भुमीराज पराजुली/उज्यालो । मलेसिया, पुस ४ – मलेसियाको एक कम्पनीले त्यहाँ कार्यरत नेपाली कामदारबाट अनियमति रुपमा लेभी काट्ने गरेको छ । मलेसियाको सेलाङ्गर राज्यको साहआलाम सेक्सर २७ मा रहेको केपल्स टेक्नोलोजी कम्पनीले नेपाली कामदारबाट हरेक महिना एक हजार आरएमसम्म लेभी काट्ने गरेको छ । यो कम्पनीले यहाँ कार्यरत ३० जना नेपालीबाट लेभी शिर्षकमा कहिले पाँच सय आरएम,
कहिले सात सय आरएम त कहिले एक हजार हजार आरएम लेभि काट्ने गरेको छ । ‘पसिना सरी भएर काम गर्यो महिनाको अन्तिममा कम्पनीले कमाई जति लेभी भन्दै काटिदिन्छ ।’ धनुषाका रामप्रकाश दासले भन्नुभयो ‘हाम्रो कमाई जति कम्पनीले सबै काटिदिन्छ हामी के का लागि काम गर्नु ?’ दैनिक १२ घण्टासम्म काम गर्दा १३ देखि १४ सय आरएम तलब आएपनि आफूहरुले मुस्किलले २/३ सय आरएम मात्र पाउने गरेको त्यहाँ कार्यरत नेपालीले बताएका छन् ।
Showing posts with label More LEVY for Immigrants workers in Malaysia. Show all posts
Showing posts with label More LEVY for Immigrants workers in Malaysia. Show all posts
Subscribe to:
Posts (Atom)





