Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label One protester killed in Gaur Rautahat. Show all posts
Showing posts with label One protester killed in Gaur Rautahat. Show all posts

आन्दोलनकारी मारिएपछि रौतहटमा कर्फ्यु

रौतहट– प्रहरीको गोली प्रहारबाट एक प्रदर्शनकारीको ज्यान गएपछि प्रशासनले अनिश्चितकालको लागि कर्फयू आदेश जारी गरेको छ ।
घटनालगत्रै बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसो ४ बजेदेखि लागू हुने गरि अनिश्चितकालको लागि कर्फयू जारी गरेको सहकर्मी सञ्जय मिश्राले जनाएका छन् ।
अहिले कफ्र्यु  सुरु हुनुभन्दा अगाडि नै घर फर्किन प्रहरीले माइकिङ गरेर सर्वसाधारणलाई आग्रह गरिरहेको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आज  तीन दर्जन सेल अश्रुग्यास र १२ राउन्ड गोली चलाएको थियो । यस क्रममा रौतहट तेजापाकड– १ का १८ वर्षीय टभरेज आलमको मृत्यु भएको हो।  गौरको वीपी चोकमा आन्दोलनकारीले ढुंगा र पेट्रोल बम  प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
Breaking news from ratopati.com

यसरी भयो राैतहटमा झडप (भिडियो)

गौर- मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप हुँदा रौतहट सदरमुकाम गौर तनाबग्रस्त बनेको छ। सदरमुकामस्थित बीपी चोकमा जम्मा भएका आन्दोलनकारीले प्रहरीमाथि ढु‌ंगा फ्याँकेपछि प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको छ।
त्यसपछि अान्दोलनकारीले प्रहरीमाथि शिशा बोतल प्रहार गरेपछि प्रहरीले २ राउन्ड हवाइ फयार गरेको छ। प्रहरीले माइकिङ गर्दै आन्दोलनलाई शान्तिपूर्ण बनाउनसमेत आग्रह गरेको छ। प्रहरीले माइकिङमार्फत् ढुंगा र शिशाका बोतल प्रहार गरे गोली चलाउन बाध्य हुने चेतावनी दिइरहेको छ।

गौर झडपमा प्रहरीको गोली लागी १ आन्दोलनकारीको मृत्यु, स्थिति तनावग्रस्त

स ५, २०७२- रौतहटको सदरमुकाम गौरमा आइतबार अपरान्ह संयुक्त मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागी एक आन्दोलनकारीको मृत्यु भएको छ । झडपमा अर्का एक समान्य घाइते भएका छन् ।
 
झडपका क्रममा तेजापाकड–१ का १८ वर्षीय शेख तबरेजको प्रहरीले हानेको गोली लागी मृत्यु भएको हो । झडपमा गोली लागी घाइते तबरेजको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनको मृत्यु भएको अस्पतालका डाक्टर कृष्ण साहले पुष्टी गरेका छन् । विपीचोकमा भएको झडपको क्रममा तबरेजलाई कोखामा गोली लागेको छ । मोर्चा नेता अनिल सिंहले प्रहरीले ताकेरै गोली चलाएको आरोप लगाए ।
मृतक आन्दोलनकारी तबरेज गौरस्थित जुद्धमाविको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।
झडपमा गौर नगरपालिका–५ का आफताब आलम समान्य घाइते भएका छन् । उनलाई ढुंगाले लागेको छ । विपीचोक लगाएतका स्थानमा अहिले झडप भइरहेको छ । प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न अश्रुग्यास र हवाई फायर गरेको छ । प्रमुख जिल्ला अधिकारी नरहरी बरालले आन्दोलन निकै हिंसात्मक बनेकोले बल प्रयोग गर्नु परेको जनाए ।
उनले भने, 'शान्तिपूर्ण भन्ने सोचेका थियौं । तर धैर्य गर्दागर्दै आन्दोलनकारी हिंसात्मक बन्न पुगे ।'
 
अघिल्लो दिनको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा विद्यार्थी फोरमले प्रहरी माथि ढुंगामुढा गर्न थालेपछि आइतबार बिहानबाट झडप सुरु भएको हो ।
प्रहरीले माइकिङ गर्दै आन्दोलन शान्त बनाउन आग्रह गरेको छ । प्रहरीले अनाहकमा हस्तक्षेप गरेको मोर्चा नेता सिंहले आरोप लगाए । आन्दोलनकारीले सिसाका बोतल समेत प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको जनाएको छ । गाउँगाउँबाट आएका आन्दोलनकारीले अहिले विपीचोक, प्रशासन कार्यालय र नेपाल लज अगाडिबाट प्रहरी माथि ढुंगामुढा गरिरहेका छन् ।
 
केही दिन यता शान्त गौर बजार झडपको घट्नाले फेरी तनाब बनेको छ । शनिबार नगरपालिकाको बारुणयन्त्र तोडफोड र विद्यार्थी फोरम नेता ललन यादव पक्राउ पछि यहाँ आन्दोलन चर्केको हो ।
सिमांकन र सविधानको विरोधमा ४ महिनादेखि मोर्चा आन्दोलनमा छ । सरकारसँग पटक-पटक गरेको वार्ता नाटक भन्दै मोर्चाले आन्दोलन चर्काउने निर्णय गरे पछि यहाँ सुरक्षाकर्मीसँग झडपको घट्ना भएको हो ।
Breaking news from Ekantipur

गौरमा एकजना आन्दोलनकारीको मृत्यु

भाद्र ८, २०७२- प्रहरीको गोली लागेर रौतहटको सदरमुकाम गौरमा मंगलबार एकजना आन्दोलनकारीको मृत्यु भएको छ । तमलोपा नेता अनिल सिंहका अनुसार  मठिया-६ का २४ वर्षीय राजकिशोर ठाकुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयले एकजना आन्दोलनकारीको मृत्यु भएको पुष्टी गरेको छ ।
प्रहरीले माइकिङ गरी दंगा क्षेत्र घोषणा गरेको क्षेत्रमा अपरान्ह आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि झडप भएको हो । गौरको कबिर चोकमा प्रहरीले चलाएको गोली आन्दोलनकारी ठाकुरको छातिमा लागेको छ । उपचारका लागि बिरगंज लग्दै गर्दा रौतहटकै शिवनगर पुग्दा उनको निधन भएको तमलोपा नेता सिंहले बताए ।
प्रकाशित: भाद्र ८, २०७२

News from: Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/