कार्तिक २५, २०७२- पहिलेको मधेस विद्रोहमा डा. देवेन्द्रराज पाण्डे समेतको नागरिक टोलीसँग म मधेस झरेको थिएँ। यसपाला कैलाली घुमेपछि राझरिझन यादवको निम्तोमा झरेँ। मौसमी राष्ट्रवादको नजरमा मधेस आन्दोलनमा विखण्डन देखिन्थ्यो। र मधेस झर्दा अनेक आरोप लाग्ने खतरा थियो। तैपनि म सिरहा, सप्तरी र धनुषा घुमेँ। मैले बुद्धिजीवीका विचार सुनेँ, अग्निवर्षी भाषण सुनेँ र आन्दोलनकारीका अनुहारहरू पढेँ। त्यत्रो दमन र हत्याहरूमाझ आन्दोलन टिकिरहनुको रहस्य के हो? आन्दोलनको गर्भमा के होला? म सुनाउँछु।
बर्दिबास पूर्व आन्दोलन छ, पश्चिम सुनसान छ। तथापि चिन्ता छ- साम्प्रदायिक हिंसा नहोस्, चर्मरक्षा होस्। आन्दोलनकारी दिवाचर छ, राज्य निशाचर। मोटरसाइकल काला झण्डा हल्लाउँदै गुडिरहेका। राज्य राति बन्दुकको आडमा वाहन चलाउँछ। मिर्चैयामा बाटो छेकियो। छेक्ने टोली आक्रोशको चुलीमा थियो। ‘सप्पै पहाडे उस्तै हुन्, फर्क।’ कमाण्डर कड्किए। निवेदन परास्त भयो, चोरबाटो समात्यौँ।
मागको हैसियत– माथि उच्च, तल न्यून
मस्यौदा संविधानले पहाड र तराई–मधेस दुवैमा असन्तुष्टि जन्मायो। असन्तुष्टहरू सडकमा उत्रिए। राज्यका कर्ताका दृष्टिमा माथि र तलका मागको हैसियत उच्च र न्यून देखियो। बागलुङ, सुर्खेत र कर्णालीका माग विना वार्ता, आलटाल र दमन पुरा गरिए। थारू र मधेसीका माग उपेक्षा, आलटाल र दमनमा परे। पहाडमा निषेधाज्ञा तोड्दा आन्दोलनकारीलाई केवल पानीका फोहराले तर्साइयो, तराई–मधेसमा छाती र टाउका ताकीताकी गोली दागियो। माथि र तलका मागकर्ताका क्रियाकलापप्रति राज्यको दण्डात्मक प्रतिक्रिया कति फरक ! राज्यको यो व्यवहार तलका उपेक्षित जनहरूका आहत चित्तमा बिझायो। राज्यबाट तिनले फेरि वञ्चनाको उपहार पाए। संविधानमा समान पहिचान, हक र प्रतिष्ठा पाउने तिनका आकांक्षामा फेरि पनि ठेस लाग्यो।

मानिसको मूल्य- माथि बढी, तल घटी
टीकापुर घटना राज्यद्वारा थारू समुदायमाथि इतिहासभरि गरिएको बहिष्करण र वञ्चनाबाट सञ्चित आक्रोशको प्रतिक्रिया थियो। घटनाअघि थारू समुदाय प्रहरीबल र अखण्डमार्गी बन्धुको घेराउ, खेदो र उपहासको सिकार बनेको थियो। अखण्डमार्गी पक्ष विजयको उन्मादमा थियो, माग पुरा नहुँदा थारू समुदाय मर्माहत भयो। थारूजनका विरोध प्रदर्शनलाई दुर्भावका रूपमा चित्रण गर्दै अखण्डमार्गीद्वारा सद्भाव जुलुसहरू निकालिए।

थारूजनका आफन्तको शवयात्राका बाटा छेकिए। अखण्डको विजयोत्सवमा उन्मादी मोटरसाइकल र्याली निकालेर थारू समुदायका हृदयको घाउमा नुनचुक थपियो। थारूजनको धैर्यको बाँध टुट्यो र टीकापुरको अप्रिय घटना घट्यो। त्यो घटना थारू समुदयद्वारा पहाडीमाथि लक्षित थिएन। त्यो केवल विभेदकारी र असहिष्णु सत्ताको प्रतीकका रूपमा उपस्थित प्रहरीमाथि लक्षित थियो। कर्तव्यपालनाको क्रममा प्रहरीहरू दुर्भाग्यवश सत्ताको प्रतीकका रूपमा आन्दोलनकारीका निसाना बने। विभेदबाट उत्पन्न आक्रोशको कारक सत्ता थियो, बबुरा प्रहरी घानमा परे !
सत्तावृत्त र मिडियामा परिणामको चर्चा भयो, त्यसको कारण खोतलिएन। थारूजनलाई राक्षसका रूपमा चित्रण गरियो र मृत प्रहरीमाथि आँसुको वर्षा भयो। तथ्यको पुच्छर समातियो, शिरको पर्बाह गरिएन। घटनापछि कफ्र्युमा थारू समुदायका घर तोडफोड भए, पसल लुटिए, आगो लगाइए, महिला दुव्र्यवहारमा परे। कफ्र्युमाझ त्यो वितण्डाको कर्ता को थियो? त्यसलाई संरक्षण दिने को थियो? सत्तावृत्त र मिडिया मौनप्राय: रहे। मानौँ थारू समुदाय राक्षस हो, जसलाई सत्ता र यसका आफन्तहरूले जे गरे पनि हुन्छ।
टीकापुर घटनामा हाडी बालकको ज्यान गयो। र सत्तावृत्त र मिडियामा बालकको जीवनहरणप्रति करुणाको वर्षा भयो। रूपन्देहीमा प्रहरीका हातबाट मधेसी बालकको जीवनहरण भयो। तर सत्तावृत्त र मिडियासँग ती बालकका नाममा चुहाउन एकथोपो आँसु पनि भएन। मारिने दुबै बालक, दुबै नेपाली, दुबै अबोध, तर उद्भव, वर्ण र भूगोलका दृष्टिले तिनका जीवनको मूल्यमा कत्रो घटीबढी ! एउटाको मूल्य असीमित, अर्काको मूल्य शून्य। महोत्तरीमा आन्दोलनकारीद्वारा एक असईको ज्यान गयो। त्यसै दिन प्रहरीका हातबाट पाँच आन्दोलनकारी मारिएका थिए। सत्तावृत्त र मिडियामा प्रहरीप्रति करुणाको वर्षा भयो, मृत पाँच आन्दोलनकारी बेखबर रहे। हेर्ने आँखा उनै हुन्, घटनाको प्रकृति उस्तै। तर परिणामप्रतिको यो प्रतिक्रिया कति विभेदकारी !
मोदी जिन्दावाद- कहिले माथि, कहिले तल
मोदीको नामसँगै संविधानसभाको दृश्य सजीव भएर आउँछ। चतुर मोदी भाषण गर्दै थिए, नेता र सभासदहरू मौसमी राष्ट्रवादलाई थाती राखेर भक्ति मुद्रामा फुट्नेगरी टेबुल ठोक्दै थिए। अभिनेता मोदीले कृपाको वर्षा गरे। भने- नेपाल सार्वभौमसत्ता सम्पन्न देश हो। र भने- बुद्ध नेपालमा जन्मेका हुन्।

धर्मनिरपेक्षताबारे मौन मोदीले गणतन्त्रको उच्चारण गरिदिए। आत्महीन राष्ट्रका लागि मोदीवचन नेपालत्वको आधिकारिक प्रमाणपत्र बने। मोदीले ऋषिमनले मनन गरी द्वन्द्व निराकरण गर्ने संविधान लेख्न सल्लाह दिए। र सत्तावृत्त र मिडिया दुबैमा मोदीको ‘जिन्दावाद’ गुञ्जियो।
सोह्र बुँदे स्रेस्तासँगै मौसमी राष्ट्रवाद जागृत भयो र मोदी ‘जिन्दावाद’मा स्खलन सुरु भयो। सोह्र बुँदेले मधेसी मोर्चालाई संविधानको प्रक्रियाबाट पाखा लगायो र दिव्य मोदीवाणी किनारा लाग्यो। मोदीले भनिरहे- संख्याको मात्र भर नपर, पक्षहरूको संलग्नता र सहमतिमा ध्यान देओ। हतार नगर, मधेसका आकांक्षालाई संविधानमा सम्मान गर। संविधानका कर्ताहरूमा न कसैका कुरा सुन्ने धैर्य थियो, नत लेसमात्र पर्बाह। कृपाको याचना गर्न दिल्लीधाम धाउनेहरूले मोदीसँग केही वाचा गरेका हुँदाहुन्। ठूलदाइसँग सानभाइको वाचा हो, कसो पालना नहोला? सायद आश्वस्त मोदी त्यो वाचामा झुन्डिएर प्रतीक्षारत रहे।
जब संविधानमा हस्ताक्षर गर्ने बेला आयो, मोदीलाई आफू छक्किएको महसुस भयो। अनि क्रुद्ध दिल्ली कूटनीतिका यावत् मर्यादाहरूलाई कुल्चिँदै नग्नभेषमा हस्तक्षेप गर्न आयो। मोर्चा र न्यायप्रेमी जनगणले संविधानलाई थाती राखेर द्वन्द्व समाधानका जुक्ति खोज्न निवेदन गर्दा संविधानका कर्ताहरू आफ्नै हठको यात्रामा गतिमान भए। तर जब दिल्ली आक्रामक मुद्रामा आइलाग्यो, मौसमी राष्ट्रवादलाई बिसाएर दुई दिन संविधानलाई विश्राम दिइयो। ढिलो भइसकेको थियो, दिल्लीले हावा खायो।
संविधान बनाउनेहरूको आँकलन हुँदो हो- भूकम्पले लोकमानस क्षतविक्षत भएको छ। यस्तोमा जस्तो संविधान बनाए पनि त्यो स्वीकृत हुनेछ। तर थारू, मधेसी र लिम्बु समुदाय विरोधमा उठे। कर्ताहरूको अँकाइ हुँदो हो- दमनद्वारा आन्दोलनलाई निस्तेज पार्न सकिन्छ। संविधान लेखिँदै गयो, थरुहट र मधेसमा रगत बग्दै गयो। कर्ताहरूको अपेक्षा विपरीत रक्तपातसँगै आन्दोलनको आकार र आवेग बढ्दै गयो। रक्तपातबीच सुझाव सङ्कलन गरियो, रक्तपातबीच संविधान जारी गरियो। मधेस झनै अशान्त भयो, दमनचक्र झनै तीव्र। र दिल्लीले मधेसमा सिधै हात हाल्यो। माथिको ‘मोदी जिन्दावाद’ अब तल सर्यो।
मधेसको ‘मोदी जिन्दावाद’ सुन्दा मलाई अप्रिय लागेको थियो। मौसमी राष्ट्रवादका कानले सुन्दा त त्यसमा अराष्ट्रवाद र विखण्डनको दुर्गन्ध नै आएको हुँदो हो। यता हिमवत् खण्डको ‘मोदी जिन्दावाद’ पनि मलाई प्रिय लागेको होइन। जब म मधेस झरेँ, ‘मोदी जिन्दावाद’को अर्कै अर्थ लाग्यो।
आन्दोलनमाथि राज्यको दमन अति भएपछि सायद हतास मधेसी मोर्चाले दिल्लीछेउ गुनासो गर्यो- रोटी–बेटीको नाताका हामी मारिँदा हजुर रमिता हेरेर बस्ने? दिल्ली संवेदित भयो र आन्दोलनप्रति समर्थनको हात अघि बढायो। मधेसीहरू गहभरि आँसु लिएर भन्छन्- त्यसपछि मान्छे मारिएन। पीडित मधेसीहरूका दृष्टिमा राज्य जीवन–भक्षक ठहरियो, मोदी जीवनरक्षक मानिए। विडम्बनावश, स्वदेशी जनले पुकारा गर्दा राज्यका कर्ताहरूमा करुणा जागृत भएन, दिल्लीको इसाराले झुकायो। मधेसको ‘मोदी जिन्दावाद’ प्रकारान्तरले हिमवत् खण्डका कर्ताहरूको मुर्दावाद हो। यो मुर्दावादका कारक र प्रेरक कर्ताहरू स्वयं हुन्।
केपीको उपहास, पुष्पको विश्वासघात
मधेसमा दुइटा नाम घरिघरि सुनिए- केपी र पुष्पकमल। केपीका तीन उद्गार नामी रहेछन्– माखेसाङ्लो, कुहेर झर्ने आँप र समतल विहार– उत्तर प्रदेशतिरको इसारा। केपीका यी कटाक्षबाट मधेसीले असह्य उपहास र अपमानबोध गरेछन्। पुष्पकमलका दुई कुरा नामी रहेछन्- ‘मधेससँग मेरो लभ पर्यो, प्राण छउन्जेल छुट्दैन’, ‘मधेस मुक्त नहुन्जेल म लड्न–मर्न तयार छु।’ मोर्चालाई लत्याउँदै सोह्रबुँदेमा झुक्दा पुष्पले यी दुबै भनाइ बिर्से।

आन्दोलनकारीका दृष्टिमा यो पुष्पको आफ्नै वाचा र मधेसीप्रतिको विश्वासघात हो। आफू सुहाउँदो संविधान बनाएर जब केपी र पुष्प सत्ताधारी बने, मधेस झनै तर्सियो। यिनले अधिकार होइन, दमनको उपहार दिने भए ! आन्दोलन चर्कियो र आकार फैलियो। र आन्दोलनमा सर्वत्र केपी र पुष्पका पुत्ला जले।
अभी नहीं तो कभी नहीं
मधेस विद्रोहमा ५४ जना आन्दोलनकारीले सहादत प्राप्त गरेका थिए। घाउमा खाटा बसिसकेका छैनन्। अहिले ५० जनको ज्यान गइसक्यो। र मधेस पीडाले छट्पटाइरहेको छ। आन्दोलनकारी सोध्छन्- छातीभरि आँसु लिएर नयाँ-नयाँ सहिदलाई श्रद्धाञ्जली दिइरहन हामी किन अभिशप्त? के मारिनु नै हाम्रो नियति हो? गए ज्यान जाओस्, अब आन्दोलन छाडिँदैन। अभी नहीं तो कभी नहीं !

‘अभी नहीं तो कभी नहीं भन्दै मधेस आन्दोलनमा छ। उद्योगी र व्यापारी, सरकारी जागिरे र अन्य पेसाकर्मी, मारवाडीगण र जनसाधारण सबै लामबद्ध। पहाडी बन्धुहरू ‘हामी मधेसी, हाम्रो मधेस, हाम्रा माग पुरा गर’को नारासाथ ऐक्यबद्ध। आन्दोलनलाई जीवन्त र संयमित बनाउन क्लब र युवा समूहहरूको ठूलो हात छ। अड्डा-अदालत जाम, बन्दव्यापार ठप्प, होटलहरू बन्द, जीवन अभावग्रस्त, सहरहरू उजाड। तैपनि आन्दोलन अडिग छ।
नाकाबन्दी वारिको, ढाल पारिको
वारिका आन्दोलनकारीहरूले नाकाबन्दी गरेका छन्, दिल्ली पारिपट्टि ढाल भएर खडा छ। आन्दोलन लम्बियो। राज्यले उपेक्षा र अपमान गरिरह्यो। दर्जनौं नागरिकको ज्यान गयो। आन्दोनकारीमाथि तिनकै रगतका छिटा परेको संविधान थोपरियो।

चित्कारले आकाश ढाक्यो, सुनवाइ भएन। र राज्यमाथि दबाब बढाउने अभिप्राय:ले आन्दोलनकारीले नाका छेके। केही सहानुभूति र समभाव तथा अहंको चोट र केही स्वार्थवश दिल्ली छद्मभेषमा नाकापारि हाजिर भयो। समस्या घरभित्र छ। घर सफा गरे बाहिरबाट भन्किन आउने किटपतङ्गहरू स्वत: गायब हुन्छन्। नाकाबन्दीको सक्कली उपचार आन्दोलनले अघि सारेका हकदाबीहरूको यथोचित सम्बोधन हो। माग सम्बोधन भएर जब आन्दोलनकारी घर फर्कन्छन्, ‘नेपालीलाई पीडा दिने अभिप्राय: नभएको’ भन्ने मोदीवाणीको परीक्षा हुनेछ।
माग ठोस छन्, माग बुझिएनन्
आन्दोलनकारी भन्छन्- हाम्रा माग ठोस छन्। राज्यका कर्ताहरू, हिमवत् भेगका अत्यधिक बुद्धिजीवीहरू र मूलधारे मिडियाका थुप्रै सूचना सुराकी भन्छन्- मधेसका माग बुझिएनन्। केपी र पुष्पकमल मधेस झरेर संयम र सहिष्णुतासाथ आन्दोलनकारीका माग सुने सायद ती बुझिँदा हुन्। सिमाना किटान भएको आर्थिक सामथ्र्यसहितको स्वायत्त प्रदेश। जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण।

समानुपातिक प्रनिधिनित्व सहितको समावेशिताको प्रबन्ध। आमालाई नागरिकताको समान अधिकार। थरुहट प्रदेशको व्यवस्था। आन्दोलनमा सर्वत्र सुनिने मागहरू यिनै हुन्। सोह्र बुँदेद्वारा संलग्नताबाट पाखा लगाएर मिथ्या वार्तामा अल्झाउँदै मधेसी मोर्चाका चित्तमा लगाएको ठेस वा अहंको चोट सायद त्यति ठूलो समस्या होइन।
झन् तल धकेलियो मधेस
मधेस र पहाडी राज्यबीच भूगोलको दूरीभन्दा मनोविज्ञानको दूरी यसै पनि लामो छ। राज्यका कर्ताका उपहासजनक अभिव्यक्ति, विश्वासघाती कर्म, मिथ्या वार्ता, दिल्लीको उक्साहटका नाममा आन्दोलनलाई दागी तुल्याउने धृष्टता, दर्जनौं जनको हत्या र मधेसी अनेपाली, आदेशभक्त भन्ने अर्थ ध्वनित हुने मौसमी राष्ट्रवादको हुङ्कारले मधेसलाई झनै तल धकेलिदिएको छ। मधेस तल धकेलिँदा दिल्लीको नजिक पुग्ने खतरा हुन्छ। धकेलुवाहरूलाई यो अनिष्टको चेत नहुन सक्छ। वचन र कर्मका परिणतिहरूको पूर्वानुमान नगर्न हठ गर्ने पात्रहरू पश्चातापको प्रतीक्षामा जिउँछन्।

अनिष्टका संकेतहरू
आन्दोलनकारी नरनारी आँखामा आँसु, हृदयमा चोट र मस्तिष्कमा बम बोकेर आक्रोश ओकल्दै हिँडेका छन्। तातो रगत भएका युवाहरू प्रश्न गर्छन्- यत्रो आन्दोलन भइसक्यो, राज्यका कर्ता हाम्रो समान मनुष्यत्व र स्वतन्त्रता स्वीकार गर्न तयार छैनन्। यी हठधर्मीसँग कति अनुनय–विनय गर्ने? अब स्वतन्त्र मधेसका कुरा किन नगर्ने? आक्रोशको अर्को आयाम छ।

ताता युवाहरू अधीर मुद्रामा भन्छन्- नि:शस्त्र आन्दोलनबाट फल प्राप्त नुहने भो, अब अलि कठोर बाटो रोज्ने कि ! आन्दोलनले अराजक रूप लिने वा घुसपैठद्वारा साम्प्रदायिक हिंसा भडकिने खतरा त यसै पनि छँदैछ। राज्यका कर्ताहरू मौसमी राष्ट्रवादलाई बिसाएर विवेकले काम गरुन् र मधेसको सन्तापको आगो निभाउन आफैँ मधेस पाउकष्ट गरुन्।
प्रकाशित: कार्तिक २५, २०७२
From Kantipur