सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महताे। तस्विर: मदन ठाकुर
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो यो पटकको मधेस आन्दोलनका एक सशक्त नेतृत्वकर्ता हुन्। आन्दोलनको केन्द्र वीरगञ्जमा हजारौं समर्थकलाई नेतृत्व दिइरहेका महतोबारे विभिन्न किस्सा र कहावत समेत बनेका छन्। महतो निवास मलङ्गवा (सर्लाही) पुगेर नागरिकन्युजका राैतहट संवाददाता मदन ठाकुरले गरेको कुराकानीको सम्पादित अंश:
साराले देखिसके तपाइँले भारतको आडमा आन्दोलन गरिरहनु भएको छ। नेपाली दाजुभाइलाई दुःख दिइरहनु भएको छ?
मधेसको आन्दोलनलाइ भारतको आन्दोलन देख्नु, मधेसी जनतालाई भारतीय देख्नु यो गैरजिम्मेवारीपनको पराकाष्ठा हो। यसो भन्नु समस्यालाई पन्छाउने र जनताप्रतिको बेइमानी हो। ४० दिनसम्म मधेसमा चलेको शान्तिपूर्ण आन्दोलनलाई काठमाडौंले सुनेन। दर्जनौं मधेसी मारिँदा पनि काठमाडौंलाई वास्ता भएन। त्यसपछि बाध्य भएर नाकाबन्दी गर्ने निर्णय गरेका हौं।
त्यही त अहिले ग्यास, इन्धन अभावमा नेपालीले दुःख पाइरहेका छन्, कस्ट भोगिरहेका छन् तपाइँलाई बढो मजा आइरहेको होला हगि?
मैले धेरैअघि नै भनेको हुँ मधेसी मोर्चाको आवाज सुनिएन भने तिमीहरुको दानापानी बन्द हुन्छ भनेर। त्यसलाई उनीहरुले गम्भीरतापूर्वक लिएनन्। आखिर बाध्य भएर मोर्चाले त्यही अप्रिय निर्णय गर्नैपर्यो। यसलाई भारतले अघोसित रुपमा नाका बन्दी ग¥यो भनेर आरोपहरु लगाइएको छ यो गलत हो। मधेसीलाई भारतीय देख्नु, मधेसीले गरेको सम्पूर्ण काम भारतसँग जोडनु यो कुनै नौलो कुरा होइन। यो खोक्रो राष्ट्रवाद हो र सस्याबाट भग्ने उपाय पनि हो। यसबाट मुलुकको समस्या समाधान हुन सक्दैन यो धर्ती नेपालको धर्ती हो। यहाँको समस्या पनि नेपालकै हो। समस्या बुझ्नुपर्ने देशले हो। जनतालाई यसबाट दुःख हुन्छ त्यही भइरहेको छ।
काठमाडौंमा तपाइँको आलिसान बंगलो छ। मोर्चाका नेता पटक–पटक काठमाडौं गएर समस्या सुल्झाउन वार्ता गरिरहेका छन्। तपाइँ काठमाडौं नजानुको कारण के हो?
जब हामीले संविधान सभा परित्याग गर्यौं हामीले पार्टीको केन्द्रीय कार्यालय पनि काठमाडौंबाट हटाउने निर्णय गर्यौं। मधेस आन्दोलनभरि म मधेसमै बस्छु भन्ने मेरो धारणा हो। मधेसी जनताले अधिकार पाएपछि म काठमाडौं फर्किंन्छु। आन्दोलनका क्रममा म वीरगञ्ज मोर्चामा खटिएको थिएँ त्यही भएर काठमाडौं जाने औचित्य पनि देखिएन। आवश्यकता परे काठमाडौं जान सकिन्छ जाँदै नजाने भन्ने होइन।
केही मान्छेहरु भन्छन् मधेसमा ठोस माग केही छैन। नागरिकता राजेन्द्र महतोको माग हो किन महतो अंगिकृत नागरिकतावाला नेता हुन्। साँच्चै नढाँटी भन्नुहोस् त तपाइँसँग कुन नागरिकता छ?
म यो धर्तीको धर्ती पुत्र हुँ। भूमि पुत्र हुँ। यो धर्तीमा जन्मेको व्यक्ति हुँ। म अंगिकृत नागरिक होइन। सम्पूर्ण मधेसीलाई अंगिकृत नागरिक हेर्ने प्रवृत्ति, मानसिकताको दृष्टिले मधेसी नेतालाइ अंगिकृत नागरिकको रुपमा हेर्नु उनीहरुको दिवालियापनको द्योतक हो।
तपाइँका पिता, हजुरबा यहाँ (सर्लाही) कहाँनेर बस्नुहुन्थ्यो? केही बताइदिनोस् न।
खसवादी मिडियाहरुले मेरो नागरिकताको विषयलाई खुबै उठाए। मैले बारम्बार भन्दै आएको छु म यहाँको धर्तीपुत्र हुँ, भूमि पुत्र हुँ। यो कुप्रचारबाट मधेस आन्दोलन कमजोर हुन्छ कि भन्ने मनसायले यस्तो भनेको हुनसक्छ। त्यसबाट मलाई कुनै असरपर्ने वाला छैन। केही हुनेवाला छैन। २०४० सालमै समपूर्ण मधेसीलाइ हर्क गुरुङले भारतीय भने, विदेशी भने त्यसबेला मधेसमा अधिकारको कुरा गर्ने एउटा मात्र पार्टी थियो। त्यतिबेला गजेन्द्रनारायण सिंह नागरिकताको अधिकारका लागि लगातार १८ वर्षसम्म लडे। त्यो लडाइँमा होमिएको एउटा अर्को व्यक्ति राजेन्द्र महतो हो। पार्टीभित्र पनि नागरिकता आयोग २०५१ मा मैले काम गरेको छु।
मधेसमा पुस्तौंदेखि बस्दै आएकाहरुले नागरिकता नपाउने, घुस खुवाउन सक्ने, राजनीतिक संरक्षण लिनसक्ने 'नवनागरिक'हरुले सजिलै नागरिकता पाउँछन् भनेर पनि भन्छन्। के हो वास्तविकता?
नागरिकताको लागि हाम्रो पार्टी २५–३० वर्षदेखि लड्दै आएको छ। त्यसमा प्रमुख भूमिका मेरै छ। जब जब मधेसमा नागरिकताको समस्या उठ्छ तबतब पहाडेहरुले भन्छन् मधेसमा कुनै समस्या नै छैन। जसले नागरिकता पाउँदैनन् उसलाई सोझै भारतीय हो भनिन्छ। सबै मधेसीलाई भारतीय देख्नुमा पनि खास कारण छ। नागरिकले यो छाप्न सक्छ सक्दैन मलाई थाहा छैन २०४० सालमा हर्क गुरुङले मधेसको जनसंख्या कसरी बढ्यो भनेर एउटा रिपोर्ट दिएका थिए। उनले त्यसमा स्पष्ट पारेका छन् भारतीयहरु यता बसाइँ सर्दा मधेसमा जनसंख्या बढ्यो भनेर। त्यसपछि हामी सबैलाई भारतीय देख्न थालियो। २०४० सालतिर मधेसका जनतामा नागरिकता लिने प्रचलनै थिएन। बिना नागरिकता सबै काम हुन्थे। जग्गा पास पनि हुन्थ्यो। सरकारी जागिरको लागि भने नागरिकता चाहिन्थ्यो। सारा काम भइरहेको छ किन नागरिकता लिनुप¥यो भनेर मधेसी जनताले वास्ता गरेनन्। मधेसी जनताको यो भोलापनलाई के अर्थ लगाइयो भने नागरिकता लिएका जति नेपाली नागरिक र बाँकी भारतीय आगन्तुक। सरकारले पहाडबाट ३० लाख मान्छे ल्याएर राजमार्गको जंगल फँडानी गरी लाखौं बिघा जग्गा भूमिहीन सुकुम्बासीका नाममा वितरण ग¥यो। खासमा त्यसले जनसंख्या बढाएको थियो व्याख्या गरियो अर्कै। मधेसीले नागरिकता नलिएको कारण उसलाई भारतीय विदेशी भन्न त्यतिबेलादेखि नै थालिएको हो। त्यही मधेसीभित्र हामी मधेसी नेता पनि पर्छौं।
नागरिकताको सवाललाई लिएर नयाँ संविधानमा तपाइँहरुको असन्तुष्टि के हो?
यसमा हामी स्पष्ट छौं। मधेसी यहाँका धर्ती पुत्र हुन्। उनीहरु कुमाउ, गढवाल, दार्जीलिङ वा देहरादुनबाट आएका होइनन्। आधुनिक नेपाल वा भारत बन्नुभन्दा अगाडिदेखि नै उनीहरु यहाँ बस्दै आएका छन्। विभिन्न कालखण्डमा सिमाना तलमाथि भएको होला जनता आखिर यहीँका जनता हुन्। खसवादी शासक भए ऊ पक्का नेपाली भइहाल्ने अनि मधेसी भए भारतीय हुने? यो दुर्भाग्य हो। जहाँसम्म नयाँ संविधानको कुरा छ त्यसमा मधेसी जनताले धेरै अधिकार पाएका छैनन्। यसअघि मधेसी जनताले पाएका अधिकार पनि खोसिएका छन्। राज्यमा नागरिकले पाउने सबैभन्दा ठूलो अधिकार भनेकै सबैभन्दा ठूलो पदमा जान पाउने अधिकार हो। अन्तरिम संविधानमा त्यो अधिकार थियो। नेपाली नागरिकता प्राप्त व्यत्ति (वंशज), जन्मसिद्ध वा अंगिकृत नागरिकले नागरिकता प्राप्त गरेको १० वर्षपछि कुनै पनि महत्वपूर्ण पदमा खुला प्रतिस्पर्धाबाट जान पाउने व्यवस्था थियो। अहिलेको संविधानले अंगिकृतलाई त्यो अधिकार दिएको छैन। पाइसकेको अधिकार किन खोसियो? यही कुरा उठाउँदा मलाई भनियो अंगिकृतलाई प्रधानमन्त्री बनाउन खोज्यो, विदेशीलाई राष्ट्रपति बनाउन खोज्यो। पाइसकेको अधिकार खोस्न पाइँदैन भन्ने मेरो कुरा हो। मैले नयाँ कुरा केही गरेको होइन यही भनेको हुँ। यही कुरा उठाउँदा मलाई नानाथरि गाली गरियो।
अंगिकृत नागरिकतावालाई प्रधानमन्त्री वा राष्ट्रपति पद भारत, वेलायत, अमेरिका वा अन्य कुन कुन मुलुकमा दिने व्यवस्था भएको तपाइँको जानकारीमा छ?
पहिलाको संविधानमा भएको व्यवस्थाको आधारमा मैले अधिकारको कुरा उठाएको हुँ। कुनै विदेशीलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउ भनेर मैले भनेको छैन। खास भन्ने हो भने विदेशीलाई कुनै यो प्रकारको नागरिकता दिनुपर्छ भन्ने मैले कहीँ कतै कुरा गरेको छैन। त्यो हाम्रो माग हुँदा पनि होइन। अंगिकृतलाई राष्ट्रपति वा प्रधानमन्त्री पद दिनुपर्छ भन्ने माग हामीले उठाएकै छैन। वास्तविकता यति हो जनतालाई एक पटक दिइसकेको अधिकार तिमीहरुले खोस्यौ जुन गलत हो भनेको हुँ।
नागरिकन्युजका पाठकलाई साँचो साँचो बताइदिनोस् न राजेन्द्र महतोको नागरिकता कस्तो हो? अंगिकृत हो वा अन्य कुनै?
मैले अघि पनि भनेँ नि म यहीँको धर्तीपुत्र हुँ। मधेसकै धर्तीमा जन्मेको हुँ। मेरो नागरिकता वंशज वा अंगिकृत होइन। मसँग जन्मसिद्ध नागरिकता छ।
सन्दर्भ अलिक मोडौं। मधेसी मोर्चा भित्रका शक्तिहरुमा एकता छैन। तपाइँ र उपेन्द्र यादबबीच नै एक अर्कालाई गद्दार सावित गर्ने खेल जारी छ भन्छन्। वास्तविकता के हो?
आन्दोलनका विषयमा मोर्चाभित्र सबैको एक मत छ। मिडियाले खोल्न खोज्नु एउटा कुरा हो तर त्यस्तो विवाद हामीमा केही छैन। मोर्चामा आवद्ध चार वटा पार्टीका सबैका आफ्ना दृष्टिकोण छन्, संरचना छन् तर आन्दोलनको विषयमा हामी एक ढिक्का छौं। यो आन्दोलनमा हामी चार दलले गरिरहेका काम जनताले देखिरहेका छन्। त्यसले कसैलाई कसैले यो वा ऊ भन्नु पर्ने अवस्था छैन।
वार्ता खाली चिया पिउन भेला भए जस्तो मात्र देखिन्छ। सरकारसँगको वार्तामा तपाइँहरु किन विश्वस्त हुन नसक्नुभएको हो?
वास्तविकता के छ भने वार्ता फगत फेस सेभिङका लागि, टालटुल पार्नका लागि, अल्झाउनका लागि गर्ने सरकारी प्रवृत्ति देखिएको छ। यस्तो वार्ताबाट केही हुनेवाला छैन। जबसम्म प्रधानमन्त्री केपी ओलीले बुझ्दैनन् यो मुलुक खसवादीहरुको मात्र होइन, यहाँ विभिन्न भूमिपुत्रहरु बस्छन्, जनजाति बस्छन् तबसम्म समाधान निस्किन्छ भन्ने लाग्दैन। २५० वर्षदेखि शासक वर्गले गर्दै आएको थिचोमिचो अब चल्नेवाला छैन। संघीयतामा जाँदा पनि सबै प्रान्तमा खसवादीकै नेतृत्व बनाउन खोज्ने मानसिकता त्याग्नु पर्छ। सबैको अस्तित्व स्वीकार्ने मानसिकताका साथ सरकार वार्तामा आउना साथ कुरा मिल्छ। हामीले स्पष्ट शब्दमा ११ बुदे माग राखिदिएका छौं। तिनलाई सम्बोधन गर्ने अवस्था सरकारले बनाएमा वार्ता निष्कर्षतिर लैजान हामीलाई केही समस्या छैन। उधारो र छलछाम गरेर यो पटक मधेसी जनता मान्नेवाला छैनन्। हामीलाई प्याकेजमै सबै माग पूरा गर्नुपर्छ।