Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

चीनले पनि नाकाबन्दी गरोस् : राजेन्द्र महतो

पत्रकार सम्मेलनमा नेता महताे।
काठमाडौं— संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आबद्ध सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छिमेकी उत्तरी छिमेकी चीनलाई पनि नेपालमाथि नाकान्दी लगाउन आह्वान गरेका छन्। भारतको अघोषित नाकाबन्दीलाई औपचारिक बनाउन उनले आग्रह गरे।
नाकाबन्दीलाई उनले 'बाध्यात्मक' परिस्थितिको संज्ञा दिए। 'संबिधानसभामा चुनावमा जान अन्तरराष्ट्रिय समुदायले दबाव दिएपछि २०६४ फागुन १६ मा हामीले सरकारसंग ८ बुँदे सम्झैता गरेर त्यतिबेलाको मधेश आन्दोलन रोक्यौं। माधव नेपाल र पुष्पकमल दहाललाई साक्षी राखेर गिरिजाप्रसादले सरकारकोतर्फबाट गरेको सम्झैता यतिखेर सरकारले नमानेकोले अन्तराष्ट्रिय जगत यतिखेर हामीलाई साथ दिनुपर्छ।' यो कुटनीतिक निकायहरुका लागि यो नैतिक प्रश्न भएको दाबी गरे।

मधेश आन्दोलनको सामाधानका लागि त्यही आठबुँदे सम्झैताको कार्यन्यवन र अन्तरिम संबिधानले प्रदान गरेको अधिकारको समेत नयाँ संबिधानमा कटौति भएकोले ती अधिकारहरुको पुर्नबाहाली आफुहरुको अजेन्डा भएको उनले प्रष्ट्याए ।

मधेश आन्दोलनमा सरकारले मानव अधिकारको गम्भीर उलंघन गरेको भन्दै उनले नेपाललाई गोली गट्ठा र इन्धन लगायत आपूर्ति रोक्नुपर्ने उनको भनाइ थियो।

मधेसी युवा बन्दूक माग्दैछन्

सरकारले दमन गरेर आन्दोलनलाई उग्र बनाएको उनको आरोप थियो। 'आन्दोलनकारी मधेशी युवाले हामीसँग बन्दुक माग्न थालेका छन्,' महतोले भने, 'मधेश कहिले पनि बिखण्डनकारी रहेन, राष्ट्रिय अखण्डताको पक्षमा रहँदै आएको छ।'

पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष शिवचन्द्र कुशवाहा, केन्द्रि सदस्य निजामुद्दीन लगायत उपस्थित थिए।
News published in: nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/