Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

निगमले थाल्यो ताप्लेजुङ-काठमाडौं उडान

पुस २, २०७२- राष्ट्रिय ध्वजा बाहक नेपाल बायु सेवा निगमले दुई बर्षपछि काठमाडौं-ताप्लेजुङ उडान सुरु गरेको छ । सुकेटार विमानस्थलको धावनमार्ग कालोपत्रेको काम सकिएपछि विहीवारदेखि उडान सुरु गरेको हो ।
सातामा तीन दिन आइतवार, बुधवार र विहीवार उडान गर्ने निगमले जनाएको छ । धावनमार्ग कालोपत्रेको कामसँगै दुई वर्षदेखि उडान रोकिएको थियो । निजी कम्पनिको तुलनामा निगमको भाडा एकतर्फी ३ हजार ५ सय रुपैंया सस्तो छ ।

निजीले यात्रुको माग थेग्न नसकेकालेपनि  जिल्लाबासिले उडानकालागि पटक/पटक अनुरोध गरेका थिए । निजीले अहिले ९ हजार ५ सय भाडा लिदै आएका छन् । यसले छ हजारमा उडान सुरु गरेको छ । यो सँगै ताप्लेजुङ काठमाण्डौ अव सातामा छ वटा उडान हुने भएका छन् । गोमा एयरले मंगलवार र शुक्रवार र तारा एयरले शुक्रवार उडान गर्दै आएका छन् । २०३२ सालमा निर्माण भएको सुकेटार विमानस्थलमा पछिल्ला बर्ष बिदेसी पर्यटकले धेरै प्रयोग गर्दै आएका छन् । कञ्चनजंघा र पाथीभरा जाने तथा बिरामिकालागि लाभदायक भएको छ ।
As posted in ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/