Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

एकान्त खोज्दै दाहाल फेरि सुटुक्क सुकुटेतिर

सिन्धुपाल्चोक-मुलुकको राजनीति निकै पेचिलो भएको बेला एकान्त बस्न रुचाउने एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल शान्त वातावरणमा 'फ्रेस' हुन आज (बिहीबार) सिन्धुपाल्चोक आइपुगेका छन् ।
राजधानीपूर्व ६७ किलोमिटर दुरीमा पर्ने सुनकोसी नदी किनारको शान्त वातावरणमा अवस्थित 'इक्वेटर बीच (बगर) रिसोर्ट' मा बसेका छन्।

'अध्यक्षज्यू नितान्त आरामका लागि यहाँ आउनु भएको हो । कुनै औपचारिक कार्यक्रम छैन,' एमाओवादी जिल्ला अध्यक्ष माधव सापकोटाले नागरिकन्यूजसँग भने । तिहार बिदामा शान्त वातावरणमा 'मुड फ्रेस' बनाउने इच्छा अध्यक्ष दाहालको रहेको उनले जानकारी दिए ।

पार्टी स्थायी समिति सदस्य रहेका वन तथा भू–संरक्षण अग्निप्रसाद सापकोटासहित अध्यक्ष दाहाल दिउँसो साढे तीनदेखि साँझ चार बजेभित्र रिसोर्ट छिरिसक्ने छन् । दाहालले एकान्त रुचाउँदा सँधै उनलाई साथ दिने नेता सापकोटा सिन्धुपाल्चोककै हुन् । सापकोटा पत्नि पनि सँगै छिन् । अध्यक्ष माधवले सापकोटाले दाहालले पारिवारिक वातावरण खोजेको जानकारी दिए ।

पत्नि सीता, नेता सापकोटा, उनकी पत्नि, अंग रक्षक र सिमित कार्यकर्ता लिएर दाहाले दिउँसो साढे दुई बजे काभ्रेको धुलिखेलबाट झरेका थिए। दाहालको इक्वेटर वीच रिसोर्ट बसाईँ योसमेत चौथो पल्ट हो । पछिल्लो पटक २०७० कात्तिक ४ गते दाहाले यहाँ पत्नि सीता र सापकोटासँगै रात बिताएका थिए ।

त्यसको एक वर्षअघि उनले दुई पटक गरी दुई रात यही बगर रिसोर्टमा बिताइ सकेका छन् । पहिलोपल्ट २०६९ दसैंअघि यसैगरी मुड फ्रेस बनाउन यहाँ आएका उनले दोस्रो पटक चैतमा पार्टी स्थायी समिति बैठकका क्रममा तत्कालीन पार्टी उपाध्यक्षद्धय मोहन बैद्य र बाबुराम भट्टराईसहितका नेताको साथमा अर्को रात बिताएका थिए ।

दाहाल किन रुचाउँछन् एकान्त ?

पार्टी आन्तरिक विवाद चुलिँदा होस् वा राष्ट्रिय राजनीति पेचिलो बन्दा दाहाल एकान्तमा निस्कन रुचाउँछन् । र, विश्वासिला नेता र केही सहयोगी लिएर 'सुटुक्क' शान्त वातावरणमा पुग्छन् । तराई–मधेशमा जारी आन्दोलन, संविधानमा असन्तुष्टि जनाउँदै भारतले लगाएको अघोषित नाकाबन्दी, संसदमा जारी अबरोधले मुलुकका राजनीति पेचिलो भइरहँदा सरकार गठबन्धनको एउटा मुख्य दलको नेताको हैसियतले उनी नतावमा हुनु र केही दिनको तराई बिदामा शान्त बातारवाणमा बस्न चाहाना राख्नु स्वभाविकै हो । पहिलो पटक संविधानसभाबाट संविधान नबनेर सभा स्खलित भएको पाँच महिना बित्न लाग्दा अन्यौलपूर्ण राजनीतिक अवस्थामा दाहाल २०७० असोजमा एकान्त खोज्दै यहाँ आइपुगेका थिए ।

'तनाव मेट्न' भन्दै आफू प्रधामन्त्री रहँदा २०६५ को मे दिवसमा तत्कालीन प्रधानसेनापति रुक्मांगत कटुवालको बर्खास्ती निर्णयले राजनीतिक अवस्था तातेका बेला उनी टुँडिखेलको कार्यक्रम छोडेर काठमाडौंको ग्रामीण भेग लप्सेफेदीको झुले रिसोर्टमा रात बिताउन पुगेका थिए । संविधानसभाको तीन वर्षे म्याद २०६८ जेठमा सकिंनै लाग्दा उनले काभ्रेको धुलिखेलस्थित द्धारिकाराज सांग्रिला भिलेज रिसोर्टमा दुई दिन बिताए ।

२०६५ जेठ १४ मध्यराति संविधानसभाको म्याद थप्न भएको तीन बुँदै सहमतिको आ–आफ्नै व्याख्या भइरहेका बेला उनी तनाव मेट्न चिसो ठाउँ खोज्दै सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र पगेका थिए । पार्टी आन्तरिक विवादले लामो समयदेखि केन्द्रीय बैठक बस्न नसकेको र उपाध्यक्ष भट्टराइलाई प्रधानमन्त्री बनाउँदा मधेशी मोर्चासँग भएको चार बुँदे सहमतिको विवादले तनाव बढाएपछि पत्नि सीता, छोरा प्रकाश र भतिज समिरसहित सपरिवार दाहालले २०६९ असोज ८ गते यही रिसोर्टमा आराम गरेका थिए । सुटुक्क एकान्तमा हिंडनुको कारण खुलाउँदै उनले त्यतिबेला स्थानीय सञ्चारकर्मीसँग खुलेरै भनेका थिए, 'राजनीतिक कामले थाकेको बेला मलाई शान्त वातावरणमा थकान मेट्न मन लाग्छ । यस्तो बेला म काभ्रे र सिन्धुपाल्चोक आउँछु । सिन्धुपाल्चोक अझ बढी मन पर्छ ।'

२०६९ चैत १८ र १९ गते यही रिसोर्टमा पार्टी स्थायी समितिको बैठकमा भएको थियो । झलनाथ खनालको प्रधानमन्त्रीत्व कालमा पार्टीबाट सरकारमा जाने मन्त्री छान्न नसकेपछि यो निर्णय गर्न रिसोर्ट छानिएको थियो । दाहालको अघिल्ला चारवटै व्यक्तिगत भ्रमणमा प्रवक्ता सापकोटा सँगै थिए । उनी आरामका लागि सिन्धुपाल्चोक आएको यो चौथो पटक हो ।

संसदको तेस्रो ठूलो दलका अध्यक्ष दाहालको यस्ता 'मुड फ्रेस' बनाउने भ्रमणले राजनीतिमा कुनै न कुनै अर्थसमेत राख्ने गरेको छ । हेलम्बु भ्रमणबाट फर्केपछि प्रधानसेनापति कटुवाललाई बर्खास्ती गर्ने निर्णय राष्ट्रपतिले अस्वीकार गरेपछि उनले प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । धुलिखेलको द्धारिकाराज रिसोर्ट बसाईँमा उनले नेता सापकोटाको सहयोगमा पार्टीको तर्फबाट संविधानको प्रारम्भिक खाका कोरेका थिए । अघिल्लो इक्वेटर रिसोर्ट बसाईँमा उनले केन्द्रीय समितिको बैठकका निम्ति एजेण्डा तयार गरेका थिए ।
News from Nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/