Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यक्रम सार्वजनिक

प्रत्यक्ष तर्फ पहिलो चरणका लागि कात्तिक ५ र दोस्रो चरणका लागि कात्तिक १६ गते उम्मेदवारी दर्ता
समानुपातिक तर्फको बन्दसूची असोज २९ मा पेस गर्नुपर्ने
भाद्र २६, २०७४-निर्वाचन आयोगले मंसिरमा तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्तादेखि सम्पूर्ण निर्वाचनको कार्यक्रम सोमबार सार्वजनिक गरेको छ । दुईवटैसभाको निर्वाचन सँग सँगै तर दुई चरणमा मसिंर १० र २१ गरिने यसअघि नै घोषणा भइसकेको छ । 

प्रत्यक्ष तर्फ पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ देखि ८ गतेसम्म र दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गतेदेखि १९ गतेसम्मको निर्वाचन कार्यक्रम ल्याइएको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि भने असोज २९ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने तोकिएको छ ।  
आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा पहिलो चरणमा तथा पहाडी र तराईका ४५ जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले समय कम रहेकाले निर्वाचनको तयारीलाई तिब्र गतिमा बढाइएको बताए । 
राजनीतिक दलहरु प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा केन्द्रीत भइरहेका बेला आयोगले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन कार्यक्रमको तालिका ल्याएको हो । आयोगले गत शुक्रबार नै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, सरकारले कार्यतालिकाप्रति आपत्ति जनाएपछि आयोगले त्यसदिन निर्वाचन कार्यक्रम सार्वजनिक गरेन । प्रधानमन्त्री सहित मन्त्रीहरुले प्रत्यक्ष तर्फको उम्मेदवारी दर्तापछि मात्रै समानुपातिक तर्फको बन्द सूची पेस गर्नुपर्ने गरी कार्यक्रम ल्याउन आयोगलाई आग्रह गरेको थियो ।
तर, आयोगले ल्याएको निर्वाचन कार्यक्रममा त्यस अनुसारको छैन । राजनीतक दलहरुले सुरुमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने छ भने त्यसपछि मात्रै प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुनेछ । प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता पहिलो चरणका लागि कात्तिक ५ र दोस्रो चरणका लागि कात्तिक १६ गते तोकिएको छ । 
‘कानूनी, प्राविधिक र व्यवस्थापकीय कुनैपनि  दृष्टिकोणले प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताभन्दा पहिले समानुपातिक तर्फको पहिले गर्न मिलेन’ प्रमुख आयुक्त यादवले भने ‘सबै पक्ष बिचार गरी निर्णय गरिएको छ ।’ उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचन कार्यक्रम चलिरहेको र आगामी निर्वाचनको दिनपनि नजिकिदै गएकाले एकदमै चापमा आयोगले गर्नु परिरहेको बताए । 

आयोगले भदौ २५ गतेदेखिबाटै समानुपातिक तर्फको निर्वाचन कार्यक्रम सुरु भइसकेको जनाएको छ । समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुका लागि भदौ २५ देखि २७ गतेसमम निवेदन पेस गर्नुपर्ने अनिवार्य गरिएको छ । उक्त अवधिमा निवेदन नदिएका दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन नपाउने आयोगले जनाएको छ । 
राजनीतिक दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाका लागि अलग अलग समानुपातिक तर्फको बन्दसूची पेस गर्नुपर्ने हुन्छ । बन्दसूचीमा नाम परेकाले प्रत्यक्ष तर्फबाट उम्मेदवारी दिन नपाउने कानूनी प्रावधान छ । उम्मेदवारको बन्दसूचीको अन्तिम प्रकाशन मसिंर ३ गते गरिने आयोगको कार्यसूचीमा छ । 
प्रत्यक्ष तर्फ पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदारको मनोनयन दर्ता, सोही दिन साँझ दर्ता सूची प्रकाशन, ६ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, ७ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय, सोही दिन उम्मेदवारीको नामावली प्रकाशन, ८ गते उम्मेदवारको नाम फिर्ता लिने, सोही दिन अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । पहिलो चरणको चुनावी कार्यक्रम तिहार र छठ पर्वको समयमा परेको छ । यसवर्ष कात्तिक २ गते लक्ष्मीपूजा र ९ गते छठ पर्व छ । 
त्यस्तै, मसिंर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता, सोही दिन दर्ता सूची प्रकाशन, १७ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, १८ गते उजुरी उपर जाँचबुझ र नामावली प्रकाशन, १९ गते उम्मेदवारी फिर्ता लिने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्द प्रदान गर्ने कार्यतालिका छ । 
आयोगका प्रवक्ता सह सचिव नवराज ढकालले आगामी निर्वाचनलाई लक्षित गरी आयोग सम्पूर्ण जनशक्ति र समाग्री व्यवस्थापन देखि अन्य व्यवस्थापिक र प्राविधिक तयारी तथा  नीति/निर्देशिका निर्माणमा सम्पूर्ण रुपमा व्यस्त रहेको बताए । ‘निर्वाचन कार्यतालिका आएसँगै निर्वाचन तयारीको चाप थप बढ्ने छ,’ उनले भने ।
News From: Ekantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/