काठमाडौं, मंसिर २६ - एशियाली फुटबल महासंघ एएफसीको अनुशासन कमिटिले खेल मिलेमतो गरेको पाइएपछि आजीवन प्रतिबन्ध खेपेका पाँच खेलाडीले मिलेमतो गरेको खेलका बारेको जानकारी सार्वजनिक गरेको छ ।
एएफसीले सागर थापा, सन्दिप राई, रितेश थापा, अन्जन केसी र विकास सिंह क्षेत्रीले कुन कुन खेलमा मिलेमतो गरेका थिए भन्ने जानकारी सार्वजनिक गरेको हो ।
अञ्जन केसी
- सन् २००९ को अक्टोबर १७ र डिसेम्बर ९ मा अफगानिस्तासँगका मैत्रिपूर्ण खेल
सागर थापा
- सन् २००९ को अक्टोबर १७ र डिसेम्बर ९ मा अफगानिस्तासँगको मैत्रिपूर्ण खेल
- सन् २०११ को अक्टोबर ११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेल
- र, सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल
रितेश थापा
- सन् २००९ को अक्टोबर १७ र डिसेम्बर ९ मा अफगानिस्तासँगको मैत्रिपूर्ण खेल
- सन् २०११ को अक्टोबर ११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेल
- र सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल
सन्दिप राई
- सन् २०११ को अक्टोबर ११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेल
- सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल
- र सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल
विकास सिंह क्षेत्री
- सन् २००८ को १७ अक्टोबरमा अफगानिस्तानसँग भएको मैत्रिपूर्ण खेल
- र, सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल