रौतहट– प्रहरीको गोली प्रहारबाट एक प्रदर्शनकारीको ज्यान गएपछि प्रशासनले अनिश्चितकालको लागि कर्फयू आदेश जारी गरेको छ ।
घटनालगत्रै बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसो ४ बजेदेखि लागू हुने गरि अनिश्चितकालको लागि कर्फयू जारी गरेको सहकर्मी सञ्जय मिश्राले जनाएका छन् ।
घटनालगत्रै बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसो ४ बजेदेखि लागू हुने गरि अनिश्चितकालको लागि कर्फयू जारी गरेको सहकर्मी सञ्जय मिश्राले जनाएका छन् ।
अहिले कफ्र्यु सुरु हुनुभन्दा अगाडि नै घर फर्किन प्रहरीले माइकिङ गरेर सर्वसाधारणलाई आग्रह गरिरहेको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आज तीन दर्जन सेल अश्रुग्यास र १२ राउन्ड गोली चलाएको थियो । यस क्रममा रौतहट तेजापाकड– १ का १८ वर्षीय टभरेज आलमको मृत्यु भएको हो। गौरको वीपी चोकमा आन्दोलनकारीले ढुंगा र पेट्रोल बम प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
Breaking news from ratopati.com