Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

रक्षामन्त्री बोल्दैगर्दा अमरेश सिंह भड्किएपछि...(भिडियो)

काठमाडाैं-मंगलबार सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा मधेस अान्दोलनमा नेपाली सेना परिचालन र सेनाकाे समावेसिकरणबारे छलफल भएको छ। रक्षामन्त्रालय र नेपाली सेनाबारे समिति सदस्यहरूले उठाएका सवालको जवाफ दिन रक्षामन्त्री भीम रावल र प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई हम्मे पर्यो।
समिति सदस्यहरुले रक्षामन्त्रीमाथि थुप्रै प्रश्न, सुझाव र आक्रोशमिश्रित चेतावनीसमेत दिएका थिए।
समिति सदस्य मध्येका एक नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले मधेस आन्दोलन दबाउन नेपाली सेना परिचालन गरेको भन्दै आपत्ति व्यक्त गरे। उनले सेनालाई राजनीतिममा तान्ने प्रयास भएको अारोप लगाए।
उनले सेनामा मधेसीहरुको प्रतिनिधित्व कम भएको भन्दै सेना समावेसी नभएको जिकिर गरेका थिए। त्यसको जवाफदिने क्रममा रक्षामन्त्री भीम रावलले मधेसमा सेना परिचालनको वचाउ गर्दै नेपालको संविधान र नेपाली सेना विश्वकै समावेसी र उत्कृष्ट रहेको दाबी गरे। रावल बोल्दै गर्दा अमरेश कुमार सिंह एकाएक भड्कीए। उनले रक्षामन्त्रीसँग प्रतिबाद गर्दै बैठक नै छाडेर हिंडे।
सिंह हिडेपछि रावल पनि अाक्रोशमा अाए। उनले सिंहलाइ लक्षित गर्दै अाफ्ना कुरा राख्ने अरूका कुरा नसुन्ने भन्दै ‘यस्तैले हो बिगारेको’ भने। रावलले अाक्रोश पोखे ‘यो देशमा समस्या खडा गर्ने यस्तैले हो, यो लोकतान्त्रिक चरित्र हैन।’
हेरौं बैठकको यो दृश्य (भिडियो)

‘नेपाली सेना विश्वकै सबैभन्दा समावेसी’

उपप्रधान एवं रक्षामन्त्री भीम रावलले नेपाली सेना विश्वकै सबैभन्दा बढी समावेशी भएको बताएका छन्। व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकमा रक्षामन्त्री रावलले नेपाली सेना भित्र सबै जातजातिलाई समावेश गराउन कानुनले नै व्यवस्था गरेको भन्दै यस्तो समावेशी सेना भारत, अमेरिका र बेलायतमासमेत नभएको दाबी गरे।
समिति सदस्यहरुले नेपाली सेना समावेशी नभएको भन्दै प्रश्न उठाएपछि रक्षामन्त्री रावलले नेपाली सेना विश्वकै समावेशी भएको दाबी गरेका हुन्। उनले सेना देखाउनको लागि मात्र नभएको तर्क गर्दै संविधानमा उल्लेख भए अनुसार सेनाले काम गर्ने बताए। 'यसको अर्थ अहिले नै सेना परिचालन गर्ने भन्ने होइन,' उनले भने,' अहिले नै सेना परिचालन गर्नुपर्छ भन्दा पनि संविधानको व्यवस्था अनुसार मुलुकलाई आवश्यक परे सेना परिचालन गर्न सकिन्छ भन्ने हो।'
यसअघि आफूले आवश्यक परे सेना परिचालन गर्न सकिन्छ भन्ने अभिव्यक्ति फरक सन्दर्भमा उल्लेख गरेको बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरीले नियन्त्रण गर्न नसकेको काम सेनाले गर्ने कानुन मै उल्लेख भएको उनको भनाइ थियो। रक्षामन्त्री रावलले नेपाली सेनाभित्र नाक र छालाको आधारमा कुनै विभेद नभएको उल्लेख गर्दै नेपाली सेना विश्वकै सबैभन्दा समावेशी भएको बारम्बार दोहोर्याएका थिए।

बैठकमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना समावेशी नभएको कुरा सत्य नभएको बताए। उनले सेनाभित्र ५८ दशमलव ४५ प्रतिशत क्षेत्री बाहुन, २६ दशमलव ९ प्रतिशत आदिवासी जनजाति, ६ दशमलव ९९ प्रतिशत मधेसी, ६ दशमलव ६० प्रतिशत दलित र ० दशमलव ४५ प्रतिशत अन्यको प्रतिनिधित्व रहेको बताए। प्रधान सेनापति क्षेत्रीले सेनाभित्र सबै जाति, क्षेत्र र लिंकको समावेशीकरण अन्य मुलुकमा नभएकोसमेत बताए। उनले सेनामा भर्ती हुन तोकिएको मापदण्ड पुरा गर्नुपर्ने भन्दा संविधान र कानुनले दिएको सिद्धान्त पालना गर्ने बताए। उनले सरकारले दिएको जिम्मा सेनाले पुरा गर्नेसमेत बताए।

बैठकमा सदस्यहरुले नेपाली सेना समावेशी नभएको, सेनामा भर्ती हुँदा पैसा खाएको भन्दै प्रश्न उठाएका थिए। जवाफमा सेनापति क्षेत्रीले सेनामा भर्ती हुन पैसा आवश्यक नपर्ने भन्दै भनसुन वा पैसा खुवाएर सेनामा भर्ती हुन्छ भन्ने नठान्न आग्रह गरे। समिति सदस्यहरुले सेनाले भूकम्पको बेलामा सेनाले निर्वाह गरेको भूमिकाको प्रशंषा गरेका थिए। समिति सदस्य अमेरशकुमार सिंहले अहिले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्री एउटै विचारधाराका भएकाले नेपाली सेनामा राजनीतिक घुस्नसक्ने बताएका थिए। उनले सेनामा मधेसीको संख्या निकै कम भएको भन्दै नेपाली सेनालाई समावेशी भन्न नमिल्ने बताए। नेपाली सेनालाई लोककल्याणकारी बनाउनुपर्ने भन्दै सिंहले नयाँ संविधान अनुसार ऐ बनाउनुपर्ने बताए।
IMG 5584
राज्यव्यवस्था समितिको बैठकमा रक्षामन्त्रालय र नेपाली सेनाबारे खुलेर छलफल भयो । रक्षामन्त्री भीम रावल र प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई समिति सदस्यहरुले थुप्रै प्रश्न, सुझाव र आक्रोशमिश्रित चेतावनीसमेत दिए। समिति सदस्य रामेश्वर फुयालले सेनाका प्रत्येक गतिविधि पारदर्शी बनाउनुपर्ने बताए।
उनले पुराना हतियारले नयाँ काम गर्न नसकिने भन्दै सेनालाई अत्याधुनिक हतियार उपलब्ध गराउनुपर्ने बताए। सांसद प्रेम सुवालले भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा जनताको जिउ धन रक्षा गर्ने अविभारा लिएको नेपाली सेना चुप लागरे बस्न नहुने बताए। उनले दशगजाबाट नेपालमा ढुंगाबुढा हान्न सेना के हेरेर बसेको भन्दै प्रश्न गरे।

समिति सभापति दिलबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सुरक्षा नीति प्रस्ताव अघि बढाउन रक्षामन्त्रालयलाई निर्देशन दिएको छ। बैठकले सेनाको पुर्नसंरचना गर्ने कार्य सैनिक ऐन २०६३ परिमार्जन गरी त्यसको जानकारी समितिलाई गराउन निर्देशन दिएको छ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/