसको पार्टी झण्डा राखेर चुनावप्रचारमा प्रयोग गरिएको भारतीय गाडी। तस्बिर : अन्नपूर्ण

जनकपुरधाम : प्रदेश-२ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको प्रचारमा आचारसंहिता विपरित भारतीय गाडीको प्रयोग बढेको छ। निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्नका लागि आचार संहितामै उल्लेख गरेको भएपनि यहाँ सबै पदका उम्मेदवार प्रचारप्रसारमा झण्डा र पोष्टरहरु टाँगेर भारतीय नम्बर प्लेटका गाडीमा सवार देखिन्छन्।

आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ मा सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणमा राजनीतिक दलले निर्वाचन अधिकृतको अनुमती लिई एउटा जिल्लामा बढीमा दुईवटा चारपांग्रे हलुका सवारी साधनमात्र प्रयोग गर्न पाउने उल्लेख गरेको छ। जिल्लामा मेयर र उपमेयरका उम्मेदवारले एकजनाले १० देखी १५ वटासम्म भारतीय र नेपाली नम्बर प्लेटका सवारी साधन प्रयोग गरिरहेका छन्।
त्यसैगरी स्वतन्त्र उम्मेदवारले पनि आफ्नो चुनाव चिन्ह अंकित झण्डा लगाएर भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरिरहेका छन्। नेपाली नम्बर प्लेटको गाडी पाउनै समस्या भएपछि भारतीय नम्बर प्लेट प्रयोग गर्न बाध्य भएको मेयर पदका एक उम्मेदवारले बताए।
भारतीय नम्बर प्लेटका गाडी भन्सार कटाएर भाडामा प्रयोग गर्दा सस्तो पर्ने हुनाले पनि बढी प्रयोगमा ल्याइएको उम्मेदवारको भनाइ छ। यता, नेपालको चुनावमा भारतीय गाडीको प्रयोग बढेपछि सीमापारीका गाडी धनीहरु मलामाल भएका छन्। गाडीमा कार्यकर्ता नभए पनि चालकले झण्डासहितको गाडी नगर क्षेत्रमा घुमाइराखेका छन्। राजनीतिक दलहरुले आ–आफ्नो शक्ति प्रर्दशनका लागि समेत यस्ता गतिवीधि सञ्चालन गरेका छन्। भारतीय गाडीको चापले नगरक्षेत्रमा ट्राफिक जामको समस्या समेत दैनिक हुन थालेको छ।
उम्मेदवारले मात्र नभई सुरक्षा निकायले समेत निर्वाचन गतिविधिलाई लक्षित गरी भारतीय गाडीको प्रयोग गरिरहेका छन्। जिल्ला निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले सरकारी निकायलाई निर्वाचन प्रयोजनका लागि नेपाली नम्बर प्लेटका गाडीलाई उच्च प्राथमिकतामा राख्ने र यदि नेपाली नम्बर प्लेट नपाएको खण्डमा भारतीय गाडी प्रयोग गर्न सक्ने अनुमति रहेको बताइन्।
झाले राजनीतिक दललाई भने विदेशी नम्बर प्लेटका गाडी गुडाउन आचारसंहिताले नदिने बताइन। उनले यो प्रक्रिया नियन्त्रण गर्न निर्देशन दिइसकेको र यस्ता गतिविधि नरोकिए आफूहरु कारबाही प्रक्रिया अघि बढाउन विवश हुने बताइन्।
गाडीमा डिजे, साउन्डबक्स राखेर चर्को साउन्डमा गीत बजाउंदै उम्मेदवारले प्रचारप्रसार गरिराख्दा समेत निर्वाचन आयोगको तर्फबाट कुनै अनुगमन भएको छैन्।

News From: Annapurnapost.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/