Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

'गुन्डा नाइके' गणेश लामाका विश्वासपात्र तामाङलाई अदालतबाट सफाई

जिल्ला अदालत काठमाडौंले अपहरण र लागु औषध मुद्दामा पक्राउ परेका गुन्डानाइके गणेश लामाको विश्वासपात्र दावा लामा भनिने जितेन्द्र तामाङलाई सफाई दिएको छ।  
 
काभ्रे सल्ले २ घर भई बौद्धमा बस्दै आएका २०७१ भदौं २ गते जोरपाटीबाट १४ दशमलव ५० ग्राम खैरो हिरोइनसहित पक्राउ परेका उनलाई कारबाहीको साटो अदालतले सफाइ दिएको हो। अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले भने उनलाई दाबी नपुगेको भन्दै अन्तिम आदेश सुनाएर सफाई दिएका छन्। पहिला दीपक मनाङगेका सहयोगी उनी पछि गणेश लामाको विश्वासपात्र भएर काम गर्दै आएका थिए। गणेश लामा प्रहरीको मोस्ट वान्टेड सूचीमा परेपछि हाल उनी देश बाहिर छन् ।
 
उनीमाथि लागु औषधबाहेक २०७० असार २० गते ललितपुरका राजन श्रेष्ठमाथि खुकुरी हानी घाइते भएका थिए ।  श्रेष्ठले हाँकेको कार रोकेर उनले खुकुरीले हान्दा श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनीमाथि २०७० चैत्र १४ गते महाराजगंजस्थित इन्दे्रणी क्याफे नजिक टेकु बस्ने सुनिल अग्रवालको अपहरण गरी नगद ११ लाख ५० हजार र ४१ लाखको चेक लगेका थिए ।
 
'दाबा लामा उपत्यकाका गुन्डागर्दी कहलिएका नाम हुन् त्यही पनि लागुऔषध तथा अपहरण मुद्दामा प्रमाणसहित हामीले अदालतसमक्ष बुझाए थियौं, तर उनले सफाई पाए' एक अनुसन्धान अधिकृतले सेतोपाटीसँग भने ।
आफूहरुले प्रमाणसहित सरकारी वलिकको कार्यालयमा कागजात पेश गरेपछि सरकारी वकिलको कार्यालयले मुद्दा कमजोर बनाएको भन्दै ती अधिकारीले यस्ता प्रकारका कार्यले प्रहरीको मनोवल झन घट्ने बताए ।
 
अदालतका सेस्तेदार ध्रुब उप्रेतिले दाबी नभएको भन्दै उनलाई सफाई दिएको बताए। सफाइ दिनुको मुख्य कारण र आधार फैसलाको पूर्ण पाठ आएपछि मात्र थाहा हुने र यो भन्दा बढी बोल्न नमिल्ने बताए ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/