Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भाजपा सांसदले बल प्रयाेग गरी नेपालका १५ जिल्ला भारतमा गाभ्ने भनेपछि...

काठमाडाैं- सत्तारुढ भारतीय जनता पार्टीका सांसद एवं पूर्व क्रिकेटर कीर्ति आजादले नेपालको तराइ भेगका १५ वटा जिल्ला भारतमा गाभ्नुपर्ने बताएका छन्। उनले बल प्रयाेग गरेर नेपालका १५ जिल्ला भारतमा गाभ्नुपर्ने उल्लेख गरेका हुन्।
भारतको दरभंगामा अायोजित एक कार्यक्रममा अाजादले राखेको उक्त धारणा भारतीय पत्रिका जागरणले प्रकाशित गरेको छ। समाचारमा भारतको हिस्साका रूपमा रहेका १५ जिल्ला अंग्रेजले नेपाललाइ दिएको झुटाे तथ्य अाजदले पेश गरेका छन्। अाजादले यसबारे उतिबेलादेखि अहिलेसम्म कसैले अावाज नउठाएको उल्लेख गर्दै अब ती जिल्ला छाड्न नहुने बताएका हुन्।

१५ जिल्ला भारतमा फर्काउनका लागि लड्ने भन्दै उनले यसबारे संसदमा कुरा उठाउने समेत बताए। त्यसका लागि तयार रहन उनले नेपाललाई चेतावनी दिएका छन्। मधेसवादी दल उचालेर नेपाललाई अस्थिर बनाइरहेकाे भारतले नाकाबन्दी गरिरहेकाे सन्दर्भमा सत्तारुढ दलका सांसदकाे यस्ताे अभिव्यक्ति अाएकाे हाे।
नाकाबन्दी गरैकै छैन र भारत नेपालमा सधैँ शान्ति र सुव्यवस्था चाहन्छ भनेर प्राेपागान्डा गर्ने भारतीय पक्षले याे विषयमा पनि छिटाे अाफ्नाे चासाे देखाएकाे छ। काठमाडाैं स्थित भारतीय दूतावासले अाजादकाे भनाइ भारतीय सरकारकाे नभएकाे उल्लेख गरेकाे छ। दूतावासकाे अाधिकारिक ट्विटर ह्यान्डलबाट प्रतिक्रिया दिँदै दूतावासले भनेकाे छ, ‘कीर्ति अाजादले व्यक्त गरेको प्रतिकृयाले भारतीय सरकारको धारणा प्रतिबिम्बित गर्दैन।’


भारतीय दूतावासको ट्विटः
The comments attributed to Shri Kirti Azad don't reflect the views of the Government of India.
जागरणमा प्रकाशित समाचारः

Jagaran
Originally published in nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/