Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

घटना एक, नियति दुई : मदनपत्नी शीतलनिवासमा, जीवराजपत्नी डेराको दुःखमा

पार्टी कार्यक्रममा पोखराबाट चितवन जाँदै गर्दा दासढुंगामा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित दुर्घटना परे । दुवैको ज्यान गयो । दुई नेतामध्ये मदनकी पत्नी विद्यादेवी भण्डारी एमाले राजनीतिमै सक्रिय रहेर अहिले राष्ट्रपति बनेकी छिन्, जीवराजपत्नी माया भने गुमनाम छिन् । उनी चाबहिलस्थित गोपिकृष्ण हलपछाडि दुई कोठा भाडामा लिएर बसेकी छिन् । सरकारले ५ आना जग्गा दिएको छ, तर आर्थिक अभावले घर बनाउन सकेकी छैनन् । विद्या राष्ट्रपति भइसकेपछि भेट्ने उनको ठूलो इच्छा थियो, तर अझै भेट्न पाएकी छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै बधाई दिने उनको इच्छा पनि पूरा भएको छैन । भन्छिन्, ‘सय पटकभन्दा बढी फोन गरेँ हुँला । तर भेट पाएकी छैन ।’ उनले आफ्ना भोगाइ रातोपाटीसँग यसरी व्यक्त गरिन् :
दुई कोठामा गुजारा
मैले रोजेको बाटो काँडैकाँडाको थियो । उहाँ व्यवस्थाविरूद्ध लडिरहनुभएको थियो । जेल पर्ने वा मारिने सम्भावना स्वाभाविक थियो । तथापि मैले उहाँलाई नै रोजेँ । आगोमा हात हालेपछि पोल्छ भन्ने थाहा हुनु स्वाभाविकै थियो ।
दुर्घटनामा उहाँको निधन भयो । रोजेकै दुःख भए पनि परिवारको मूली नहुँदाको अभाव अवर्णनीय छ । सानो जागिरले धानिरहेको परिवार अघि बढाउन मलाई निकै दुःख भयो । बच्चा हुर्काउन र पढाउन निकै समस्या झेल्नुपर्यो ।
त्यसो त आर्थिक समस्या नयाँ कुरा थिएन । त्यसैले जागिर खाएको थिएँ । कृषि सामग्री केन्द्र, टेकुमा पाचौँ तहमा कार्यरत थिएँ । करिब २८ सय कमाउथेँ । त्यतिले सामान्यतः खान–लाउन पुग्थ्यो त्यो बेला । त्यतिबेलाका घरबेटीले पनि एकदम सहयोग गर्नुभयो । एक बर्षको भाडा नै लिनु भएन । अहिले पनि उहाँलाई सम्झिरहन्छु ।
अहिले समस्या पनि दुई कोठामा जेनतेन गुजारा गरिरहेकी छु । आफ्नै बास भएको भए समस्या हुँदैनथ्यो । डेरा भाडा महँगो छ । अरू महँगी त्यस्तै छ । आयस्रोत केही छैन । सरकारले दिएको जग्गामा घर बनाउन खोजेको एक बर्ष भयो, पैसाको अभावले पूरा गर्न सकेकी छैन । मसँगै घर बनाउन थालेकाहरू घरमा सरिसक्नुभयो । मैले अझै बनाउन सकेकी छैन ।

बाँध्यो छोराछोरीको चिन्ताले
दुर्घटना पछि राजनीति नै गर्छु भन्ने सोच बनाएकी थिएँ । सक्रिय भएर लागेँ पनि । तर बच्चाको शिक्षादिक्षालाई उत्तिकै प्राथमिकता दिनु थियो । यो सन्दर्भमा गणेशमान सिंहले भेट्न आउँदा भन्नुभएको कुराको याद आयो । उहाँले भन्नुभएको थियो, ‘नानी, अब तिमीले राजनीतिक नेताको श्रीमतीमात्र होइन, दुई छोराछोरीकी आमा हुँ भन्ने पनि jibraj (3)सोच्नुपर्छ ।’ सुरुमा त मलाई कस्तो–कस्तो लाग्यो । पछि थाहा भयो, उहाँको भनाइ वास्तवमै व्यवहारिक थियो । छोराछोरीको भविष्यलाई वेवारिस पार्दा त उहाँप्रति पनि अन्याय नै हुन्थ्यो । त्यसैले कसैलाई जिम्मा लगाउन मनले मानेन । त्यसैले उनीहरूको पढाइमा ध्यान दिन थाले ।
एक दुई बर्षसम्म त कसरी सम्हाल्ने भनेर आत्तिएँ । त्यसपछि बिस्तारै सम्हालिएँ । छोराछोरीलाई राम्रो ठाउँमा पढाउने सोचेँ । ७ कक्षामा पढदै गरेको छोरालाई ऋण खोजेर बुढानिलकण्ठ स्कुल भर्ना गरेँ । छोरीलाई ८ कक्षामा एभरेष्ट स्कुल भर्ना गरेँ । एलएलसीसम्म ऋण काढेर नै छोराछोरीलाई पढाएँ । वामदेव गौतम गृहमन्त्री हुँदा ऋणबारे कुरा गरेँ । उहाँले मेरो दुःख देखेपछि व्यवस्था मिलाइदिनुभयो ।
छोरालाई प्लस टू पढाउन मदन भण्डारी प्रतिष्ठानले सहयोग गर्यो । छोरीलाई पार्टीका शुभचिन्तक हरि पाण्डेले पोखरा लगेर पढाउनुभयो । अहिले छोरो चीनमा एमबिबिएस पढ्दै छ, छोरी आन्तरिक राजश्व कार्यालयमा जागीरे छिन् ।
छोरीलाई जागीर खुवाउन निकै दुःख गर्नुपर्यो । युवराज ज्ञवालीलाई भनेँ, ‘सक्दैनौँ’ भन्नुभयो । माधव नेपालले पनि ‘गा¥हो छ’ भन्नुभयो । झलनाथ खनाललाई पिएमार्फत भनेकी थिएँ, ‘तर केही भएन । अन्त्यमा, एकजना चिनजानका आधारमा आन्तरिक राजश्व कार्यालयको हाकिमलाई भनेर करारमा जागीर लगाइदिएकी छु ।
पार्टी फुटेपछि माले रोजेँ, बीचैमा छोडेँ
०५४ मा पार्टी फुट्यो । त्यसबेला माले भएर राजनीति गर्ने सोचले मालेमा लागेँ । मान्छे पनि थोरै थिए । माथि पुगिन्छ कि भन्ने आशा थियो । तर ०५६ सालको संसदीय निर्वाचनमा पार्टीले कुनै सिट जितेन । त्यसपछि प्रदीप ज्ञवाली भाइले भन्नुभयो, ‘दिदी, मालेमा बसेर केही खैरियत छैन । चुनाव पनि हा¥यो, एमालेमा आउनुपर्यो ।’ आश्रितका चेला प्रदीपको कुरा ठिकै लाग्यो । आश्रितकै जन्मजयन्ती पारेर केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनु भयो । त्यतिबेला jibraj (5)मैले गल्ती गरेँ कि झैं लाग्छ । मैले वामदेवलाई सोध्नुपथ्र्यो । त्यही पूर्वाग्रहका कारण वामदेवले अहिले पनि मलाई विश्वास नगरेको हो कि जस्तो लाग्छ ।
पछि एमालेसँग पार्टी एक भयो । त्यस क्रममा उचित सम्मान भएन । त्यसपछि पार्टीप्रति वितृष्णा जाग्यो । कसैले आड नदिई माथि पुग्दो सकिने रहेनछ, राजनीति सिधा हिसाबले हुँदो रहेनछ भन्ने लाग्यो । त्यसैबेला विद्या भण्डारी राजनीतिमा आउनुभयो । पार्टीले पनि मदन भण्डारीको ठाउँमा उहाँलाई उठायो । उहाँले पनि जित्नुभयो । त्यो बेला उहाँलाई पार्टीले माथि ल्यायो ।
मलाई त्यही बेला नभए पनि अर्को पटक ल्याउनुपथ्र्याे । त्यसो नगरे पनि कुनै सरकारी ओहोदा दिन सकिन्थ्यो । पञ्चायतकालमै कर्मचारी भएर कर्मचारीतन्त्र बुझेकी थिएँ । तर त्यसो हुन सकेन ।
भेट्नै छाडे नेताले, स्वार्थी भयो पार्टी
पहिले–पहिले त नेताहरू भेट्न आउनुहुन्थ्यो । तर केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल, भरतमोहन अधिकारीगायतका पार्टी नेता आउनुहुन्थ्यो । गिरिजाप्रसाद कोइराला, शेरवहादुर देउवालगायत पनि आउनुभएको थियो । तर अहिले त उहाँहरूलाई नभेटेको धेरै भइसक्यो । बिर्संदै जानुभयो । फोन पनि गर्नुहुन्न । म पनि धाउँदिनँ ।
jibraj (4)सोमनाथ प्यासी पोखराबाट काठमाडौं आउदा फोन गर्नुहुन्थ्यो । तीन बर्ष भयो, फोन गर्नु भएको छैन । खै किन हो थाहा छैन । पार्टीमा शुभचिन्तक हरि पाण्डेले फोन गर्नुहुन्छ कहिलेकाही । अरू कसैले पनि गर्दैनन् । मबाट कुनै पनि स्वार्थ पूरा हुन नसक्ने देखेपछि किन गरून् त फोन ? न म कसैलाई पुलिसमा भर्ना गर्न सक्छु, न पार्टीको उच्च ओहोदामा बोली नै बिक्छ ।
पार्टी पहिलाजस्तो छैन, स्वार्थी भइसक्यो । सिद्धान्त बैठकमा हो, अरू बेला मलाई चाहियो, मेरो मान्छे हुनुप¥यो भन्छन् । मलाई गरिने व्यवहार पनि उत्तिकै खड्किन्छ । पार्टीले ठाउँ देओस् भन्ने मेरो चाहना हो । आफूले बनाएको पार्टीबाट पयालन हुन नपरोस् भन्ने हो । भूमिगतकालमा जनतालाई बुझाउँदै हिडेको मान्छेलाई आज केही जानेको छैन भन्ने ठानेर नथन्क्याइयोस् भन्ने भनाइ हो ।
पार्टीमा लागेर सेवा गर्ने मन छ
अहिले पार्टी सरकारमा छ । हामीले काम गर्न सक्ने निकायमा सेवा गर्ने मौका दिए हुन्थ्यो भन्ने लाग्छ । मलाई जस्तो पनि भूमिका निर्वाह गर्न सक्छुजस्तो लाग्छ ।
पार्टीमै पनि मलाई कुनै जिम्मेवारी दिइएको छैन । पार्टी एकता हुँदा राष्ट्रिय परिषद् सदस्य भएकी थिएँ । पछि सल्लाहकार बनाए । अहिले केही छैन । तैपनि पार्टी कार्यक्रममा सहभागी हुने गरेकी छु । भूकम्पका बेला पार्टीले चलाएको jibraj (6)अभियानका क्रममा काठमाडौं क्षेत्र नं. ४ मा एक महिना काम गरेकी थिएँ ।
काँडैकाँडाको बाटो हिँडेर कम्युनिष्ट बनियो । अप्ठ्यारोमा पार्टीलाई साथ दिइयो । अहिले सहज परिस्थितिमा पार्टीले समेटोस् भन्ने लाग्नु स्वाभाविक हो । त्यसो नगर्दा दुःख लाग्छ । जनताले अझै मुक्ति नपाएकोमा चिन्ता लाग्छ । अझै पनि मलाई जनताको सेवा गर्न मन छ ।
भेटेरै बधाई दिने मन छ विद्यालाई
विद्या भण्डारी राष्ट्रपति हुनुहुन्छ । उहाँको र मेरो श्रीमान एउटै घटनामा परेपनि उहाँसँग कहिल्यै अन्तरंग कुरा हुन पाएन । कहिल्यै नजिक पनि भइएन । घटनाअघि नै प्रदीप नेपालले दुवै परिवारलाई सँगै खाना खुवाउनु भएको थियो । त्यसैबेला पहिलोपटक भेट भएको थियो । घटनापछि रंगशालामा भेट भयो । म केही पटक भेट्न गएँ । धेरै लामो कुरा हुन पाएन । राजाले शासन गरेको बेला थियो । ‘मायाजी, पार्टी गाह्रो स्थितिमा छ’ भन्नुहुन्थ्यो । त्यसपछि मैले jibraj (7)उहाँलाई भेट्न पाएकी छैन । उहाँको पिएले कहिल्यै समय दिएनन् ।
राष्ट्रपति भइसकेपछि उहाँलाई भेट्न मन लागेको छ । बधाई दिन फोन गरेँ । फोन लाग्यो, तर पिएले उठाउनुभयो । उहाँमार्फत नै बधाई दिएँ । भेट्नका लागि समय मिलाउन अनुरोध गरें । तर उहाँ नै बेफुर्सदिलो भएर होला, समय मिलाउन सक्नुभएको छैन ।
प्रधानमन्त्रीलाई सय पटक फोन
केपी शर्मा ओलीलाई पनि भेटेरै प्रधानमन्त्री बन्नुभएकोमा भेटेरै बधाई दिन मन लागेको छ । ‘देशलाई अगाडि बढाउने सुनौलो मौका छ । नमूना बन्नुहोस्’ भन्न मन छ । तर उहाँलाई भेट्न पनि समय मिलेको छैन । सय पटक जति फोन jibraj (1)गरेँ हुँला । तर पिएले ‘तपाईंको नाम लिष्टमा छ, बोलाउछु’ मात्रै भन्नुभएको छ । तर अहिलेसम्म बोलाउनु भएको छैन । जबरजस्ती जाने हो भने त अहिले पनि जान सक्छु । तर म नानीमैयाँजस्तो भएर जानु भएन नि ! समय मिलाउँदै हुनुहुन्छ भन्ने आशामा छु ।
पुस्तकालय योजना
अब आफ्नै घर बनाउने योजनामा छु । घर बनेपछि उहाँका किताबलाई उहाँकै नाममा पुस्तकालय बनाउने योजनामा छु । त्यस्तै घरअगाडि बगैँचा बनाएर स्तम्भ बनाउने योजना छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/