Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तलाई निलम्बन गर्न अख्तियारको सिफारिस

पुस २, २०७२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तलाई पदबाट निलम्बनको सिफारिस गरेको छ । आयोग स्रोतका अनुसार ढुवानी सम्बन्धी अनियमिततामा मुछिएको वन्तमाथि छानविन भइरहेकाले उनको निलम्बनका लागि सरकरालाई सिफारिस गरिएको हो ।
वन्तमाथि आ. व ०६९/७० र  ७०/७१ सशस्त्र प्रहरी बलको प्रयोजनका लागि विभिन्न सामान खरीद गर्दा ढुवानीको नक्कली बील बनाएको आरोप छ । अख्तियार स्रोतले वन्तको स‌ंलग्नतामा सदा ज्योती सप्लायर्सको अस्वभाविक रुपमा झुठा बील र पत्र तयार गरिएको भेटिएको जनाएको छ । वन्तसँगै सशस्त्र प्रहरीका डिएसपीद्वय सुमनजंग थापा र रामकृष्ण महर्जन र इन्सपेक्टर बीनबहादुर थापालाई पनि निलम्बनको अख्तियारले सिफारिस गरेको छ ।

वन्तको हकमा प्रधानमन्त्री कार्यालय र अन्य अधिकृतलाई आजैको मितिबाट निलम्बन गरी ७ दिन भित्र आयोगमा उपस्थित गराउन पत्राचार गरिएको छ ।
News from ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/