काठमाडाैं-सिंहदरबारमा चलेको मोर्चासंगको वार्ता विना निष्कर्ष सकिएको छ। मोर्चा नेता उपेन्द्र यादवले ठोस प्रस्ताव नअाएको भन्दै वार्तामा केही उपलब्धि हुन नसकेको बताए।
उनले भूकम्प पुनःनिर्माणसम्बन्धी विधेयक र संविधान संशोधनसम्बन्धी प्रस्तावलाई एकसाथ अगाडी बढाउने नेपाली कांग्रेसको प्रस्ताव अमान्य हुने बताए। ‘सिमांकनको कुरामा छलफल हुन सकेन,’ वार्ता छाडेर निस्केका यादवले भने ‘सरकारको तर्फबाट कुनै ठोस प्रस्ताव अाएन।’
सरकार समर्थित दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चाबीच वार्ता हुने भनिए पनि वार्तामा नेपाली कांग्रेस सहभागी थिएन। एमाअोवादीबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मात्रै सहभागी थिए। प्रधानमन्त्री केपी शर्मा अोली, वरिष्ठ नेता झलनाथ खनाललगायत एमाले नेताहरू वार्तामा सहभागी थिए। मोर्चाबाट उपेन्द्र यादव, महन्थ ठाकुर लगायतका नेता सहभागी थिए।
News about Nepal from nagariknews.com