Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भारतले विना बर्दीका सेना पठाउन खाजेको छ : मन्त्री मण्डल

‘मधेस आन्दोलन मानवता विरुद्धको अपराध उन्मुख’
- अवधेशकुमार झा, मोरङ
कार्तिक १६, २०७२- विना विभागिय मन्त्री सत्यनारायण मण्डलले भारतले नेपालमा विना बर्दीको सेना पठाउने तयारी गरिरहेको खुलासा गरेका छन् । ‘नयाँ संविधान निर्माण भएपछि भारतीय चासो सम्बोधन नहुँदा उसले विना बर्दीका सेना नेपालमा पठाउने खतरा बढेर गएको छ,’ विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री मण्डलले भने, ‘बर्दीका सेना पठाउन सक्दैनन् त्यसैले विना बर्दीका सेना नेपाल पठाउने खतरा बढेर गएको छ ।’ भारतले पछिल्लो समय नेपालमाथी नव उपनिवेश लाद्न खोजेको आरोप लगाउँदै मन्त्री मण्डलले भने, ‘हामी भारतका गुलाम होइनौं, नेपाली जनताले आफ्नो भविष्य आफै निर्धारण गर्छ ।’
उनले पछिल्लो समय भारत सरकारले नेपालमा गरेको लगानी समेत फिर्ता गर्ने विषय बारे सरकार जानकार रहेको बताए । ‘विराटनगर र वीरगन्जस्थित दूतावासको सम्पर्क र वाणिज्य कार्यालय मार्फत नेपालमा भइरहेका भारतीय लगानी फिर्ता गर्ने तयारी भइरहेको सुनेको छु,’ उनले भने ।   जारी मधेस आन्दोलनमा भारतीय सहयोग रहेको दाबी गर्दे मन्त्री मण्डलले मधेस आन्दोलन मानवता विरुद्धको अपराध उन्मुख रहेको आरोप लगाए । ‘आफ्नो विचारसित असहमत हुने दलका नेता कार्यकर्ताको घरमा आगो लगाउने, कुटपीट गर्नु र हत्या गर्नु लगायतका घटना मधेस आन्दोलनमा भइरहेको छ जुन मानवता विरुद्धको अपराध हो,’ मन्त्री मण्डलले भने, ‘म आफै पनि सप्तरीस्थित आफ्नो घरमा बालबच्चालाई राख्न सकेको छैन् । झन् प्रजातन्त्र र लोकतन्त्रका लागि अहिलेसम्म योगदान गरेका मलाई दिनहुँ थ्रेट आईरहेको छ । मधेसवादी दलले जिल्ला प्रवेशमै रोक लगाएको उर्दी जारी गरेका छन् ।’ सीमांकन बाहेक नयाँ संविधानमा कुनै त्रुटी नरहेको तर्क गर्दै एमाले स्थायी समिति सदस्य समेत रहेका मन्त्री मण्डलले सीमांकनमा भने केही त्रुटी भएको स्वीकार गरे । उनले नेपाल अहिले इतिहासकै अति पीडादायी क्षणमा रहेको बताउँदै वार्ताका क्रममा सरकार हदैसम्म लचिलो बनेको र आन्दोलनरत दल पनि केही लचिलो भए वार्ताद्वारा समस्या समाधान हुने दाबी गरे ।

News from: Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/