Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मलेसियाको एक कम्पनीमा कार्यरत नेपाली एक हजार रिंगेट लेभी तिर्न बाध्य

भुमीराज पराजुली/उज्यालो । मलेसिया, पुस ४ – मलेसियाको एक कम्पनीले त्यहाँ कार्यरत नेपाली कामदारबाट अनियमति रुपमा लेभी काट्ने गरेको छ । मलेसियाको सेलाङ्गर राज्यको साहआलाम सेक्सर २७  मा रहेको केपल्स टेक्नोलोजी कम्पनीले नेपाली कामदारबाट हरेक महिना एक हजार आरएमसम्म लेभी काट्ने गरेको छ । यो कम्पनीले यहाँ कार्यरत ३० जना नेपालीबाट लेभी शिर्षकमा कहिले पाँच सय आरएम, 


कहिले सात सय आरएम त कहिले एक हजार हजार आरएम लेभि काट्ने गरेको छ । ‘पसिना सरी भएर काम गर्यो महिनाको अन्तिममा कम्पनीले  कमाई जति लेभी भन्दै काटिदिन्छ ।’ धनुषाका रामप्रकाश दासले भन्नुभयो ‘हाम्रो कमाई जति कम्पनीले सबै काटिदिन्छ हामी के का लागि काम गर्नु ?’ दैनिक १२ घण्टासम्म काम गर्दा  १३ देखि १४ सय आरएम तलब आएपनि आफूहरुले मुस्किलले २/३ सय आरएम मात्र पाउने गरेको त्यहाँ कार्यरत नेपालीले बताएका छन् ।
प्लाष्टिक बनाउने यो कम्पनीमा कार्यरत ३० जना नेपालीलाई फ्युजन इन्टरनेशनलले फरक फरक समयमा मलेसिया पठाएको हो । आफूहरु मलेसिया आउँदा म्यानपावरसँग वार्षीक एक हजार ९ सय ५० आर एम लेभी काट्ने सम्झौता गरेर आएको पीडित मध्ये अर्का झापाका अन्जान लिम्बुले बताउनुभयो । नेपालबाट आउँदा एक लाख ५४ हजार रुपैयाँ म्यानपावरमा बुझाएर आएका नेपाली अहिले कम्पनीले लेभी शिर्षकमा अधिकातम रकम काट्न थालेपछि समस्यामा परेका हुन् ।

 ‘आएको ऋण समेत तिर्न सकेको छैन, अब के गर्ने होला ?’ एक वर्षदेखि कम्पनीमा कार्यरत सिरहाका सन्दिप साहले भन्नुभयो । आफूहरु बसेको होष्टल, पानी, र बत्तीको शुल्क नगद नै जम्मा गरेर तिर्ने गरेको त्यहाँ कार्यरत नेपालीले जनाएका छन् । यहाँको सरकारी नियम अनुसार कारखानामा काम गर्ने साधारण मजदुरको लेभी स्वरुप एक सय चार आरएम र आवास तथा पानी बत्तीका लागी ५० आरएम काट्न पाइन्छ ।
News from ujyaaloonline.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/