Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

खोटाङमा भीषण आगलागी

खोटाङ–खोटाङ सदरमुकाम दिक्तेलमा बिहीबार दिउँसो आगलागी भएको छ। दिउँसो ३ बजे सुरु भएको आगलागीमा हालसम्म दिक्तेलको रत्नपार्कस्थित हिरालाल पुरी लगायतका तीन वटा घर तथा पसल जलिसकेका छन्।
अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र दमकलले आगलागीको नियन्त्रणको प्रयास जारी राखेका छन्। आगलागीको कारण खुल्न सकेको छैन। आगो हिरालाल पुरीको कपडा पसलबाट सुरु भएको प्रहरीले जनाएको छ। आगोको क्षतीको बिस्तृत विबरण आउन बाँकी छ।


आगलागी सुरु भएपछि दिक्तेलमा त्रास फैलिएको छ। आगो नियन्त्रणकालागि जलेका घरको दायाँ बायाँका घरको जस्ताको छाना उधार्ने काम भइरहेको छ ।

Ą
https://www.flickr.com/photos/spklg/15211044551/