Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सेलाउँदै मधेस अान्दोलन, अान्दोलनकारी निरास

वीरगन्ज रक्सौल नाकाको मितेरी पुल स्थित दशगजा क्षेत्रमा बुधबार धर्नामा बसेका आन्दोलनकारीहरु।
रौतहट—नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चा आन्दोलनमा होमिएको शुक्रबार चार महिना पुगेको छ। साउन ३० देखि सुरू भएको आन्दोलन चार महिनामा प्रवेश गर्दा तराइका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ।
महिनौदेखी जारी आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै अाएका मोर्चाका स्थानीय नेता कार्यकर्ता निरास छन्।
वीरगन्ज रक्सौल नाकाको मितेरी पुल, रौतहटको सदरमुकाम गौर बैरगनिया नाकाको मितेरीपुल र सर्लाहीको मलंगवा–सोनवर्सा नाका अवरुद्ध पारेर २४ सै घण्टा धर्ना बसेका मोर्चाका कार्यकर्ता राज्यले मागप्रति चासो नदेखाउँदा आन्दोलन कति दिनसम्म गरिरहने भनेर दिक्क भएको बताउँछन्।


आन्दोलन उचाइमा पुगेको बेला बाराको मटिअर्वा, कबहीगोठ, रौहतटको औरैया, बंकुल नाका अवरुद्ध पारेर धर्ना भएको थियो। महिनौंसम्म आन्दोलन गर्दा पनि कुनै सुनवाइ नभएपछि मोर्चा कार्यकर्ताहरु आजित भएर दुई सातादेखी टेन्ट हटाएका छन्। त्यहाँ अहिले उनीहरूको धर्ना छैन। मधेसी मोर्चाका शीर्ष तीन नेताहरुको गृह जिल्ला सर्लाहीको मलंगवा–सोनवर्सा मुख्य नाकाको टेन्ट समेत एक सातादेखि हटाइएको छ।

सदभावना अध्यक्ष राजेन्द्र महतो, तराइ मधेस लोकतान्त्रिक पाटीका अध्यक्ष महन्थ ठाकुर र तराइ मधेस सदभावनाका अध्यक्ष महेन्द्र यादवको गृह जिल्ला सर्लाहीमा आन्दोलन सिथिल छ। त्यहाँ स्कुल, कलेज, बजार, पसल पूर्ण रुपमा खुला छन्।

मलंगवा–सोनवर्सा नाका बन्द गरेर बीच सडकमै खडा गरिएको टेन्ट आन्दोलनरत मोर्चाले एकहप्ता अघि आफैँ हटाएको छ। त्यसपछि नाका सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी रामेस खड्काले नागरिकन्युजलाई बताए।

'नाकाको टेण्ट उहाहरुले अाफै हटाउनु भएको छ' डिएसपि खडाकाले भने 'भारतबाट स्थानीयले इन्धन ल्याउँदा कुनै बेला मोर्चा कार्यकर्ताले अवरोध गर्ने गरेका छन्' उनले भने ‘अान्दोलनको राप अचेल कम हुँदै गएको महसुस भएको छ।’

बारा पटेरीया निवासी सदभावना पार्टीका जिल्ला सदस्य संजय साह आफ्नो सबै काम छाडेर आन्दोलनमा लागेको बताउँछन्। 'नाकाबन्दी शुरु भएदेखि पुलमा धर्ना दिँदै आयाैं,' साहले भने 'यति लामो आन्दोलन हुँदा पनि माग सुनवाई नभएपछि धेरै साथीहरू निरास भएर अान्दोलनमा अाउन छाडेका छन्।'

हिजोअाज वीरगञ्ज धर्नामा न्युन उपस्थिति देखिन्छ। पर्सादेखि सप्तरीसम्मका धर्ना र अान्दोलनमा उपस्थिति झनै कमजोर छ।

'सरकारले अविलम्ब मोर्चासँगको वार्तालाई निरन्तरता दिनुपर्छ,' मधेस मामिसलामा दख्खल राख्ने राजनीतिक बिष्लेशक विजयकान्त कर्ण भन्छन, 'आन्दोलनका जायज माग पूरा गरिएन भने विरोधका अर्कै रूपहरू उब्जन सक्छन्।’ राज्ले मधेसी जनता पनि नेपाली हुन भन्ने व्यवहार देखाउनु पर्ने विश्लेशक कर्णको भनाइ छ। उनले जनता खेती किसानीमा लागेकोले उपस्थिति कम भएको बताउँछन्।

महँगीसँगै तराईमा ब्यापक कालोबजारी भइरहेको छ। किसानहरुले खेत जोत्न नपाएर गहुँ, मसुरो र तेलहन बाली समेत समयमा लगाउन पाएका छैनन्। अान्दोलनले किसानलाई ठूलो संकट परेको जेष्ठ नागरिक संघका अध्यक्ष बिजय किशोर झाले बताए।

संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले किसानको व्यस्तता र एक्कासी चिसो बढेकोका कारण सीमा नाकामा आन्दोलनमा उपस्थिति कम भएको बताए। 'तर आन्दोलन कमजोर भएको छैन।’ यादवले भने।

मुख्य नाका ठप्प पारेर मोर्चाले धर्ना दिएपछि छोटी नाकाबाट भने ब्यापक तस्करी भइरहेको आन्दोलनकारी स्वयंले स्वीकारेका छन्। ती नाकाबाट भइरहेको डिजेल, पेट्रोल, कपडा, खाद्यान्न लगायतका तस्करी नियन्त्रण गर्ने यादवले बताए।

पर्सा, बारा, रौतहट र सर्लाहीमा विभिन्न जातीय र पेशागत संघ संगठनका दिनहुँ प्रदर्शन र जुलुसको होडबाजी नै चल्थ्यो। पहिले नाकाको धर्ना स्थलमा रातिको समयमा पनि पाँच–छ सय आन्दोलनकारी धर्ना दिन्थे। दशै, तिहार, दिपावली र छठ पछिका दिनमा भने पहिलेको तुलनामा दलको नाकाबन्दी कम्जोर बन्दै गए। हिजोअाज धर्नामा बस्नेको संख्या र उत्साहमा व्यापक कमी आएको मोर्चाकै नेता स्वीकार्छन्।

Ą
https://www.flickr.com/photos/spklg/15211044551/