Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

राजेन्द्र महतो भन्छन्, ‘आन्दोलनले विखण्डन होइन्, एकता मजबुत हुन्छ’

  • ‘नेपाली राष्ट्रियताका लागि आन्दोलन’
अमन कोइराला , सर्लाही

कार्तिक २९, २०७२- सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा भइरहेको आन्दोलन नेपाली राष्ट्रियताका लागि भएको बताएका छन् । उनले मधेसी जनताको आन्दोलन सफल भए मुलुकलाई विखण्डन होइन कि थप बलियो र एकतावद्ध बनाउने दावी गरे ।

आईतबार मलंगवामा सञ्चारकर्मीहरुसाग कुरा गर्दै उनले अहिलेको आन्दोलन र मधेसी नेता असफल भए मुलुक थप जटिलतामा फस्ने बताए ।
‘हामी मुलुकको विखण्डनका लागि होइन थप मजबुतिका लागि आन्दोलनमा छौं,’ उनले भने ‘हाम्रो आन्दोलनका कारण विखण्डनका स्वरहरु हराएका छन् ।’ उनले मोर्चाले उठाएको सिमांकन, समावेशी समानुपातिक प्रतिनिधित्व र जनसंख्याका हिसाबमा निर्वाचन क्षेत्र सहिता ११ बुादे माग प्याकेजमै सम्बोधन हुनुपर्ने बताए ।
मोर्चाको आन्दोलनलाई बदनाम गराउन आफू र आन्दोलन विरुद्ध अभिव्यक्ति दिने गरिएको भन्दै उनले आफूहरु कुनै विदेशीलाई नागरिकता दिने र तिनलाई राष्ट्रपति वा उपराष्ट्रपति बनाउन आन्दोलन नगरेको बताए । ‘म मधेसको भूमीपूत्र हुा,’ उनले भने ‘कुनै विदेशीले अधिकार पाउनुपर्छ भने पक्षमा छैन । र अंगिकृतको पक्षमा लाडाई होइन ।’
उनले अन्तरिम संविधानले दिएको अधिकार समेत खोसिएकोले मधेसी जनता थप आन्दोलित भएको बताए ।
खोक्रो राष्ट्रवादको नाराले मुलुक नबन्ने भन्दै उनले मधेसी जनता सधै नेपाली राष्ट्रियता जोगाउन अनवरत लडेको दावी गरे । कुनै पनि धोतीवाला(मधेसी)ले राष्ट्रघात गरेको भए प्रमाण दिन समेत उनले चुनौती दिए । उनले जातिय राज्य नहुने भन्नेहरुले नै आज मधेसबाट पाहाडी जनसंख्या भएका जिल्ला अलग्याएर जतियताको राजनीति गरि रहेको आरोप लगाए ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/