Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

हेमन र नवीनले डेब्यू गर्दै

बंगलादेशविरुद्ध नेपाली टिम घोषणा


पुस २, २०७२- मिडफिल्डर हेमन गुरुङ र विंगर नवीन लामाले  बंगलादेशसँगको खेलबाट आज अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गर्ने भएका छन् ।
नेपालविरुद्ध बंगलादेशको खेल १६:४५ बजे ढाकास्थित बंगबन्धु स्टेडियममा सुरु हुँदैछ । त्यसको लागि मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्सले छनोट गरेको ‘प्लेइङ सेट’मा परेपछि हेमन र नवीनले पहिलोपल्ट राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएका छन् । नवीन राष्ट्रिय टिममा पहिलोपल्ट छानिएका हुन् भने हेमन यसअघि पनि नेपाली टिममा थिए । तर हेमनले मैदानमा खेल्ने मौका पाएका थिएनन् । यी दुवै एपीएफ क्लबसँग आबद्ध छन् ।

ओसेम्सले लामो समयदेखि नेपालको गोलपोष्ट सम्हाल्दै आएका किरण चेम्जोङलाई पनि पहिलो रोजाईमा राखेका छैनन् । उनको स्थान आर्मीका किपर विकेश कुथुले लिएका छन् । डिफेन्समा विराज महर्जन, आदित्य चौधरी, जितेन्द्र कार्की र रन्जित धिमाल खेल्दैछन् ।
हेमन र नवीनसहित मिडफिल्डमा विक्रम लामा र विशाल राई हुनेछन् । फरवार्डमा कप्तान अनिल गुरुङ र अन्जन विष्टलाई छनोट गरिएको नेपाली टिमका मिडिया अफिसर सुवास हुमागाईंले ढाकाबाट बताएका छन् ।
Sports News from ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/