Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

काठमाण्डुमा भारतविरोधी गतिविधि बढेको भन्दै दिल्लीमा यस्तो हल्ला !

काठमाण्डु, २६ मंसिर– भारतले नेपालविरुद्ध चालेको अघोषित नाकाबन्दीको कदमले नेपालमा भारत विरोधी भावना चरमोत्र्कमा पुगेको भारतीय मिडियाहरुले टिप्पणी गरेका छन् । नेपाल–भारत सीमामा नाकाबन्दी भएयता भारतविरुद्ध नेपालीहरुको मनोभावना बढेको र त्यसलाई नेपालको मिडियाले समेत उचालेको उनीहरुले बताएका छन् । 


मधेसमा आन्दोलनरत आन्दोलनकारीहरुले काठमाण्डुलाई थकाउन बीरगञ्ज लगायतका सीमा नाकाहरुमा धर्ना दिएको र त्यसले राजधानी काठमाण्डु लगायत देशभर प्रभाव परेकोले नेपालमा भारतविरोधी भावना इतिहासमै उच्च भएको उनीहरुले टिप्पणी गरेका हुन् । ‘सबै नेपालीहरु अहिले भारत ले लगाएको आर्थिक नाकाबन्दी विरुद्ध एकजुट भएका छन्, नेपालको संसदमा पनि भारतले लगाएको नाकाबन्दीको तीव्र विरोध भएको छ । काठमाण्डुस्थित भारतीय राजदूतावासअगाडि प्रदर्शन भएका छन्, नेपालको व्यापार क्षेत्र चौपट भएको छ तर भारतीय राजदूत रणजीत रायले भने भारतको इतिहास सही पक्षको साथमा रहने गरेकोले भारत अडिग रहेको बताएका छन्,’शनिबारको नवभारत टाइम्सले लेखेको छ । ‘नेपालमा अहिले एउटा बहस गम्भीर रुपमा चलिरहेको छ, भारतले नेपालको आन्तारिक मामलामा हस्तक्षेप गरेको छ,’ टाइम्सले टिप्पणी गरेको छ । नेपालको उत्तरी छिमेकी चीनको भूमिकाका सवालमा पनि टिप्पणी गरेको छ । चीनले नेपालमा नेपथ्यबाट सक्रियता बढाइरहेकोले भारत यसबाट निराश भएको टिप्पणी समेत उसले गरेको छ । अक्टोबर २८ मा नेपाल–चीनबीच भएको व्यापारिक सम्झौताले भारत झनै चिढिएको समेत उसले बताएको छ । जारी मधेस आन्दोलन र नाकाबन्दीका कारण भारतले नेपाललाई १.३ मिलियन टन पेट्रोलियम पदार्थ सप्लाई गर्न चुकेको समेत उसले लेखेको छ । यसले भारतलाई ९ हजार करोड वार्षिक घाटा पर्ने उसले टिप्पणी गरेको छ ।
Originally published in Kathmandutoday.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/