Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

गौर झडपमा प्रहरीको गोली लागी १ आन्दोलनकारीको मृत्यु, स्थिति तनावग्रस्त

स ५, २०७२- रौतहटको सदरमुकाम गौरमा आइतबार अपरान्ह संयुक्त मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागी एक आन्दोलनकारीको मृत्यु भएको छ । झडपमा अर्का एक समान्य घाइते भएका छन् ।
 
झडपका क्रममा तेजापाकड–१ का १८ वर्षीय शेख तबरेजको प्रहरीले हानेको गोली लागी मृत्यु भएको हो । झडपमा गोली लागी घाइते तबरेजको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनको मृत्यु भएको अस्पतालका डाक्टर कृष्ण साहले पुष्टी गरेका छन् । विपीचोकमा भएको झडपको क्रममा तबरेजलाई कोखामा गोली लागेको छ । मोर्चा नेता अनिल सिंहले प्रहरीले ताकेरै गोली चलाएको आरोप लगाए ।
मृतक आन्दोलनकारी तबरेज गौरस्थित जुद्धमाविको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।
झडपमा गौर नगरपालिका–५ का आफताब आलम समान्य घाइते भएका छन् । उनलाई ढुंगाले लागेको छ । विपीचोक लगाएतका स्थानमा अहिले झडप भइरहेको छ । प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न अश्रुग्यास र हवाई फायर गरेको छ । प्रमुख जिल्ला अधिकारी नरहरी बरालले आन्दोलन निकै हिंसात्मक बनेकोले बल प्रयोग गर्नु परेको जनाए ।
उनले भने, 'शान्तिपूर्ण भन्ने सोचेका थियौं । तर धैर्य गर्दागर्दै आन्दोलनकारी हिंसात्मक बन्न पुगे ।'
 
अघिल्लो दिनको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा विद्यार्थी फोरमले प्रहरी माथि ढुंगामुढा गर्न थालेपछि आइतबार बिहानबाट झडप सुरु भएको हो ।
प्रहरीले माइकिङ गर्दै आन्दोलन शान्त बनाउन आग्रह गरेको छ । प्रहरीले अनाहकमा हस्तक्षेप गरेको मोर्चा नेता सिंहले आरोप लगाए । आन्दोलनकारीले सिसाका बोतल समेत प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको जनाएको छ । गाउँगाउँबाट आएका आन्दोलनकारीले अहिले विपीचोक, प्रशासन कार्यालय र नेपाल लज अगाडिबाट प्रहरी माथि ढुंगामुढा गरिरहेका छन् ।
 
केही दिन यता शान्त गौर बजार झडपको घट्नाले फेरी तनाब बनेको छ । शनिबार नगरपालिकाको बारुणयन्त्र तोडफोड र विद्यार्थी फोरम नेता ललन यादव पक्राउ पछि यहाँ आन्दोलन चर्केको हो ।
सिमांकन र सविधानको विरोधमा ४ महिनादेखि मोर्चा आन्दोलनमा छ । सरकारसँग पटक-पटक गरेको वार्ता नाटक भन्दै मोर्चाले आन्दोलन चर्काउने निर्णय गरे पछि यहाँ सुरक्षाकर्मीसँग झडपको घट्ना भएको हो ।
Breaking news from Ekantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/