Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

विरगन्ज नाका पनि केहि दिनमा सहज हुने उपप्रधानमन्त्री थापाको दावी

हेटौंडा, मंसिर २६ - उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले अबको केहिदिनमा विरगन्ज नाकाबाट पनि आवागमन सहज हुने दावी गर्नुभएको छ ।
नयाँ संविधानका बारेमा नागरिकलाई जानकारी दिने राष्ट्रब्यापी प्रचार अभियान अन्तर्गत हेटौंडामा भएको कार्यक्रममा थापाले विरगन्ज बाहेकका नाका खुलिसकेकाले अबको केहिदिनमा विरगन्ज नाका पनि खुल्ने दावी उहाँले गर्नुभयो । 
पछिल्लो पटक आफूले भारत गएर गरेको वार्ता उपलब्धिमुलक भएको बताउँदै परराष्ट्र मन्त्री थापाले भारतले गरेको अघोषित नाकाबन्दी खोल्न सरकारले कुटनीतिक पहल अहिले पनि गरिरहेको बताउनुभयो । दुई महिना भन्दा बढीको नाकाबन्दीका कारण देश र नागरिकलाई ठुलै समस्या परेको उहाँले बताउनुभयो । 
मधेसमा उठेका मागहरुलाई राजनीतिक सहमति कायम गर्न तयार रहेको बताउँदै उहाँले भन्नुभयो ‘मधेसी मोर्चाले राखेका मागहरुलाई सहमतिबाट पुरा गर्न तयार भईसकेपछि पनि आन्दोलनलाई निरन्तरता दिनु भनेको नागरिकलाई दुख दिनुमात्र हो ।’
संविधानमा मधेसीहरुका हक अधिकार समेटिएको छैन भनेर तराईका जिल्लामा भ्रम मात्र फैलाउने काम भएको उहाँले बताउनुभयो । यो संबिधानमा समानुपातिक हकको ब्यवस्था गरिएकाले यसले सबै जात जाति, धर्म, महिला, सबैलाई समेट्ने दावी गर्नुभयो । 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/