Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

माग पुरा गराउन अन्तिम धक्काः महतो

रौतहट–संयुक्त मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसीको माग पुरा गराउन अन्तिम धक्का दिने चेतावनी दिएका छन्।
उनले वर्तमान सरकार मधेसको समस्या समाधान गर्ने पक्षमा नदेखिएको आरोप लगाउँदै शुक्रबारदेखि अन्तिम चरणको निर्णायक आन्दोलन चर्काउने चेतावनी दिए। बिहीबार नागरिकन्युजसँग कुरा गर्दै महतोले नयाँ संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै चार महिनादेखि आनदोलन जारी रहेपनि सरकारले समस्या समाधान प्रति चासो नदेखाएको भन्दै अन्तिम चरणको आन्दोलन चर्काउने चेतावनी दिएका हुन्।

मधेस आन्दोलन र राज्यलाई असहयोग आन्दोलनलाई तुहाउन सरकारलगायत प्रमुख दलले चलखेल गरिरहेको भन्दै महतोले यथास्थितिमा वार्ताको औचित्य समाप्त भइसकेको दाबी गरे। उनले शान्तिपुर्ण आन्दोलनबाटै मधेसको अधिकार स्थापित गराउने एक मात्र विकल्प बाँकी रहेको भन्दै शुक्रबारदेखि सशक्त आन्दोलनको आँधीबेरी ल्याउने दाबी गरे।

'वीरगंज बाहेकका नाकालाई खुकुलो बनाउँदासमेत सरकारले वास्ता गरेन,' उनले भने,' अब कति दिनसम्म बाटो हेर्ने? भोलीदेखि खुकुलो रहेका देशभरीका सम्पुर्ण नाकाहरुलाई पूर्ण रुपमा ठप्प पार्ने हिसावले आन्दोलन गर्ने तयारीमा मोर्चा जुटिसकेको छ।'

उनले तराइ मधेसका सम्पुर्ण सरकारी कार्यालय, बजार, पसल, उद्योग, कलकारखाना तथा राजमार्ग क्षेत्रलाईसमेत पूर्ण रुपमा अवरुद्ध पार्ने उनले दाबी गरे। आन्दोलन दबाउने निहुँमा सरकारी पक्षले विद्यालयलाई निशाना बनाउन सक्ने अवस्था आए विद्यालयसमेत बन्द गरिने बताए ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/