फोटो :एजेन्सी
नैरोबी : विमानमा बम राखिएको धम्कीपछि शनिबार राति केन्याको नैरोबीमा एक विमान आकस्मिक अवतरण गराइएको छ ।
एयर फ्रान्सको सो विमान मौरिससबाट फ्रान्सको राजधानी पेरिसका लागि उडेको थियो । सो विमानमा बम राखिएको धम्की आएपछि केन्याको राजधानी नैरोबीमा शनिबार राति आकस्मिक अवतरण गराइएको छ ।
उक्त विमानमा एउटा सङ्कास्पद पोको भेटिएको थियो । सो पोकोको पहिचान कसैबाट पनि हुन सकेन बरु त्यसमा बम रहेको जानकारी अज्ञात व्यक्तिले गराएको प्रहरीले जनाएको छ ।
एएफ ४६३ उडान नम्बरको सो विमानमा ४५९ जना यात्रु रहेका थिए भने १४ जना उडान कर्मचारी रहेका थिए ।





