Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मह जोडीको अफिसियल वेबसाइट सार्वजनिक

पुस २, २०७२- हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)ले अफिसियल वेबसाइट सार्वजनिक गरेका छन् । अब मह जोडीलाई हेर्न र सुन्न अब न स्टेज पुग्नुपर्छ, न रेडियोको कान बटार्नु पर्छ, न त टेलिभिजनमा समय र बार नै कुर्नुपर्छ । दर्शकले अब आफ्नो अनुकुल समयमा महलाई उनीहरुको वेबसाइटमा सजिलै देख्न सक्छन् ।
उनीहरुको अफिसियल वेबसाइट डब्ल्युडब्ल्युडब्ल्यु महजोडी डटकम डट एनपीमा महको बायोग्राफीसँगै सबै सिर्जनाहरु हेर्न र पढ्न सकिन्छ । कलाकार आफैँले वेभसाइट बनाएर व्यावसायिक रुपमा सुरुवात गरेको सम्भवत यो पहिलो पटक हो ।

'पहिले पहिले क्यासेट, सिडी बिक्री हुन्थ्यो । अहिले त्यो क्रम शून्य छ । त्यसैले युट्युब च्यानल, अनलाइनलाई एउटा आम्दानीको श्रोत मान्न थालिएको,' मह जोडीले भने, 'यस हिसाबले हामी नयाँ प्रविधिमा गएका हुौं।' महका सिर्जनाहरु युट्युबमा टुक्रा टुक्रा गरी हेर्नु पर्थ्यो । अब वेभसाइटमार्फत महका पुरै टेलिफिल्म, नाटक, प्रहसन हेर्न सकिन्छ ।
यो सँगै मदनकृष्ण हरिवंशका बारेमा अध्ययन गर्न चाहनेहरुका लागि यो वेबसाइटले सहयोग पुर्‍याउने मह जोडीको विश्वास छ । महजोडीको वेभसाइटमा उनीहरुले उत्पादन गरेका सामग्रीको संक्षिप्त विवरण पनि उल्लेख गरिएको छ ।

News from Ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/