Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Breaking news about Madhesh Aandolan. Show all posts
Showing posts with label Breaking news about Madhesh Aandolan. Show all posts

आन्दोलनकारी मारिएपछि रौतहटमा कर्फ्यु

रौतहट– प्रहरीको गोली प्रहारबाट एक प्रदर्शनकारीको ज्यान गएपछि प्रशासनले अनिश्चितकालको लागि कर्फयू आदेश जारी गरेको छ ।
घटनालगत्रै बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसो ४ बजेदेखि लागू हुने गरि अनिश्चितकालको लागि कर्फयू जारी गरेको सहकर्मी सञ्जय मिश्राले जनाएका छन् ।
अहिले कफ्र्यु  सुरु हुनुभन्दा अगाडि नै घर फर्किन प्रहरीले माइकिङ गरेर सर्वसाधारणलाई आग्रह गरिरहेको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आज  तीन दर्जन सेल अश्रुग्यास र १२ राउन्ड गोली चलाएको थियो । यस क्रममा रौतहट तेजापाकड– १ का १८ वर्षीय टभरेज आलमको मृत्यु भएको हो।  गौरको वीपी चोकमा आन्दोलनकारीले ढुंगा र पेट्रोल बम  प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
Breaking news from ratopati.com

‘अब हिंसात्मक आन्दोलन र अलग देशको माग’ (भिडियो)

काठमाडाैं-मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलन सफल नभए नेपालमा ठूलो दुर्घटना निम्त्याउने बताएका छन्। उनले अहिलेको शान्तिपूर्ण मधेस आन्दोलन सफल नभए निकट दिनमै तीन नयाँ विकल्पसहित मधेसको आन्दोलन अघि बढ्ने उनले बताए। ती तीन विकल्पमध्ये पहिलो विकल्प हिंसात्मक आन्दोलनमा जाने उनले उद्घोष गरे। महतोले अहिलेको शान्तिपूर्ण मधेस आन्दोलन हिंसात्मक आन्दोलनमा रुपान्तरण हुने खतराको पूर्व संकेत दिएका छन्।
दोस्रो खतरा भन्दै उनले नेपाल भित्रै अलग देशको माग उठाउने स्पष्ट पारेका छन्। उनको उद्घोष छ 'अहिले हामी एउटा देशको सार्वभौमिकता भित्र रहेर, नेपाल भित्र रहेर देश भित्रै एक प्रदेशको माग गरिरहेका छौं,' उनले प्रष्टसँग भनेका छन् 'अहिले हामी मधेस प्रदेशको माग गरिरहेका छौं, यदि मधेस प्रदेश जनताले पाएन भने त्यो अवस्थामा नेपाल भित्रै बेग्लै देशको माग हुनेछ।' उनको तर्क छ 'हाम्रो त माग प्रदेशको मात्रै हो, तर हामी असफल भयौं भने बेग्लै देशको माग गर्नेहरु अघि आउनेछन्।'

सेलाउँदै मधेस अान्दोलन, अान्दोलनकारी निरास

वीरगन्ज रक्सौल नाकाको मितेरी पुल स्थित दशगजा क्षेत्रमा बुधबार धर्नामा बसेका आन्दोलनकारीहरु।
रौतहट—नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चा आन्दोलनमा होमिएको शुक्रबार चार महिना पुगेको छ। साउन ३० देखि सुरू भएको आन्दोलन चार महिनामा प्रवेश गर्दा तराइका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ।
महिनौदेखी जारी आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै अाएका मोर्चाका स्थानीय नेता कार्यकर्ता निरास छन्।
वीरगन्ज रक्सौल नाकाको मितेरी पुल, रौतहटको सदरमुकाम गौर बैरगनिया नाकाको मितेरीपुल र सर्लाहीको मलंगवा–सोनवर्सा नाका अवरुद्ध पारेर २४ सै घण्टा धर्ना बसेका मोर्चाका कार्यकर्ता राज्यले मागप्रति चासो नदेखाउँदा आन्दोलन कति दिनसम्म गरिरहने भनेर दिक्क भएको बताउँछन्।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/