Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

बम राखिएको धम्कीपछि विमान आकस्मिक अवतरण

फोटो :एजेन्सी
नैरोबी : विमानमा बम राखिएको धम्कीपछि शनिबार राति केन्याको नैरोबीमा एक विमान आकस्मिक अवतरण गराइएको छ । 
 
एयर फ्रान्सको सो विमान मौरिससबाट फ्रान्सको राजधानी पेरिसका लागि उडेको थियो । सो विमानमा बम राखिएको धम्की आएपछि केन्याको राजधानी नैरोबीमा शनिबार राति आकस्मिक अवतरण गराइएको छ । 
 
उक्त विमानमा एउटा सङ्कास्पद पोको भेटिएको थियो । सो पोकोको पहिचान कसैबाट पनि हुन सकेन बरु त्यसमा बम रहेको जानकारी अज्ञात व्यक्तिले गराएको प्रहरीले जनाएको छ ।
 
एएफ ४६३ उडान नम्बरको सो विमानमा ४५९ जना यात्रु रहेका थिए भने १४ जना उडान कर्मचारी रहेका थिए । 
 
सो विमान स्थानीय समयअनुसार मौरिससबाट शनिबार राति नौ बजे उडेको थियो र फ्रान्सको राजधानी पेरिसस्थित चाल्र्स डि गौले विमानस्थलामा आइपुग्ने कार्यक्रम रहेको बताइएको छ । 
 
नैरोबीको मोई अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमान अवतरण गराइएको प्रहरीले जनाएको छ । सो सङ्कास्पद पोको बम हो वा होइन भन्ने बारेमा प्रहरीले अनुसन्धान जारी राखेको बताइएको छ । एजेन्सी
News from annapurnapost.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/