Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepali Football news. Show all posts
Showing posts with label Nepali Football news. Show all posts

हेराैँ नेपाल जिताउने विमलको गोल (भिडियो)

काठमाडाैं- बंगलादेशमा जारी बङ्गबन्धु गोल्डकपमा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको छ। नेपालका लागि विमल घर्ती मगरले खेलको दोस्रो मिनेटमै गोल गरेर नेपालको अग्रता निकालेका थिए। उनको त्यही गोलले नेपाल विजयी बन्यो। 
खेल अवधिभर श्रीलंकाले गोल फर्काउन सकेन। विमल ‘म्यान अफ दि म्याच’ घोषित भए।

हेराैं विमलको उक्त गोलको भिडियोः

नेपालविरुद्ध भारत खेलमा ४ निर्णायक तत्व

नेपाली फुटबलमा सर्वाधिक महत्त्वको खेल

पुस १२, २०७२- नेपालले साफ च्याम्पियनसिप २०१५ मा आइतबार भारतको सामना गर्दा त्यो देशकै फुटबल इतिहासमा ‘ब्रेक थ्रु’ खेल हुन सक्नेछ । मैदान बाहिरका लगातारका विवाद र काण्डबीच नेपाली फुटबललाई केही हदसम्म ‘ट्रायक’ मा ल्याउन यो खेलले मद्दत गर्नेछ ।
यसका लागि चाहिने छ, भारतमाथि जित । र, यसका लागि चाहिने छ, गोल । ग्रिनफिल्ड स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार ६.४५ मा सुरु हुनेछ र समयले ७.३० छुँदा लगभग स्पष्ट भइसक्ने छ, नेपालको स्थिति के हुने हो ।
नेपालले यो खेल जित्छ र सेमिफाइनल प्रवेश गर्छ भने तय छ, यसले नेपाली फुटबललाई केही हदसम्म सुखद मोडमा फर्काउने छ । होइन, नेपाल पराजित हुन्छ अथवा बराबरीमा रोकिन्छ भने प्रतियोगितामा टिमको यात्रा समाप्त हुनेछ । यसको अर्थ नेपाली फुटबललाई लिएर फेरि धेरै प्रश्न उठ्ने छन् ।

नयाँ कप्तान भन्छन्,‘जिम्मेवारी बढेको छ’

मंसिर २९, २०७२- मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्सले फरवार्ड अनिल गुरुङलाई सोमबार साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय टिमको कप्तान बनाएका छन् । यससँगै जिम्मेवारी बढेको अनिलले बताए ।
‘अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दा जति खुसी भएको थिएँ, कप्तान हुँदा पनि त्यत्तिकै खुसी लागेको छ,’ २९ वर्षीय अनिलले भने, ‘राष्ट्रिय टिमबाट खेल्नु नै भाग्यमानी हो त्यसमा पनि कप्तानी गर्न पाउनु मेरा लागि जीवनकै सबैभन्दा ठूलो गौरव हो । यससँगै मेरो जिम्मेवारी धेरै बढेको छ । टिमलाई कसरी अघि बढाउने भन्ने सोच्दैछु ।’
उनी राष्ट्रिय टिमका १५ औं कप्तान हुन् । उनी वसन्त थापा (सन् २००६) यता कप्तान हुने पहिलो फरवार्ड हुन् । वसन्तपछि डिफेन्डर राकेश श्रेष्ठ (२००७–२००९) र सागर थापा (२००९–२०१५) ले ‘आर्मब्यान्ड’ लगाएका थिए । सागर म्याच फिक्सिङमा ‘संलग्न’ पाइएपछि आजीवन प्रतिबन्धमा छन् । त्यसैले टिमको नेतृत्व लिने अनिलको भाग्य खुलेको हो ।

एएफसीले सार्वजनिक गर्‍यो नेपाली खेलाडीले फिक्सिङ गरेका खेल

काठमाडौं, मंसिर २६ - एशियाली फुटबल महासंघ एएफसीको अनुशासन कमिटिले खेल मिलेमतो गरेको पाइएपछि आजीवन प्रतिबन्ध खेपेका पाँच खेलाडीले मिलेमतो गरेको खेलका बारेको जानकारी सार्वजनिक गरेको छ ।
एएफसीले सागर थापा, सन्दिप राई, रितेश थापा, अन्जन केसी र विकास सिंह क्षेत्रीले कुन कुन खेलमा मिलेमतो गरेका थिए भन्ने जानकारी सार्वजनिक गरेको हो । 

अञ्जन केसी

  • सन् २००९ को अक्टोबर १७ र डिसेम्बर ९ मा  अफगानिस्तासँगका मैत्रिपूर्ण खेल

सागर थापा

  • सन् २००९ को अक्टोबर १७ र डिसेम्बर ९ मा  अफगानिस्तासँगको मैत्रिपूर्ण खेल
  • सन् २०११ को अक्टोबर ११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेल 
  • र, सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल

रितेश थापा

  • सन् २००९ को अक्टोबर १७ र डिसेम्बर ९ मा  अफगानिस्तासँगको मैत्रिपूर्ण खेल
  • सन् २०११ को अक्टोबर ११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेल 
  • र सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल

सन्दिप राई

  • सन् २०११ को अक्टोबर ११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेल 
  • सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल 
  • र सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल

विकास सिंह क्षेत्री

  • सन् २००८ को १७ अक्टोबरमा अफगानिस्तानसँग भएको मैत्रिपूर्ण खेल 
  • र, सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल

फिफाद्वारा गणेश थापालाई १० वर्ष प्रतिबन्ध, २१ लाख रुपैयाँ जरिवाना

कार्तिक ३०, २०७२- भ्रष्टाचारको आरोपमा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई फिफाको नैतिक समितिले सबैखाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ । प्रतिबन्धसहित उनीमाथि २० हजार स्वीस फ्र्यांक (करिब २१ लाख रुपैयाँ) जरिवाना गर्ने निर्णय पनि गरेको छ । उनी राप्रपा नेपालका सिफारिसमा मन्त्रिपरिषद्बाट मनोनित सांसद हुन् ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/